बालेनले भने- ‘अमेरिका अल्छिहरुको देश हो’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अमेरिकालाई अल्छिहरुको देश भनेका छन् । सामाजिक सञ्जाल फेसबुकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेन्सन गर्दै मेयर शाहले अमेरिका अल्छिहरुको देश भएको बताएका हुन् । उनले अमेरिका आफैँ देश बनाउन नसक्ने र उसलाई बाँकी देशका जनशक्ति आवश्यक हुने बताएका छन् । साथै मेयर शाहले डिभी लट्रीलाई पनि बन्द […]

Feb 21, 2025 - 02:44
 0
बालेनले भने- ‘अमेरिका अल्छिहरुको देश हो’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अमेरिकालाई अल्छिहरुको देश भनेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेन्सन गर्दै मेयर शाहले अमेरिका अल्छिहरुको देश भएको बताएका हुन् ।

उनले अमेरिका आफैँ देश बनाउन नसक्ने र उसलाई बाँकी देशका जनशक्ति आवश्यक हुने बताएका छन् । साथै मेयर शाहले डिभी लट्रीलाई पनि बन्द गर्न र नेपालका ‘रत्न’हरुलाई फिर्ता गर्न माग गरेका छन् ।

त्यस्तै, मेयर शाहले जनशक्ति विदेशिएकै कारण नेपाल गरिब भएको भन्दै अमेरिका भन्दा नेपाल राम्रो छ भन्ने स्मरण गराइदिएकोमा ट्रम्पलाई धन्यवाद दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register