अन्तत: काठमाडौँ महानगरका कर्मचारीले तलब पाए

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् । पछिल्लो तीन महिनादेखि तलब नपाएका महानगरका कर्मचारीले सोमबार तलब पाएका हुन् । महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा उनीहरुको तलब तीन महिनादेखि रोकिएको थियो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं गत पुष ७ गतेदेखि बिदामा बसेका थिए । चैत्र २२ गते बिहीबार कार्यलयमा हाजिर भएका गुरागाईंले सोमबारसम्म […]

Apr 7, 2025 - 10:15
 0
अन्तत: काठमाडौँ महानगरका कर्मचारीले तलब पाए

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् । पछिल्लो तीन महिनादेखि तलब नपाएका महानगरका कर्मचारीले सोमबार तलब पाएका हुन् ।

महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा उनीहरुको तलब तीन महिनादेखि रोकिएको थियो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं गत पुष ७ गतेदेखि बिदामा बसेका थिए ।

चैत्र २२ गते बिहीबार कार्यलयमा हाजिर भएका गुरागाईंले सोमबारसम्म कर्मचारीले तलब पाउनेगरी तोक लगाएका थिए । सोहि अनुसार महानगरका २९ सय कर्मचारीलाई १ अर्ब १३ करोड भुक्तानी भएको पाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register