इलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, दुई जनाको मृत्यु

इलाम । इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको बा८९ प २२६६ नंको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये बझाङको बित्छडचिर गाउँपालिका–१ […]

Jun 22, 2025 - 17:17
 0
इलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, दुई जनाको मृत्यु

इलाम । इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको बा८९ प २२६६ नंको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये बझाङको बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोट छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरीको झापास्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि ट्रक चालक पाँचथरको कुम्मायक गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register