कैलालीको गौरीगंगामा खोलाले बगाउँदा एक जनाको मृत्यु

कैलाली । कैलालीको गौरीगंगामा खोलाले बगाउँदा एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–२ चौमालामा खोलाले बगाउँदा अन्दाजी ६० वर्षीय नरबहादुर ताम्राकारको मृत्यु भएको हो । बुधबार साँझ ५ बजे पुरानो चौमाला बजारदेखि घर जाने क्रममा चौमाला खोलाले बगाउँदा ताम्राकार बेपत्ता भएका थिए । बेपत्ता ताम्राकारको खोजीकार्य गर्दा बिहीबार बिहान खोलामा शव फेला […]

Jun 19, 2025 - 06:03
 0
कैलालीको गौरीगंगामा खोलाले बगाउँदा एक जनाको मृत्यु

कैलाली ।

कैलालीको गौरीगंगामा खोलाले बगाउँदा एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–२ चौमालामा खोलाले बगाउँदा अन्दाजी ६० वर्षीय नरबहादुर ताम्राकारको मृत्यु भएको हो । बुधबार साँझ ५ बजे पुरानो चौमाला बजारदेखि घर जाने क्रममा चौमाला खोलाले बगाउँदा ताम्राकार बेपत्ता भएका थिए ।

बेपत्ता ताम्राकारको खोजीकार्य गर्दा बिहीबार बिहान खोलामा शव फेला परेको ईलाका प्रहरी कार्यालय चौमालाका प्रहरीले जानकारी दिएका छन् । पोस्टमार्टमका लागि धनगढीमा रहेको प्रादेशीक सेती अञ्चल अस्पतालमा पठाएको ईलाका प्रहरी कार्यालय चौमालाका प्रहरीले जानकारी दिएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register