कैलालीमा १६ दिनकी सुत्केरी महिला घर नजिकै मृत अवस्थामा फेला

काठमाडौं । कैलालीको गोरीगंगा नगरपालिकामा एक सुत्केरी महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका–७ को कैलाशपुरमा शुुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीय तुलसी नाथ घर नजिकै फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहले नाथ मृत भेटिएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी […]

Jun 20, 2025 - 06:23
 0
कैलालीमा १६ दिनकी सुत्केरी महिला घर नजिकै मृत अवस्थामा फेला

काठमाडौं ।

कैलालीको गोरीगंगा नगरपालिकामा एक सुत्केरी महिला मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको गौरीगंगा नगरपालिका–७ को कैलाशपुरमा शुुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीय तुलसी नाथ घर नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहले नाथ मृत भेटिएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनी १६ दिनकी सुत्केरी थिइन्।

उनको नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घरको मूल गेट अगाडिको नालामा मृत भेटिएकाले अहिले घटनास्थल सिल गरेर अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

मृत्युु कसरी भएको हो भन्ने बारे अहिले नै भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register