इजरायल र इरानबीच हाल भइरहेको युद्धको कारण रासायनिक मलको मूल्य २० प्रतिशत बढ्ने

काठमाडौं । इजरायल र इरानबीच हाल भइरहेको युद्धका कारण रासायनिक मलको लागत मूल्य २० प्रतिशतसम्म बढ्ने देखिएको छ । युद्धका कारणले मल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको अभाव हुँदा मूल्य बढ्ने देखिएको हो । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा समेत पर्ने गर्छ । युद्धका कारण रासायनिक मलको मूल्य प्रतिमेट्रिक […]

Jun 19, 2025 - 05:18
 0
इजरायल र इरानबीच हाल भइरहेको युद्धको कारण रासायनिक मलको मूल्य २० प्रतिशत बढ्ने

काठमाडौं ।

इजरायल र इरानबीच हाल भइरहेको युद्धका कारण रासायनिक मलको लागत मूल्य २० प्रतिशतसम्म बढ्ने देखिएको छ ।

युद्धका कारणले मल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको अभाव हुँदा मूल्य बढ्ने देखिएको हो । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा समेत पर्ने गर्छ । युद्धका कारण रासायनिक मलको मूल्य प्रतिमेट्रिक टन एक सयदेखि १५० अमेरिकी डलर बढ्ने देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

युद्ध लम्बिँदै गयो भने रासायनिक मलको आपूर्तिमा समस्या हुनुका साथै मूल्यसमेत बढ्ने देखिएको मन्त्रालयको भनाइ छ । यस वर्ष पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउने लक्ष्य राखेको थियो ।

निरन्तर युद्ध बढ्दै गए मलको लागत महँगो पर्दा कोटा अनुसार मल ल्याउन कठिन हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिक्विटल चार सय अमेरिकी डलर रहेको युरिया नेपाल आइपुग्दा पाँच सय अमेरिकी डलर पर्ने गरेको छ ।

यस्तै, नेपाल आइपुग्दा प्रतिक्विन्टल डिएपी नौ सय अमेरिकी डलर पर्ने गरेको छ । इरानमा युरिया मल उत्पादन हुने भएकाले पनि युद्धका कारणले उत्पादनमा समेत असर पर्ने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register