संसद्मै च्यातियो बजेट पुस्तिका, बजेट नेतामुखी भएको आरोप !

काठमाडौँ । सांसद अमर बहादुर थापाले बजेट पुस्तिका च्यातेका छन् । एकीकृत समाजवादीका सांसद समेत रहेका थापाले बिहीबार प्रतिनिधि सभाको बैठकमा भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् । उनले भौतिक मन्त्रालयको बजेट उल्टो बाटो हिँडिरहेको र आफूले पटकपटक संसद्मा ध्यानाकर्षण गराउँदा पनि दैलेखसहित विभिन्न जिल्लाका जनतालाई सम्बोधन गर्न नसकेको बताएका छन् ।  आगामी आर्थिक वर्षको […]

Jun 19, 2025 - 10:19
 0
संसद्मै च्यातियो बजेट पुस्तिका, बजेट नेतामुखी भएको आरोप !

काठमाडौँ । सांसद अमर बहादुर थापाले बजेट पुस्तिका च्यातेका छन् । एकीकृत समाजवादीका सांसद समेत रहेका थापाले बिहीबार प्रतिनिधि सभाको बैठकमा भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् ।

उनले भौतिक मन्त्रालयको बजेट उल्टो बाटो हिँडिरहेको र आफूले पटकपटक संसद्मा ध्यानाकर्षण गराउँदा पनि दैलेखसहित विभिन्न जिल्लाका जनतालाई सम्बोधन गर्न नसकेको बताएका छन् । 

आगामी आर्थिक वर्षको बजेट नेतामुखी र मन्त्रीमुखी भएको सांसद थापाले आरोप लगाएका छन् । जनताबाट उठाइएको राजस्वले नै जनताप्रति उत्तरदायित्व नलिएको र एकाधिकार कायम गरिएकाले आफूलाई बजेट पुस्तिका नै मन नपरेको ले पुस्तिका च्यातेका बताएका छन् । 

उनले संसद्मा सभामुखले दिएको समयमा आफ्ना कुरा राख्दै संसद्मै बजेट पुस्तिका च्यातेको उद्घोषसहित भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातिदिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register