प्रहरीबाट राजीनामा दिएका दीपेन्द्र भन्छन् : नयाँ केही योजना बनाइसकेको छैन

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सेवा राजीनामा दिएका छन् । ऐरीले प्रहरी सहायक हवल्दारबाट राजीनामा दिएका हुन् । ऐरीले कुनै विशेष योजनाअनुसार प्रहरीबाट राजीनामा नदिएको बताए । उनले अहिले केही योजना पनि नबनाएको बताए । उनले नेपालभ्युजसँग भने, ‘त्यस्तो केही योजना बनाएको छैन ।’ उनले अहिले तत्काल घरेलु खेल कुन […]

Jun 25, 2025 - 11:31
 0
प्रहरीबाट राजीनामा दिएका दीपेन्द्र भन्छन् : नयाँ केही योजना बनाइसकेको छैन

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सेवा राजीनामा दिएका छन् । ऐरीले प्रहरी सहायक हवल्दारबाट राजीनामा दिएका हुन् । ऐरीले कुनै विशेष योजनाअनुसार प्रहरीबाट राजीनामा नदिएको बताए । उनले अहिले केही योजना पनि नबनाएको बताए ।

उनले नेपालभ्युजसँग भने, ‘त्यस्तो केही योजना बनाएको छैन ।’ उनले अहिले तत्काल घरेलु खेल कुन टिमबाट खेल्ने भन्ने पनि निर्णय नगरिसकेको बताए । उनले अन्य टिमबाट खेल्नका लागि प्रहरीबाट राजीनामा नदिएको बताए ।

ऐरीले दिएको राजीनामा स्वीकृत भएको प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । ‘उहाँले केही समयअघि नै राजीनामा दिनुभएको थियो । स्वीकृत पनि भइसकेको छ,’ उनले भने ।

ऐरी हालै स्कटल्यान्ड भ्रमण गरेको नेपाली टिमको उपकप्तान बनेका थिए । उनी उमेर समूहदेखि नै नेपाली टिममा जोडिएका खेलाडी हुन् । टी-२० आईमा दुईपटक लगातार छ छक्का प्रहार गरेको र ९ बलमै अर्धशतक (सबैभन्दा छिटो) बनाएको विश्वकीर्तिमान उनको नाममा छ । ऐरी अफ स्पीन बलिङ गर्नुका साथै भरपर्दो ब्याटर मानिन्छन् । उनी अहिले टी-२० आई अलराउन्डरतर्फ आईसीसीको वरीयतामा तेस्रो नम्बरमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register