नागपोखरीमा नागको पूजा (तस्वीरहरू)

काठमाडौं । आज श्रावण शुक्लपञ्चमी अर्थात् नागपञ्चमी । वैदिक सनातन परम्पराअनुसार आज घर–घरमा नागको पूजा गर्दै यो पर्व श्रद्धापूर्वक मनाइँदै छ । नाग पञ्चमीमा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागको पूजा गर्ने चलन छ । आजको दिन ब्राह्मण पुरोहितमार्फत पूजापाठ गरी नागको चित्र घरको मूलढोकामा टाँस्ने परम्परा पुरातनकालदेखि चलिआएको […]

Jul 29, 2025 - 05:42
 0
नागपोखरीमा नागको पूजा (तस्वीरहरू)

काठमाडौं । आज श्रावण शुक्लपञ्चमी अर्थात् नागपञ्चमी । वैदिक सनातन परम्पराअनुसार आज घर–घरमा नागको पूजा गर्दै यो पर्व श्रद्धापूर्वक मनाइँदै छ ।

नाग पञ्चमीमा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागको पूजा गर्ने चलन छ । आजको दिन ब्राह्मण पुरोहितमार्फत पूजापाठ गरी नागको चित्र घरको मूलढोकामा टाँस्ने परम्परा पुरातनकालदेखि चलिआएको छ ।

घरमा नाग टाँसेपछि खेतबारी जोत्न, खन्न वा सर्प–नाग प्रजातिका जीवलाई मार्न हुँदैन भन्ने धार्मिक मान्यता रहिआएको छ । नागको पूजा गरेमा घरमा सर्प, बिच्छी आदिको त्रास हट्ने र अग्नि, चट्याङ तथा प्राकृतिक प्रकोपबाट जोगिने धार्मिक विश्वास छ ।

भक्तपुरको नागपोखरीमा पनि नाग पूजा गरिएको छ ।

हेरौं तस्वीरहरू –

 

 

     

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register