आईसीसी वरीयतामा सन्दीप र ललितको छलाङ, अरुको अवस्था के ?

काठमाडौं । हालै स्कटल्यान्ड भ्रमणमा नेपाली टिमले गरेको प्रदर्शनले खेलाडीहरूको वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हालै सार्वजनिक गरेको खेलाडीको नयाँ वरीयताअनुसार नेपाली केही नेपाली खेलाडीको स्थान खस्किएको छ भने केहीको सुधार भएको छ । स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको त्रिकोणी टी–२० आई शृंखलापछि सार्वजनिक वरीयताले टिमको वरीयतामा भने कुनै असर गरेको […]

Jun 25, 2025 - 10:55
 0
आईसीसी वरीयतामा सन्दीप र ललितको छलाङ, अरुको अवस्था के ?

काठमाडौं । हालै स्कटल्यान्ड भ्रमणमा नेपाली टिमले गरेको प्रदर्शनले खेलाडीहरूको वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हालै सार्वजनिक गरेको खेलाडीको नयाँ वरीयताअनुसार नेपाली केही नेपाली खेलाडीको स्थान खस्किएको छ भने केहीको सुधार भएको छ ।

स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको त्रिकोणी टी–२० आई शृंखलापछि सार्वजनिक वरीयताले टिमको वरीयतामा भने कुनै असर गरेको छैन । नेपालले सो शृंखलामा चारमध्ये दुई खेलमा जित हात पारेको थियो । तर, अहिले पनि टिम १८ औँ स्थानमा यथावत छ । टिमको वरीयता यथावत रहे पनि खेलाडीहरूको वरीयतामा भने तलमाथि भएको छ ।

सबैभन्दा उत्कृष्ट वरीयता रहने नेपाली खेलाडी हुन् दीपेन्द्रसिंह ऐरी । उनी पछिल्लोपटक सार्वजनिक टी–२० आई अलराउन्डरतर्फ तेस्रो नम्बरमा यथावत छन् । उनी यो स्थानमा लामो समयदेखि छन् । तर, उनी न माथि जान सकेका छन्, न तल झरेका छन् । उनी पछिल्लो वरीयताअनुसार ब्याटरतर्फ पनि यथा स्थानमा छन् । उनी ६१ औँ स्थानमा छन् । ब्याटरतर्फ उनी उच्च स्तरमा रहने नेपाली खेलाडी हुन् । स्कटल्यान्ड शृंखलामा राम्रो प्रदर्शन गर्न नसकेका कप्तान रोहितकुमार पौडेल दुई स्थान खस्किएर ६६ औँ स्थानमा पुगेका छन् । यस्तै ओपनर आसिफ शेख पनि दुई स्थान खस्केर ७९ औँ स्थानमा पुगेका छन् । अर्का ओपनर कुशल भुर्तेल भने ब्याटरतर्फ १० स्थान सुधार गरी ८३ औँ स्थानमा आएका छन् ।

ब्याटरतर्फ वरीयतामा सुधार नदेखिए पनि बलिङतर्फ भने दुई स्पीनरले छलाङ हानेका छन् । स्कटल्यान्ड त्रिकोणीय शृंखलामा सबैभन्दा धेरै ९ विकेट लिएका लेग स्पीनर सन्दीप लामिछानेले ४१ स्थानको छलाङ लगाएका छन् । टप सयभित्र अटाएका उनी अहिले ७५ औँ स्थानमा छन् । यस्तै स्कटल्यान्ड शृंखलामा ४ विकेट लिएका ललितनारायण राजवंशीले २९ स्थानको छलाङ लगाएका छन् । उनी ५४ औँ स्थानमा छन् । बलिङतर्फ दीपेन्द्रसिंह ऐरी भने एक स्थान खस्किएर ८१ औँ स्थानमा छन् ।

अलराउन्डरतर्फ ओपनर तथा लेग स्पीनर कुशल भुर्तेलले सुधार गरेका छन् । उनी छ स्थान सुधार गरी ३२ स्थानमा छन् । यस्तै अलराउन्डरतर्फ गुल्शन झा ८ स्थान खस्केर ६१ औँ तथा कप्तान रोहितकुमार पौडेल पाँच स्थान खस्केर ६६ औँ स्थानमा पुगेका छन् । यस्तै अहिले टिमभन्दा बाहिर रहेका कुशल मल्ल पनि ६ स्थान खस्केर ६७ औँ स्थानमा पुगेका छन् । यस्तै करण केसी पनि एक स्थान खस्केर ८१ औँ स्थानमा पुगेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register