महिलालाई सिम्रिक साकोसको अचार बनाउने तालिम

झापा, २३ फागुन । झापाको बाह्रदशी गाउँपालिका –५ मा महिलालाई अचार बनाउने तालिम सञ्चालन गरिएको छ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा क्रृण सहकारी संस्थाको आयोजनामा महिलालाई दुई दिने अचार बनाउने तालिम प्रदान गरिएको हो । महिला सदस्यलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले अचार बनाउने तालिम सञ्चालन गरिएको संस्थाका कार्यकारी [...] The post महिलालाई सिम्रिक साकोसको अचार बनाउने तालिम appeared first on Jhapa Online.

Mar 7, 2025 - 08:01
 0
महिलालाई सिम्रिक साकोसको अचार बनाउने तालिम

झापा, २३ फागुन । झापाको बाह्रदशी गाउँपालिका –५ मा महिलालाई अचार बनाउने तालिम सञ्चालन गरिएको छ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा क्रृण सहकारी संस्थाको आयोजनामा महिलालाई दुई दिने अचार बनाउने तालिम प्रदान गरिएको हो ।

महिला सदस्यलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले अचार बनाउने तालिम सञ्चालन गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।

बाह्दशी गाउँपालिका वडा नं। ५ स्थित बुधबारे बजारमा गोलधाप सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यहरुलाई वडाध्यक्ष बिर बहादुर सिंह राजवंशीको प्रमुख आतिथ्यतामा २ दिवसीय अचार निर्माण तालिम कार्यक्रम सम्पन्न गरिएको संस्थाका कोषाध्यक्ष तथा शिक्षा उप समिति संयोजक मेहरमान विष्टले जानकारी दिए ।

प्रमुख अतिथि राजवंशीले आगामी दिनमा सिम्रिक साकोस संग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । तालिममा कागती, आँप ,अमला, लसुन ,मुला ,गोलभेडा लगायतको अचार बनाउन सिकाइएको छ । सहभागिलाई सुनिता बजगाईं र हृदय कुमारी संग्रौलाले अचार निर्माण तालिम प्रदान गरेका हुन् ।

सहकारीका अध्यक्ष सुवास भट्टराईले आमा दिदी बहिनीहरुले आफ्नै घरमा बसेर पनि खाली समयमा अचार बनाएर आफुलाई घर खर्च चलाउन सहयोग पुग्ने विश्वास ब्यक्त गरे । तालिमबाट सिकेको सीपलाई फुर्सदको समयमा अचार बनाएर बेच्न सदस्यलाई संस्थाका शिक्षा उप समिति सदस्य बद्री प्याकुरेलले आग्रह गरेका छन् ।

तालिममा सीप सिकेपछि पेशा तथा व्यवसाय सञ्चालन गरेर उद्यमी बन्न चाहनेलाई संस्थाले नीति नियम अनुरुप सहयोग गर्ने बिभागिय प्रमुख मिनबहादुर अधिकारीले बताए । उत्पादन गरेका अचारको बजारीकरण तथा व्यवस्थापनका लागि आफूहरुले भूमिका खेल्ने संस्थाले जनाएको छ । तालिम समापन कार्यक्रममा संस्थाका कोषाध्यक्ष विष्ट, बिभागिय प्रमुख मिनबहादुर अधिकारी, बिभागिय अधिकृत विजय बस्नेत, आइटि बिभाग अधिकृत विजय पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।

The post महिलालाई सिम्रिक साकोसको अचार बनाउने तालिम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register