चीनले गुगलमाथि अनुसन्धान गर्ने

काठमाडौं । वासिङ्टनले चिनियाँ वस्तुहरूमा १० प्रतिशत भन्सार दर लगाएपछि चीनले मङ्गलबार अमेरिकी प्रविधि दिग्गज गुगलमाथि एकाधिकार विरोधी कानुन उल्लङ्घनको अनुसन्धान गर्ने बताएको छ । बेइजिङको राज्य बजार नियमन प्रशासनले अमेरिकी प्रविधि दिग्गजलाई ‘जनवादी गणतन्त्र चीनको एकाधिकार विरोधी कानुन उल्लङ्घन गरेको आशङ्का’ गरिएको बताएको छ । यसले ‘कानुनअनुसार गुगलमा अनुसन्धान सुरु गरेको’ प्रशासनले एक विज्ञप्तिमा […]

Feb 4, 2025 - 10:42
 0
चीनले गुगलमाथि अनुसन्धान गर्ने

काठमाडौं । वासिङ्टनले चिनियाँ वस्तुहरूमा १० प्रतिशत भन्सार दर लगाएपछि चीनले मङ्गलबार अमेरिकी प्रविधि दिग्गज गुगलमाथि एकाधिकार विरोधी कानुन उल्लङ्घनको अनुसन्धान गर्ने बताएको छ ।

बेइजिङको राज्य बजार नियमन प्रशासनले अमेरिकी प्रविधि दिग्गजलाई ‘जनवादी गणतन्त्र चीनको एकाधिकार विरोधी कानुन उल्लङ्घन गरेको आशङ्का’ गरिएको बताएको छ ।

यसले ‘कानुनअनुसार गुगलमा अनुसन्धान सुरु गरेको’ प्रशासनले एक विज्ञप्तिमा भन्यो । प्रशासनले गुगल विरुद्धको आरोपहरूका बारेमा थप विवरण प्रदान गरेको छैन ।

अमेरिकी प्रविधि दिग्गज गुगलको कोर सर्च इन्जिन र यसका धेरै सेवाहरू मुख्य भूमि चीनमा प्रतिबन्धित छ ।

चीनमा अमेरिकी इन्टरनेट टाइटनहरूले लामो समयदेखि राजनीतिक रूपमा संवेदनशील सामग्री रोक्ने ‘ग्रेट फायरवाल’का कारण व्यापार गर्न सङ्घर्ष गरिरहेका छन् ।

सन् २०११ मा गुगलले मुख्य भूमिमा रहेको आफ्नो चिनियाँ भाषाको सर्च इन्जिनलाई त्यागेर हङकङमा स्थानान्तरण गरेको थियो । सन् २०१४ सम्ममा चीनले गुगलको इमेल सेवा जिमेल पहुँच गर्ने अन्तिम बाँकी माध्यम पनि बन्द गरिदियो ।

बेइजिङले मङ्गलबार टमी हिलफिगर र क्याल्भिन क्लेइन स्वामित्वमा रहेको अमेरिकी फेशन समूह पीभीएच कर्प र बायोटेक जायन्ट इलुमिनालाई ‘अविश्वसनीय संस्थाहरू’को सूचीमा थप्ने पनि बताएको छ ।

चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा यो कदमले ‘सम्बन्धित कानुनअनुसार राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकास हितको रक्षा गर्ने’ बताएको छ ।

“माथिका दुई संस्थाले सामान्य बजार कारोबारका सिद्धान्तहरूको उल्लङ्घन गर्छन्, चिनियाँ उद्यमहरूसँगको सामान्य कारोबारमा बाधा पुर्‍याउँछन् र चिनियाँ उद्यमहरू विरुद्ध भेदभावपूर्ण उपायहरू अपनाउँछन्”, विज्ञप्तिमा थप उल्लेख छ ।

चीनले सेप्टेम्बरमा पिभिएचले सिन्जियाङ क्षेत्रको कपासको ‘अनुचित’ बहिष्कार गरेको भन्दै अनुसन्धान गरिरहेको बताएको थियो । उक्त क्षेत्रमा बेइजिङमाथि व्यापक मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ ।एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register