ट्रम्प र पाकिस्तानी सेनाप्रमुखबीच ‘ऐतिहासिक’ भेट, के भयो कुराकानी ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पाकिस्तानका सेनाप्रमुख एवं फिल्ड मार्शल असिम मुनीरसँग ऐतिहासिक भेटवार्ता गरेका छन् । यो पहिलो पटक हो, जब कुनै अमेरिकी राष्ट्रपतिले पाकिस्तानी सेनाप्रमुखलाई बिना कुनै उच्च राजनीतिक प्रतिनिधिमण्डल एक्लै भेट गरेका छन् । ट्रम्पले पत्रकारहरूसँग भने, “दुई अत्यन्तै बुद्धिमान व्यक्तिले त्यो युद्धलाई निरन्तरता नदिने निर्णय गरे । त्यो […]

Jun 19, 2025 - 11:41
 0
ट्रम्प र पाकिस्तानी सेनाप्रमुखबीच ‘ऐतिहासिक’ भेट, के भयो कुराकानी ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पाकिस्तानका सेनाप्रमुख एवं फिल्ड मार्शल असिम मुनीरसँग ऐतिहासिक भेटवार्ता गरेका छन् ।

यो पहिलो पटक हो, जब कुनै अमेरिकी राष्ट्रपतिले पाकिस्तानी सेनाप्रमुखलाई बिना कुनै उच्च राजनीतिक प्रतिनिधिमण्डल एक्लै भेट गरेका छन् ।

ट्रम्पले पत्रकारहरूसँग भने, “दुई अत्यन्तै बुद्धिमान व्यक्तिले त्यो युद्धलाई निरन्तरता नदिने निर्णय गरे । त्यो युद्ध त आणविक युद्ध पनि बन्न सक्थ्यो ।” उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानीको उल्लेख गर्दै दुबै नेताको निर्णयको प्रशंसा गरे ।

पाकिस्तानी सेनाले विज्ञप्ति जारी गर्दै सो भेटमा व्यापार, आर्थिक विकास, क्रिप्टोकरेन्सी, इरान–इजरायल तनावबारे छलफल भएको जनाएको छ । मुनीरले ट्रम्पलाई इरानसँग युद्ध नगर्न र इजरायललाई रोक्न आग्रह गरेको जनाइएको छ । पाकिस्तानले इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै भर्त्सना गर्दै आएको छ ।

पाकिस्तानी सेनाका अनुसार ट्रम्पले पाकिस्तानसँग दीर्घकालीन रणनीतिक साझेदारीको चाहना व्यक्त गरेका थिए ।

तर, भारतले भने ट्रम्पको दाबी अस्वीकार गर्दै युद्धविराम कुनै तेस्रो पक्षको मध्यस्थता नभई भारत र पाकिस्तानबीच सिधा सैन्य वार्ताबाट भएको स्पष्ट पारेको छ ।

भारतीय विदेश सचिव विक्रम मिस्रीका अनुसार “भारतले विगतमा पनि कुनै मध्यस्थता स्वीकार गरेको छैन, र भविष्यमा पनि गर्ने छैन ।”

ट्रम्पले भने आफ्नो प्रयासमा युद्ध रोकिएको भन्दै आफूलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न आग्रह गरिएको दाबी गरेका छन् ।

विश्लेषकहरूले भने यस भेटले अमेरिका–भारत सम्बन्धमा असर पार्न सक्ने चेतावनी दिएका छन् । एशिया प्रशान्त विशेषज्ञ माइकल कुगेलम्यानका अनुसार “भारत कति हदसम्म अमेरिका–पाकिस्तानको सहकार्य सहन सक्छ भन्ने प्रश्न फेरि उठेको छ ।”

भारतले ‘आतंकवादी हमलाको मास्टरमाइन्ड’ भनेको पाकिस्तानी सेनापतिसँग ट्रम्पको दिवाभोज

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register