बिहीबार रातीदेखि अबरुद्ध बुटवल–पाल्पा सडकखण्ड एकतर्फी खुल्यो

बुटवल ।  लगातारको वर्षासँगै सडकमा पहिरो झरेपछि अबरुद्ध बनेको बुटवल–पाल्पा सडक विहानदेखि एकतर्फीरुपमा खुलेको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार विहिबार राती साढे १० बजेदेखि अवरुद्ध सडक आज विहान ७ बजेदेखि खुलेको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबादेखि तिनाउको दोभानसम्म विभिन्न ठाउँमा सडकमा ढुङ्गा तथा पहिरो झरेर अवरुद्ध बनेको सडक […]

Jun 20, 2025 - 03:22
 0
बिहीबार रातीदेखि अबरुद्ध बुटवल–पाल्पा सडकखण्ड एकतर्फी खुल्यो

बुटवल ।  लगातारको वर्षासँगै सडकमा पहिरो झरेपछि अबरुद्ध बनेको बुटवल–पाल्पा सडक विहानदेखि एकतर्फीरुपमा खुलेको छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार विहिबार राती साढे १० बजेदेखि अवरुद्ध सडक आज विहान ७ बजेदेखि खुलेको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबादेखि तिनाउको दोभानसम्म विभिन्न ठाउँमा सडकमा ढुङ्गा तथा पहिरो झरेर अवरुद्ध बनेको सडक विहानदेखि संचालनमा आएको हो ।

रातीदेखि बोटोमा अलपत्र सवारीका साधनहरु गन्तव्यतर्फ लाग्दा अहिले ठूलो जाम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारीको जाम तथा सडक जोखिमयुक्त भएकाले सजग भएर यात्रा गर्न सुझाव दिइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register