यूकेमा छायांकन गरिएको ‘सारा दिन अरूलाई दिएँ’ गीतको म्यूजिक भिडियो सार्वजनिक

लन्डन- सन्तोष श्रेष्ठको संगीत तथा भक्तराज विश्वकर्माको स्वर रहेको ‘सारा दिन अरूलाई दिएँ’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । निर्भीकजंग रायमाझीको शब्द–रचना रहेको गीतको लिरिकल भिडियो गत फागुनमा सार्वजनिक भएको थियो । यूकेको पिटरबरो तथा अन्य स्थानमा खिचिएको गीतको भिडियो सुमन श्रेष्ठले निर्देशन गरेका हुन् । दुर्गा अधिकारी र रोशन खरेलको जोडीको मुख्य अभिनयमा […]

Jun 24, 2025 - 21:09
 0
यूकेमा छायांकन गरिएको ‘सारा दिन अरूलाई दिएँ’ गीतको म्यूजिक भिडियो सार्वजनिक


लन्डन- सन्तोष श्रेष्ठको संगीत तथा भक्तराज विश्वकर्माको स्वर रहेको ‘सारा दिन अरूलाई दिएँ’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

निर्भीकजंग रायमाझीको शब्द–रचना रहेको गीतको लिरिकल भिडियो गत फागुनमा सार्वजनिक भएको थियो ।

यूकेको पिटरबरो तथा अन्य स्थानमा खिचिएको गीतको भिडियो सुमन श्रेष्ठले निर्देशन गरेका हुन् ।

दुर्गा अधिकारी र रोशन खरेलको जोडीको मुख्य अभिनयमा रहेको गीत ‘बिआरबी संगीत’ युट्युब च्यानमार्फत् सार्वजनिक गरिएको हो । 

आधुनिक मान्छेको व्यस्त जीवनशैलीले मानिसको सम्बन्ध, स्वास्थ्य र जीवनमा पारेको प्रभावलाई भिडियोको मुख्य विषय बनाइएको निर्माण पक्षले जनाएको छ । गीतको एरेन्ज राजु कार्कीले गरेका छन् भने मिक्सिङ, मास्टरिङ प्रकाश मिश्रको छ । 

अकस्टिक स्टुडियो काठमाडौं र जी-म्यूजिक स्टुडियो यूकेमा रेकर्ड गरिएको गीत गायक भक्तराज विश्वकर्माको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register