ओखलढुङ्गामा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु
ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरोमा जाँदा चार जनाको मृत्यु भएको छ । चम्पादेवी गाउँपालिका– ८ मा गए राति पहिरो जाँदा एकै घरका चार जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सो गाउँपालिका गुरुङ बस्तीका बिहीबार राति ११–१२ बजेको आसपासमा पहिरो गएको थियो, जुन पहिरोमा परी एकै घरका चार जनाको मृत्यु भएको हो ।
यसरी मृत्यु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश र छोरी डेढ वर्षीया कविताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो घटनाबारे जानकारी पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा घटनास्थल पुगेर उद्धार सुरु गरेका थिए । सो घटनाको थप विवरण आउन बाँकी छ।
What's Your Reaction?






