उच्चस्तरीय समितिको वेबसाइटमा गएर सदस्य बन्न इटाली अध्यक्ष सिंहको अपिल

रोम- गैर आवासीय नेपाली संघ (एनआरएन) इटालीका अध्यक्ष भावेश सिंहले एकताको महाधिवेशन गराउन एनआरएनए उच्चस्तरीय समितिले खोलेको वेबसाइटमा गई ढुक्क भएर सदस्य बन्न सकिने जनाएका छन्। सर्वोच्च अदालतको पटक पटकको निर्देशन अवज्ञा गर्दै बद्री केसी पक्षले सदस्यता सूचना प्रणाली (एमआइएस) मा पहुँच नदिएपछि उच्चस्तरीय समितिले आफ्नै वेबसाइट (www.nrnahlc.com) खोलेर निशुल्क सदस्यता वितरण सुरु गरेको छ। […]

Mar 24, 2025 - 00:48
 0
उच्चस्तरीय समितिको वेबसाइटमा गएर सदस्य बन्न इटाली अध्यक्ष सिंहको अपिल


रोम- गैर आवासीय नेपाली संघ (एनआरएन) इटालीका अध्यक्ष भावेश सिंहले एकताको महाधिवेशन गराउन एनआरएनए उच्चस्तरीय समितिले खोलेको वेबसाइटमा गई ढुक्क भएर सदस्य बन्न सकिने जनाएका छन्।

सर्वोच्च अदालतको पटक पटकको निर्देशन अवज्ञा गर्दै बद्री केसी पक्षले सदस्यता सूचना प्रणाली (एमआइएस) मा पहुँच नदिएपछि उच्चस्तरीय समितिले आफ्नै वेबसाइट (www.nrnahlc.com) खोलेर निशुल्क सदस्यता वितरण सुरु गरेको छ।  

“अहिलेको एमआइएस प्रणालीमा फेस भेरिफिकेशन जस्ता प्रावधानहरु राखिएको थियो। तर उच्चस्तरीय समितिले बनाएको वेबसाइट एकदमै सुरक्षित छ र आफ्नो परिचय तथा विदेशमा कम्तीमा दुई वर्ष बसेको प्रमाण खुलेको दस्तावेज राखेर निवेदन दिन सकिन्छ,” इटालीको मिलान सहरमा डेटा वैज्ञानिकको रुपमा कार्यरत सिंहले भने।

“हामी एमआइएस प्रणालीमा आबद्ध छैनौं। त्यसैले एनआरएनए इटालीले इटालीमा रहनु भएका सबै एनआरएनहरुलाई उच्चस्तरीय समितिको वेबसाइटमा गएर  सदस्य बन्न वा आफ्नो सदस्यता नवीकरण गर्न आह्वान गरेका छौं,” सिंहले भने। 

उनले हाल उच्चस्तरीय समितिको वेबसाइटमा अपलोड गरिएको डेटा आगामी मे महिनामा महाधिवेशन सम्पन्न भएपछि सुरक्षित रुपमा एमआइएस प्रणालीमै ‘मर्ज’ गरिने पनि जनाए।

एनआरएनए उच्चस्तरीय समितिका सदस्य तथा एनसीसी समन्वय उपसमितिका संयोजक बिनोद कुँवरले पनि सबै एनसीसीहरुलाई उच्चस्तरीय समितिले बनाएको वेबसाइटमा गएर सदस्य बन्न वा सदस्यता नवीकरण गर्न सहजीकरण गरिदिन आग्रह गरेका छन्। “हाम्रो वेबसाइटमा अपलोड गरिएको सबै कागजातको गोपनीयताको जिम्मा हामी लिन्छौं। ती कागजातको विवरण कानून अनुसार गोप्य रहनेछन्,” उनले भने। 

उनले संसारभरिका सबै एनआरएनहरुलाई ढुक्क भएर ३१ मार्च २०२५ भित्र सदस्यता लिन तथा नवीकरण गर्न अपिल पनि गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register