जनकपुरधाम-जयनगर चल्ने रेलले किच्दा एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम-जयनगर चल्ने रेलले किच्दा एक जनाको मृत्यु भएको छ । देउरी परवाहा स्टेशन नजिकै सोमबार बिहान ९ः४० बजे रेलले किच्दा एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, धनुषाकाअनुसार मृतकको पहिचान हुन सकेको छैन । कानमा इयरफोन लगाएर लिकमा हिँडिरहेका बेलामा सो व्यक्तिलाई रेलले ठक्कर दिएको थियो । पटक-पटक हर्न बजाए पनि […]

Jul 7, 2025 - 11:12
 0
जनकपुरधाम-जयनगर चल्ने रेलले किच्दा एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम-जयनगर चल्ने रेलले किच्दा एक जनाको मृत्यु भएको छ ।

देउरी परवाहा स्टेशन नजिकै सोमबार बिहान ९ः४० बजे रेलले किच्दा एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, धनुषाकाअनुसार मृतकको पहिचान हुन सकेको छैन ।

कानमा इयरफोन लगाएर लिकमा हिँडिरहेका बेलामा सो व्यक्तिलाई रेलले ठक्कर दिएको थियो । पटक-पटक हर्न बजाए पनि उक्त व्यक्तिले नसुनेको रेल्वे कर्मचारीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register