नेपाली निर्माता जोशीको अंग्रेजी फिल्म बेलायतका सिनेमा हलहरुमा

लन्डन । बेलायतस्थित नेपाली व्यवसायी विक्रम जोशीले निर्माण गरेको अंग्रेजी फिल्म कामा अहिले बेलायतका हलहरुमा प्रदर्शन भइरहेको छ । गत शुक्रबारदेखि बेलायतको म्यानचेष्टर प्रिन्ट वर्कस, बर्मिङहम स्टार सिटी, बासिलडन, चेसायर ओक्स लगायतका भ्यू सिनेमामा कामा चलिरहेको छ । त्यसैगरि लेष्टरको पिकाडेली सिनेमाज, ब्ल्याक बर्नको रिल सिनेमाजमा कामा प्रदर्शन भइरहेको छ । साथै, म्यानचेष्टर ग्रेट नर्दन, […]

Mar 9, 2025 - 21:41
 0
नेपाली निर्माता जोशीको अंग्रेजी फिल्म बेलायतका सिनेमा हलहरुमा

लन्डन । बेलायतस्थित नेपाली व्यवसायी विक्रम जोशीले निर्माण गरेको अंग्रेजी फिल्म कामा अहिले बेलायतका हलहरुमा प्रदर्शन भइरहेको छ ।

गत शुक्रबारदेखि बेलायतको म्यानचेष्टर प्रिन्ट वर्कस, बर्मिङहम स्टार सिटी, बासिलडन, चेसायर ओक्स लगायतका भ्यू सिनेमामा कामा चलिरहेको छ । त्यसैगरि लेष्टरको पिकाडेली सिनेमाज, ब्ल्याक बर्नको रिल सिनेमाजमा कामा प्रदर्शन भइरहेको छ ।

साथै, म्यानचेष्टर ग्रेट नर्दन, ग्रीनवीच, लक्स लेस्टर, स्काइडोम कोभेन्ट्री, लक्स लिड्स ब्राडफोर्डका ओडियन सिनेमा हलमा पनि कामा चलेको कार्यकारी निर्माता जोशीले जनाए ।
त्यस अलवा ब्लुवाटर, लिड्स, लेस्टर डि लक्स, डर्बी डि लक्स, इष्ट ग्लास्गो र डड्लीका शो केस सिनेमाजमा पनि कामा चलेको छ ।

‘यो फिल्म अविश्वसनीय प्रतिभा भएका ब्रिटिश कलाकारहरुको परिश्रमले बनेको छ । मनमोहक मनोवैज्ञानिक थ्रिलरलाई जीवन्त बनाउन हाम्रा निर्देशकदेखि प्राविधिक, कलाकारहरुसम्मले अथक प्रयास गरेका छन्। अब, तिनीहरुको कडा मिहेनतलाई समर्थन गर्ने समय आएको छ’, निर्माता जोशीले भने ।

फिल्म मेकर विक्रम जोशी

रहस्य, विश्वासघात र सस्पेन्समा केन्द्रित उक्त फिल्म भिमसेन लामाले निर्देशन गरेका हुन् । फिल्ममा नेपाली कलाकार टंक धमालाको ‘मेन रोल’ छ । यसमा म्याथ्यू वेकफोर्ड, जेमिमा टोम्स, पूजा गुप्ता, मिया बेनेट, समिर गुरुङ लगायतको अभिनय छ । यस फिल्म अप्रिलमा नेपालमा समेत देखाउने योजना जोशीको छ ।

जोशीले निर्माण गरेको यो सातौं फिल्म हो । उनले यसअघि हेल्लो जिन्दगी, हयाप्पी डेज लगायत ६ वटा नेपाली फिल्म निर्माण गरिसकेका छन् । चार्टर्ड अकाउन्टेन्ट समेत रहेका जोशी पछिल्ला केही वर्षदेखि फिल्म निर्माण र अभिनयमा सक्रिय छन् । उनी अभिनित केही फिल्मले अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरेका छन् ।

‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान मेरो प्रयास जारी छ’, जोशीले भने, ‘अबको प्रोजेक्ट गोर्खा सैनिकहरुको कथामा बनाउने तयारी भइरहेको छ ।’

यस्तो छ ट्रेलर-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register