बिग बास खेल्ने टोलीको रोजाइमा परेनन् नेपाली खेलाडी

काठमाडौं । अस्ट्रेलियाको बिग बास लिग (बीबीएल)को ड्राफ्टमा रहेका नेपालका ६ क्रिकेटर कुनै टोलीमा पनि अनुबन्ध हुन सकेनन् । बिहीबार सम्पन्न १५औं संस्करणको बीबीएल ड्राफ्टमा सूचीकृत नेपालका ६ क्रिकेटर कुनै टोलीमा समावेश हुन नसकेका हुन् । सहभागी ८ टोलीमा १५ खेलाडी अनुबन्ध भएकोमा नेपालका ६ खेलाडी भने कुनै टिममा सामेल हुन सकेनन् । बीबीएल ड्राफ्ट […]

Jun 19, 2025 - 12:14
 0
बिग बास खेल्ने टोलीको रोजाइमा परेनन् नेपाली खेलाडी

काठमाडौं । अस्ट्रेलियाको बिग बास लिग (बीबीएल)को ड्राफ्टमा रहेका नेपालका ६ क्रिकेटर कुनै टोलीमा पनि अनुबन्ध हुन सकेनन् ।

बिहीबार सम्पन्न १५औं संस्करणको बीबीएल ड्राफ्टमा सूचीकृत नेपालका ६ क्रिकेटर कुनै टोलीमा समावेश हुन नसकेका हुन् ।

सहभागी ८ टोलीमा १५ खेलाडी अनुबन्ध भएकोमा नेपालका ६ खेलाडी भने कुनै टिममा सामेल हुन सकेनन् ।

बीबीएल ड्राफ्ट अस्ट्रेलियामा सेभेन नेटवर्क, सेभेन प्लस, फक्स स्पोट्र्स र कायो स्पोट्र्समा प्रत्यक्ष प्रशारण गरिएको थियो ।

ड्राफ्टमा सन्दीप लामिछाने, विपिन शर्मा, शेर मल्ल, अर्जुन साउद, देव खनाल र आरिफ शेखको नाम थियो ।

सन्दीपले यसअघि दुई सिजन बिग बास खेलिसकेका छन् । उनले हालसम्म ४३ वटा बीबीएल खेलमा भाग लिएका छन्, जसमा ४८ विकेट लिएका छन् ।

बिग बास लिग आगामी डिसेम्बर २१ देखि अष्ट्रेलियाका विभिन्न सहरमा हुँदैछ

बीबीएलमा प्रतिस्पर्धा गर्ने आठ फ्रेन्चाइज टोलीमाः एडिलेड स्ट्राइकरस्, ब्रिस्बेन हिट, होबार्ट हुरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कोर्चर्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर रहेका छन् ।

बिग बासको ड्राफ्टमा विपिनसहित नेपालका ६ खेलाडी

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register