अरनिको राजमार्ग तीन स्थानमा अवरुद्ध, कान्तिलोकपथमा पनि पहिरो

काठमाडौं । देशभरका विभिन्न जिल्लामा पहिरो र बाढीका कारण प्रमुख राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार सात जिल्लाका विभिन्न राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने दुई स्थानमा एकतर्फी रुपमा सवारी सञ्चालन भइरहेको छ । कान्तिलोकपथ सडक बागमती गाउँपालिका–३ छपलीमा अवरुद्ध भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित रवि राके भेडेटार […]

Jun 17, 2025 - 04:01
 0
अरनिको राजमार्ग तीन स्थानमा अवरुद्ध, कान्तिलोकपथमा पनि पहिरो

काठमाडौं । देशभरका विभिन्न जिल्लामा पहिरो र बाढीका कारण प्रमुख राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार सात जिल्लाका विभिन्न राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने दुई स्थानमा एकतर्फी रुपमा सवारी सञ्चालन भइरहेको छ ।

कान्तिलोकपथ सडक बागमती गाउँपालिका–३ छपलीमा अवरुद्ध भएको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित रवि राके भेडेटार सडकखण्डमा पहिरोका कारण सवारीसाधन एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी, वडा नं. ३ लार्चा र वडा नं. २ कोलाङ क्षेत्रमा अवस्थित अरनिको राजमार्गका तीनवटै खण्डहरू पूर्ण रूपमा अवरुद्ध छन् ।

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा विनयी त्रिवेणी गाउँपालिका–१ को खोला क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–८ को बर्लबामा कालिगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध छ ।

जुम्लाको सिँजा गाउँपालिका–२ चुलेलागाउँमा जुम्ला–मुगु सडक खण्ड एकतर्फी रूपमा सुचारु गरिएको छ ।

प्रहरी र सडक डिभिजन कार्यालयहरूले अवरुद्ध क्षेत्रको मर्मत तथा सरसफाइ कार्य तीव्र बनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register