क्लब विश्वकपमा अप्रत्यासित नतिजा : जर्मन जायन्ट बायर्न बाहिरियो, अकल्यान्डले खेल्यो ‘चामत्कारिक’ बराबरी

काठमाडौं । क्लब विश्वकप फुटबलमा अप्रत्यासित नतिजा आउने क्रम जारी छ । जर्मन जायन्ट बायर्न म्युनिख पराजित हुँदा न्युजिल्यान्डको क्लब अकल्यान्डले बराबरीको नतिजा निकालेको छ । चेल्सीको सहज जित इंग्लिस क्लब चेल्सीले ट्युनिसियाली क्लब एस्पेरान्समाथि सहज जित हासिल गरेको छ । एस्पेरान्सलाई ३–० गोलअन्तरले पराजित गर्दै चेल्सी नकआउट चरणमा प्रवेश गरेको छ । अब उसले […]

Jun 25, 2025 - 10:36
 0
क्लब विश्वकपमा अप्रत्यासित नतिजा : जर्मन जायन्ट बायर्न बाहिरियो, अकल्यान्डले खेल्यो ‘चामत्कारिक’ बराबरी

काठमाडौं । क्लब विश्वकप फुटबलमा अप्रत्यासित नतिजा आउने क्रम जारी छ । जर्मन जायन्ट बायर्न म्युनिख पराजित हुँदा न्युजिल्यान्डको क्लब अकल्यान्डले बराबरीको नतिजा निकालेको छ ।

चेल्सीको सहज जित

इंग्लिस क्लब चेल्सीले ट्युनिसियाली क्लब एस्पेरान्समाथि सहज जित हासिल गरेको छ । एस्पेरान्सलाई ३–० गोलअन्तरले पराजित गर्दै चेल्सी नकआउट चरणमा प्रवेश गरेको छ । अब उसले अन्तिम १६ मा पोर्चुगिज क्लब बेन्फिकासँग भिड्नेछ, जो जर्मन जायन्ट बायर्न म्युनिखलाई हराएर समूह विजेता बन्न सफल भएको हो ।

अमेरिकाको फिलाडेल्फियास्थित लिंकन फाइनान्सियल फिल्डमा मंगलबार भएको समूह ‘डी’को खेलमा चेल्सीले उत्कृष्ट प्रदर्शन गर्दै एस्पेरान्सविरुद्ध सहज जित निकालेको हो ।

टोसिन अडाराबायोले हेडमार्फत पहिलो गोल गरे भने नयाँ खेलाडी लियाम डेलापले पहिलो हाफको इन्जुरी समयमा आकर्षक फिनिस गर्दै खाता खोले । खेलको अन्तिम इन्जुरी समयमा टिनएजर टाइरिक जर्जले तेस्रो गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे ।

यसअघि नै समूह विजेता बनेको फ्लामेन्गोले एलएएफसीसँग १–१ को बराबरी खेलेर पहिलो चरणको अन्त्य गर्याे । एलएएफसीका डेनिस बौआङ्गाले ८४औं मिनेटमा अग्रता दिलाए पनि दुई मिनेटमै वालस यानले बराबरी गोल फर्काए ।

बेन्फिकाको ऐतिहासिक जित, बायर्न पराजित 

चार्लोटमा भएको समूह ‘सी’ को प्रतिस्पर्धामा बेन्फिकाले बायर्न म्युनिखलाई १–० ले हराउँदै ऐतिहासिक जित हात पार्यो । खेलको १३औं मिनेटमा फ्रेड्रिक औस्र्नेसको कटब्याकमा एन्ड्रियास श्येल्डेरुपले एक मात्र निर्णायक गोल गरे ।

बायर्नले ह्यारी केन र माइकल ओलिसेलाई सुरुआती ११ मा राखेको थिएन । दोस्रो हाफमा उनीहरू मैदान प्रवेश गरेपछि केही आक्रामक देखिए पनि बेन्फिकाका गोलकिपर अनातोली त्रुबिनले लिरोय सानेको क्लिन थ्रू प्रयास रोके । जोशुआ किमिचको गोल अफसाइडमा खारेज भयो भने केनले अन्तिम समयमा हेडर मिस गरे ।

बेन्फिकाको बायर्नविरुद्ध १४ खेलपछिको पहिलो जितले उसलाई समूह विजेता बनायो, जसअनुसार उसले अन्तिम १६ मा चेल्सीसँग भिड्नेछ ।

यसअघि प्रमुख दाबेदार मानिएको बायर्न अन्तिम १६ बाटै बाहिरिनुलाई क्लब विश्वकपको अप्रत्यासित नतिजा मानिएको छ ।

‘सानो क्लब, ठूलो मन’

समूह चरणबाटै बाहिरिएको अर्जेन्टिनी क्लब बोका जुनियर्सले कमजोर मानिएको अकल्यान्ड सिटीसँग १–१ को बराबरी खेलेको थियो । अकल्यान्डले यसअघि बायर्नसँग १०–० र बेन्फिकासँग ६–० को लज्जास्पद हार व्यहोरेको थियो, तर यसपटक उत्कृष्ट प्रदर्शन गर्दै बराबरी निकाल्यो । यसलाई चामत्कारिक बराबरीका रुपमा विश्लेषण गरिएको छ ।

पहिलो हाफमा बोकाका लुटारो डी लोलोको हेडर गोलकिपर नाथन ग्यारोले आत्मघाती गोलमा परिणत गरे । तर दोस्रो हाफमा क्रिस्टियन ग्रेले हेडमार्फत बराबरी गोल फर्काए । अकल्यान्डका प्रशिक्षक पाउल पोसाले भने, ‘हामी सानो क्लब हौं, तर हाम्रो मन ठूलो छ । हामीलाई यो अनुभव अमूल्य रह्यो ।’

उक्त खेल मौसम चेतावनीका कारण करिब एक घण्टा स्थगित भएको थियो, यद्यपि त्यसपछि कुनै वर्षा भएन ।

जातीय टिप्पणीमाथि अनुसन्धान सुरु

यसैबीच, मंगलबार फिफाले पाचुका क्लबका खेलाडी गुस्ताभो काब्रालविरुद्ध अनुशासन अनुसन्धान सुरु गरेको छ । उनीमाथि रियल म्याड्रिडका एन्थोनी रुडिगरप्रति जातीय टिप्पणी गरेको आरोप छ । यो घटना आइतबार भएको खेलको अन्त्यतिर भएको थियो, जुन खेल रियल म्याड्रिडले ३–१ ले जितेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register