मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहदा कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ । महाशाखाका अनुसार  सोमबार पनि देशभर आंशिक देखि साधारणतया बदली […]

Jun 23, 2025 - 01:32
 0
मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहदा कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ ।

महाशाखाका अनुसार  सोमबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती  र गण्डकी  लगायत देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी , बागमती र गण्डकी का एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register