बाबुराम भट्टराईको फेसबुक पेज ‘ह्याक’
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक पेज ह्याक भएको छ । अनधिकृत समूहले १५ लाख फलोअर्स भएको पेज ह्याक गरी अनावश्यक तथा भ्रामक टिप्पणी गरेको भट्टराईको सचिवालयले जनाएको छ । साथै, उनको व्यक्तिगत वेबसाइटसमेत ह्याक भएको छ । सोही वेबसाइटमार्फत फेसबुक पेज ह्याक भएको सचिवालयको भनाइ छ । सचिवालयले भन्यो, “डा. बाबुराम भट्टराईज्यूको आधिकारिक […]

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक पेज ह्याक भएको छ ।
अनधिकृत समूहले १५ लाख फलोअर्स भएको पेज ह्याक गरी अनावश्यक तथा भ्रामक टिप्पणी गरेको भट्टराईको सचिवालयले जनाएको छ ।
साथै, उनको व्यक्तिगत वेबसाइटसमेत ह्याक भएको छ । सोही वेबसाइटमार्फत फेसबुक पेज ह्याक भएको सचिवालयको भनाइ छ ।
सचिवालयले भन्यो, “डा. बाबुराम भट्टराईज्यूको आधिकारिक फेसबुक पेज “Dr. Baburam Bhattarai” ह्याक गरी अनधिकृत समूहले अनावश्यक तथा भ्रामक टिप्पणीहरू गरेका छन् । हाल उहाँको आईटी टीम उक्त पेजको सुरक्षा प्रणालीलाई पुनःस्थापित गर्ने कार्यमा जुटिरहेको छ । यसै सन्दर्भमा, डा. भट्टराईसम्बन्धी भ्रामक समाचारहरूमा विश्वास नगर्न सबैमा आग्रह गरिन्छ ।”
What's Your Reaction?






