आलमलाई सफाइ दिने दुवै न्यायाधीशमाथि न्याय परिषद्‌को छानबिन

काठमाडौं । कांग्रेस नेता मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका दुवै न्यायाधीशमाथि छानबिन सुरु भएको छ । न्याय परिषद्ले न्यायाधीशद्वय न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनलाई कार्यक्षेत्रबाट तानेर छानबिन सुरु गरेको हो । न्याय परिषद्को बिहीबारको बैठकले एक सदस्यीय छानबिन समिति गठन गरेर उनीहरूलाई कार्यक्षेत्रबाट तानेको परिषद्का एक […]

Jun 19, 2025 - 12:11
 0
आलमलाई सफाइ दिने दुवै न्यायाधीशमाथि न्याय परिषद्‌को छानबिन

काठमाडौं । कांग्रेस नेता मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका दुवै न्यायाधीशमाथि छानबिन सुरु भएको छ ।

न्याय परिषद्ले न्यायाधीशद्वय न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनलाई कार्यक्षेत्रबाट तानेर छानबिन सुरु गरेको हो ।

न्याय परिषद्को बिहीबारको बैठकले एक सदस्यीय छानबिन समिति गठन गरेर उनीहरूलाई कार्यक्षेत्रबाट तानेको परिषद्का एक सदस्यले जानकारी दिए ।

उनीहरूविरुद्ध न्याय परिषद्‌मा राजापुर बम विस्फोटका मृतक पिन्टु त्रिलोकका बुवाले समेत उजुरी दिएका थिए । फैसलापछि न्यायाधीश थारुमाथि दुर्व्यवहारसमेत भएको थियो ।

आलमलाई जिउँदै इँटाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर, उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले सफाइ दिएपछि यसको देशभर चर्चा भएको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register