चुनाव विद्यार्थीको, दौडधुप नेताको

 बाँके।    नेपालगन्जका तीन क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भइरहेको छ । निर्वाचन भइरहेको तिनवटै ठाउँमा पुग्दा भीडभाड देखिन्थ्यो । विद्यार्थीको भीड हुनु स्वभाविक नै मानियो । त्यहाँ त पार्टीका नेताको बाक्लो उपस्थिति देखियो ।  विद्यार्थीको चुनाव भएकाले विद्यार्थीले भोट माग्नु त स्वभाविक देखिन्थ्यो, तिनै ठाउँमा पार्टीका नेताहरुले हात जोडेको पाइयो । मतदाता […]

Mar 18, 2025 - 11:16
 0
  चुनाव विद्यार्थीको, दौडधुप नेताको

 बाँके।   

नेपालगन्जका तीन क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भइरहेको छ । निर्वाचन भइरहेको तिनवटै ठाउँमा पुग्दा भीडभाड देखिन्थ्यो । विद्यार्थीको भीड हुनु स्वभाविक नै मानियो । त्यहाँ त पार्टीका नेताको बाक्लो उपस्थिति देखियो । 

विद्यार्थीको चुनाव भएकाले विद्यार्थीले भोट माग्नु त स्वभाविक देखिन्थ्यो, तिनै ठाउँमा पार्टीका नेताहरुले हात जोडेको पाइयो । मतदाता विद्यार्थीलाई ठूला पार्टीका जिल्लाका प्रमुख नेताहरुले हात जोडेर भोट मागिरहेका थिए । 

पश्चिम क्षेत्रको चर्चित महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा नेपाली कांग्रेस, एमाले, माओवादीलगायत सबै पार्टीका जिल्ला नेतृत्व पुगेका थिए । आफूनिकट विद्यार्थी संगठनलाई जिताउन पार्टीका नेताहरु विहानैदेखि क्याम्पस आसपासमा मेहनेत गरिरहे । क्याम्पस आसपासमा ठाउँठाउँमा झुण्ड–झुण्ड देखिन्थ्यो । कतै त्रिपाल र कुर्सीको व्यवस्था गरिएको थियो त कतै खाना, नास्ता र पानीको व्यवस्था गरेका थिए । ओहो, आज त विद्यार्थीलाई नेतादेखि विद्यार्थी नेताको तानातान थियो । ‘खाना खानु भयो ? नास्ता खानु भयो ? पानी त खानुस्’ मतदाता विद्यार्थीलाई यस्तो सम्मान मिलिरह्यो । पार्टीका नेताहरु आफूले चिनेको ठाउँका विद्यार्थीलाई फकाउन लागिरहेका थिए भने विद्यार्थी नेतालाई निर्देशनहरु दिइरहेको देखिन्थ्यो । 

चुनाव विद्यार्थीको भएपनि नेताहरुको रमाइलो हेर्न लायक थियो । नेपाली कांग्रेसका सभापति नारायण गौडेल, एमालेका जिल्ला अध्यक्ष निरक गुरुङ, माओवादीका अध्यक्ष नरेन्द्र पाण्डेसँगै अन्य नेताहरु क्याम्पस आसपासमा डेरा जमाएर बसेका थिए । साना पार्टीका नेताहरु पनि लागेपुगेसम्म मेहनत गरिरहेका थिए ।  

स्ववियु चुनावलाई पार्टीले आफ्नो इज्जतसँग जोडेर हेरिरहेका थिए । विद्यार्थीमा आफ्नो पकड आँकलन गरिरहेका छन् । महेन्द्र बहुमुखी क्याम्पसमा ४ हजार ६ सय ६० जना मतदाता छन् । बिहान ८ बजेदेखि मतदान भएको थियो । अनेरास्ववियुले केशरजंग शाह, नेविसंघले सन्तोष रावल, क्रान्तिकारीले हरेन्द्रबहादुर विकलाई सभापतिमा अगाडि सारेका छन् । साना तीन पार्टी मिलेर बनेको समावेशी प्यानलले निशान थारुलाई अगाडि सारेका छन् । 

विद्यार्थी रहेको र सभापति जित्दा पार्टीनिकट विद्यार्थी संगठनको पकड कायम रहेको भन्ने मौका पाउन नेताहरु यो नेपालगन्जको गर्मीमा पसिना निकालेर लागिपरेका थिए । 

नेपालगन्जको नर्सिङ क्याम्पस, खजुराको ज्ञानोदय पब्लिक बहुमुखी क्याम्पसमा पनि नेताहरु खटिएका थिए । नर्सिङ क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्रतिस्पर्धा रहेको छ । ज्ञानोदयमा नेविसंघ र अनेरास्ववियुको प्यानल छ । त्यहाँ क्रान्तिकारीसँग प्रतिस्पर्धा रहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register