एनपीएलका लागि लुम्बिनीले रिटेन गर्‍यो रोहितसहित ६ खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आगामी दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले ६ खेलाडी रिटेन गरेको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित ६ खेलाडीलाई रिटेन गरेको लुम्बिनीले सामाजिक सजालमार्फत जनाएको छ । रिटेन हुने अन्य खेलाडीमा सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिशेष गौतम र तिलक भण्डारी छन् । लुम्बिनीबाट सूर्य तामाङ, […]

Jun 25, 2025 - 11:01
 0
एनपीएलका लागि लुम्बिनीले रिटेन गर्‍यो रोहितसहित ६ खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आगामी दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले ६ खेलाडी रिटेन गरेको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित ६ खेलाडीलाई रिटेन गरेको लुम्बिनीले सामाजिक सजालमार्फत जनाएको छ ।

रिटेन हुने अन्य खेलाडीमा सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिशेष गौतम र तिलक भण्डारी छन् ।

लुम्बिनीबाट सूर्य तामाङ, अर्जुन साउद, आशुतोष घिरैया, दुर्गेश गुप्ता, विकास आग्री र आरिफ खान गरी ६ जना खेलाडी रिलिज भएका छन् ।

यसअघि सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले ६ खेलाडी रिटेन गरिसकेका छन् ।

रोहितले पहिलो संस्करणको एनपीएलमा लुम्बिनीको कप्तानी गरेका थिए । आठ टोली सम्मिलित प्रतियोगितामा लुम्बिनी पुछारमा रहेको थियो ।

यसैबीच लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले रिलिज गरिएका खेलाडीलाई बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै धन्यवाद दिएका छन् ।

‘म ती सम्पूर्ण खेलाडीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु, जसले हाम्रो यात्रा सुरु गर्दा हामीलाई साथ दिनुभयो,’ उनले भनेका छन्, ‘उहाँहरूको योगदान अमूल्य रह्यो र उहाँहरू सधैं हाम्रो परिवारका हिस्सा रहनुहुनेछ । हामी उहाँहरूलाई सधैं सम्झिरहनेछौं र भविष्यमा फेरि एउटै जर्सीमा उहाँहरूलाई पाउनु पनि सम्भव हुनसक्छ भन्ने आशा राख्दछौं ।’

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register