कम्बोडिया पठाउने भन्दै १० लाख ठग्ने व्यक्ति पक्राउ

काठमाडौँ । कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाउने भन्दै १० लाख ठगी गर्ने ३४ वर्षीय बुद्धि बहादुर तामाङ पक्राउ परेका हुन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १० बाट पक्राउ गरेको हो । प्रहरीका […]

Jul 29, 2025 - 07:17
 0
कम्बोडिया पठाउने भन्दै १० लाख ठग्ने व्यक्ति पक्राउ

काठमाडौँ । कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाउने भन्दै १० लाख ठगी गर्ने ३४ वर्षीय बुद्धि बहादुर तामाङ पक्राउ परेका हुन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १० बाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले १ जनाबाट उक्त रकम ठगी गरेका थिए । आकर्षक तलबको प्रलोभनमा  पारी पीडितबाट रकम ठगी गरेर उनी सम्पर्कविहीन भएका थिए ।

हाल तामाङलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register