मकवानपुरमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

हेटौँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर– १ कुन्छाल बस्तीमा धारिलो हतियार एक महिलाको हत्या भएको छ । बिहीबार दिउँसो करिब साढे २ बजेतिर अन्दाजी ५० वर्षीया तुलुमाया गोपालीको हत्या भएको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सोही स्थानका देवर नाता पार्ने ३५ वर्षीय […]

Jun 19, 2025 - 14:26
 0
मकवानपुरमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

हेटौँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर– १ कुन्छाल बस्तीमा धारिलो हतियार एक महिलाको हत्या भएको छ ।

बिहीबार दिउँसो करिब साढे २ बजेतिर अन्दाजी ५० वर्षीया तुलुमाया गोपालीको हत्या भएको मकवानपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सोही स्थानका देवर नाता पार्ने ३५ वर्षीय विमलमान गोपालीले धारिलो हतियार प्रहार गरी तुलुमायाको हत्या गरेका हुन् ।

तुलुमायाको हत्या गर्ने विमलमानलाई इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सबिनबावु अर्याल र अस्थायी प्रहरी पोष्ट बज्रबाराहीबाट प्रहरी सहायक निरीक्षक सन्तुकुमार लामाको संयुक्त टोलीले थाहा नगरपालिका– ३ थानाबजारबाट खुकुरीसहित नियन्त्रणमा लिएको प्रवक्ता अर्यालले जानकारी दिए ।

घटनास्थलको प्रारम्भिक अनुसन्धान पूरा गरी तुलुमायाको शवलाई पोस्टमार्टमको लागि शिक्षण अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

हत्या आरोपीलाई हाल इलाका प्रहरी कार्यालय पालुङमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register