विपिन जोशी रिहाइको पहल : इजिप्टका राष्ट्रपतिसँग टेलिफोन वार्तादेखि इरानका विदेशमन्त्रीसँग भेटघाटसम्म

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्यालेस्टिनी समूह हमासले बेपत्ता बनाएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सरकारले सुरुदेखि नै उच्च तहमा द्धिपक्षीय र बहुपक्षीयस्तरमा कूटनीतिक पहललाई निरन्तरता दिँदै आएको बताएकी छिन् । प्रतिनिधिसभाको विनियोजन विधेयकअन्तर्गतको छलफलमा सांसदहरूले शनिबारदेखि उठाएका प्रशनहरूको सोमबार जवाफ दिँदै उनले विपिनकोको सकुशल रिहाइका लागि सबै सम्भावित माध्यमबाट प्रयास जारी राख्ने […]

Jun 23, 2025 - 10:22
 0
विपिन जोशी रिहाइको पहल : इजिप्टका राष्ट्रपतिसँग टेलिफोन वार्तादेखि इरानका विदेशमन्त्रीसँग भेटघाटसम्म

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्यालेस्टिनी समूह हमासले बेपत्ता बनाएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सरकारले सुरुदेखि नै उच्च तहमा द्धिपक्षीय र बहुपक्षीयस्तरमा कूटनीतिक पहललाई निरन्तरता दिँदै आएको बताएकी छिन् ।

प्रतिनिधिसभाको विनियोजन विधेयकअन्तर्गतको छलफलमा सांसदहरूले शनिबारदेखि उठाएका प्रशनहरूको सोमबार जवाफ दिँदै उनले विपिनकोको सकुशल रिहाइका लागि सबै सम्भावित माध्यमबाट प्रयास जारी राख्ने प्रतिबद्धता पुनः दोहोर्याइन् ।

‘विपिन जोशीको सकुशल रिहाइका लागि सबै सम्भावित माध्यमबाट प्रयास जारी राख्ने प्रतिबद्धता पुनः व्यक्त गर्दछु, र यस सम्बन्धमा प्राप्त हुने कुनै पनि नयाँ जानकारी संसदमा यथासमयमा प्रस्तुत गर्नेछु,’ उनले संसद्मा भनिन् ।

सो अवसरमा परराष्ट्रमन्त्री राणाले विपिनको रिहाइका सम्बन्धमा मन्त्रालयबाट भएका मुख्य प्रयासहरू प्रस्तुत गरिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपतिसँग टेलिफोनमार्फत अपिल गरेको तथा सभामुख देवराज घिमिरेले अरब संसदका अध्यक्षलाई अनुरोध गर्दै पत्र लेखेको उनले जानकारी दिइन् ।

उनले आफू स्वयंले कतार र यूएईका विदेश राज्यमन्त्रीहरू तथा इजिप्ट, टर्की र इरानका विदेशमन्त्रीहरूलाई पत्र लेखी अनुरोध गरेको जानकारी दिइन् । साथै, ओमानमा आयोजित इन्डियन ओसन कन्फेन्समा कतार र यूएईका विदेश राज्यमन्त्रीहरू र इरानका समकक्षीसँग भेटघाट गरी अनुरोध गरेको पनि पराराष्ट्रमन्त्री राणाले बताइन् ।

‘म स्वयंले कतार र यूएईका विदेश राज्यमन्त्रीहरू तथा इजिप्ट, टर्की र इरानका विदेशमन्त्रीहरूलाई पत्र लेखी अनुरोध गरेकी छु । साथै, ओमानमा आयोजित इन्डियन ओसन कन्फेन्समा कतार र यूएईका विदेश राज्यमन्त्रीहरू र इरानका समकक्षीसँग भेटघाट गरी अनुरोध गरेकी छु,’ उनले थपिन् ।

इजरायल पढ्न गएका नेपाली विद्यार्थी विपिन हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेयता बेपत्ता छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register