एनआरएनए यूके अध्यक्षमा चार जनाले दर्ता गरे उम्मेदवारी

लन्डन- एनआरएनए यूकेको भावी नेतृत्वका लागि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ । आइतबार बेलुका पाँच बजेसम्मको समयसीमाभित्र राजेन्द्र पुडासैनी, गोविन्द खरेल, काशीराम भण्डारी र मनिष खत्रीले उम्मेदवारी दर्ता गराएका हुन्। त्यसैगरि, दुई खुला उपाध्यक्षका लागि शम्भुप्रसाद अर्याल, डा. रक्षा थापा, तिलक भट्टराई, उज्ज्वल कार्की र ज्ञानेन्द्र आलेको उम्मेदवारी दर्ता भएको छ । महासचिव […]

Jul 13, 2025 - 21:34
 0
एनआरएनए यूके अध्यक्षमा चार जनाले दर्ता गरे उम्मेदवारी

एनआरएनए यूके अध्यक्ष पदका चार उम्मेदवार: वायाँबाट राजेन्द्र पुडासैनी, गोविन्द खरेल, काशीराम भण्डारी र मनिष खत्री

लन्डन- एनआरएनए यूकेको भावी नेतृत्वका लागि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ ।

आइतबार बेलुका पाँच बजेसम्मको समयसीमाभित्र राजेन्द्र पुडासैनी, गोविन्द खरेल, काशीराम भण्डारी र मनिष खत्रीले उम्मेदवारी दर्ता गराएका हुन्।

त्यसैगरि, दुई खुला उपाध्यक्षका लागि शम्भुप्रसाद अर्याल, डा. रक्षा थापा, तिलक भट्टराई, उज्ज्वल कार्की र ज्ञानेन्द्र आलेको उम्मेदवारी दर्ता भएको छ ।

महासचिव पदमा पूण्य रेग्मी र दिवाकर पाण्डेले उम्मेदवारी दिएका छन्।

अध्यक्षसहित उपाध्यक्ष, महासचिव लगायतका अधिकांश पदमा आवश्यक पदसंख्याभन्दा बढीको उम्मेदवारी परेको तथा केही पदहरुमात्रै निर्विरोध भएको निर्वाचन समिति स्रोतले जनाएको छ । निर्वाचन समितिले केहीबेरमै उम्मेदवारहरुको प्रथम नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

उम्मेदवारी फिर्ता लिने समय सोमबार साँझ ७ बजेसम्म छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register