५० रुपैयाँ दरका ४२ करोड नोट छाप्दै नेपाल राष्ट्र बैंक, छपाईका लागि बोलपत्र आह्वान 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँ ५० दरका ४२० मिलियन अर्थात ४२ करोड नोट छपाइ आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ । केन्द्रिय बैंकले आज सार्वजनिक सूचना प्रकाशन गर्दै ती नोट सुरक्षित तवरले छाप्नका लागि अन्तराष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो ।  बोलपत्र सिंगल स्टेज टू इन्भेलोप प्रणालीबाट हुनेछ । प्राविधिक प्रस्ताव र मूल्य […]

Jul 25, 2025 - 07:40
 0
५० रुपैयाँ दरका ४२ करोड नोट छाप्दै नेपाल राष्ट्र बैंक, छपाईका लागि बोलपत्र आह्वान 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँ ५० दरका ४२० मिलियन अर्थात ४२ करोड नोट छपाइ आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ । केन्द्रिय बैंकले आज सार्वजनिक सूचना प्रकाशन गर्दै ती नोट सुरक्षित तवरले छाप्नका लागि अन्तराष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो । 

बोलपत्र सिंगल स्टेज टू इन्भेलोप प्रणालीबाट हुनेछ । प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव पेश गर्न भनिएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले यस कार्यको लागि आवश्यक बजेट विनियोजन गरिसकेको जनाएको छ ।  

राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार बोलपत्रको मूल्य नेपाली रुपैयाँमा २० हजार रहेको छ भने अन्य विदेशी मुद्राहरूमा यूएस डलर १४६, यूरो १२६ र पाउण्ड १०९ निर्धारण गरिएको छ । बोलपत्र दस्ताबेज खरिद गर्ने कम्पनीले उक्त रकम राष्ट्र बैंकको थापाथली खातामा जम्मा गर्नुपर्ने छ । बोलपत्र बुझाउने अन्तिम मिति २०८२ भदौ २३ गतेलाई तोकिएको छ । 

बोलपत्र कम्तीमा १२० दिनसम्म मान्य रहनेछ र न्यूनतम ४ करोड रुपैयाँको बैंक जमानतपत्र पनि संलग्न गर्नुपर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले कुनै पनि वा सम्पूर्ण बोलपत्र रद्ध गर्ने अधिकार सुरक्षित राखेको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register