अदालतको आदेशपछि नियमित काममा फर्किए राजु पाण्डे

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नियमित काममा फर्किएका छन् । उच्च अदालत पाटनले बुधबार पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै उनी आज कार्यालय पुगेका हुन् । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । पाण्डेले उच्च अदालतमा रिट […]

Jun 19, 2025 - 06:40
 0
अदालतको आदेशपछि नियमित काममा फर्किए राजु पाण्डे

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नियमित काममा फर्किएका छन् ।

उच्च अदालत पाटनले बुधबार पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै उनी आज कार्यालय पुगेका हुन् ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।

पाण्डेले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register