नेपाली सेनाले हुम्लामा बेलिबृज जडान गर्दै

काठमाडौँ। हुम्ला जिल्लालाई राष्ट्रिय सडक संजालसँग जोड्नको निमित्त हिल्सा-सिमिकोट सडक खण्डको खार्पुनाथस्थित चुवा खोलामा नेपाली सेनाद्वारा बेलिबृज जडानको कार्य भईरहेको छ । गत १२ गतेबाट नेपाली सेनाको फौज पुल निर्माण स्थलमा खटिई भौतिक निर्माणको कार्य शुभारम्भ भएको थियो । उक्त पुलको निर्माण कार्य अन्तिम चरणमा रहेको र बेलिबृज जडान पश्चात् उक्त सडक खण्डमा बाह्रै महिना […]

Jun 19, 2025 - 11:12
 0
नेपाली सेनाले हुम्लामा बेलिबृज जडान गर्दै

काठमाडौँ।

हुम्ला जिल्लालाई राष्ट्रिय सडक संजालसँग जोड्नको निमित्त हिल्सा-सिमिकोट सडक खण्डको खार्पुनाथस्थित चुवा खोलामा नेपाली सेनाद्वारा बेलिबृज जडानको कार्य भईरहेको छ ।

गत १२ गतेबाट नेपाली सेनाको फौज पुल निर्माण स्थलमा खटिई भौतिक निर्माणको कार्य शुभारम्भ भएको थियो ।

उक्त पुलको निर्माण कार्य अन्तिम चरणमा रहेको र बेलिबृज जडान पश्चात् उक्त सडक खण्डमा बाह्रै महिना सवारी साधन आवागमन हुने नेपाली सेनाले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register