लक्जेम्बर्ग पठाउने भन्दै १२ लाख ठग्ने व्यक्ति पक्राउ

काठमाडौँ । लक्जेम्बर्ग पठाउने भन्दै रकम ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि लक्जेम्बर्ग पठाउने भन्दै रकम ठगी गरेको आरोपमा ४० वर्षीय भूप नारायण चौधरी पक्राउ परेका हुन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नं.  ४ बाट पक्राउ गरेको हो । चौधरीले आकर्षक […]

Jul 6, 2025 - 08:41
 0
लक्जेम्बर्ग पठाउने भन्दै १२ लाख ठग्ने व्यक्ति पक्राउ

काठमाडौँ । लक्जेम्बर्ग पठाउने भन्दै रकम ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि लक्जेम्बर्ग पठाउने भन्दै रकम ठगी गरेको आरोपमा ४० वर्षीय भूप नारायण चौधरी पक्राउ परेका हुन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नं.  ४ बाट पक्राउ गरेको हो ।

चौधरीले आकर्षक तलबको प्रलोभन देखाएर विदेश पठाउने भन्दै १२ लाख लिएर सम्पर्क विहीन भएका थिए । पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौधरीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register