राष्ट्रपतिले प्रमाणीकरण गरे बजेटसँग सम्बिन्धत तीनवटा विधेयक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसँग सम्बन्धित तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् । आर्थिक वर्ष २०८२–८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक सोमबार राष्ट्रपति पौडेलले प्रमाणीकरण […]

Jul 14, 2025 - 09:42
 0
राष्ट्रपतिले प्रमाणीकरण गरे बजेटसँग सम्बिन्धत तीनवटा विधेयक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसँग सम्बन्धित तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

आर्थिक वर्ष २०८२–८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक सोमबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालय जनाएको छ ।

यी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब कानुनका रूपमा कार्यान्वयन हुनेछन् । अर्थमन्त्री विष्णु पौडेलले गएको जेठ १५ गते संसद्‌मा बजेट प्रस्तुत गरेका थिए । बजेट कार्यान्वयनका लागि आवश्यक पर्ने ती विधेयकहरू संसद्ले पारित गरी राष्ट्रपतिसमक्ष पठाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register