संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल गर्न बन्यो उपसमिति

May 19, 2023 - 08:19
 0
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल गर्न बन्यो उपसमिति
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल गर्न बन्यो उपसमिति

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल गर्न संसद्को न्याय तथा मानवअधिकार समितिले उपसमिति बनाएको छ।२१ दिनको समय दिएर छलफल गर्न उपसमिति बनाएको नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले जानकारी दिए।

उपसमिति ११ सदस्यीय छ। एमालेबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र सचेतक महेश बर्तौला, कांग्रेसबाट प्रमुख सचेतक रेमश लेखक र जीवन परियार, माओवादी केन्द्रबाट पूर्णबहादुर घर्ती, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्तोष परियार उपसमितिमा सदस्य छन्।

त्यस्तै जसपाबाट रञ्जुकुमारी झा, राप्रपाबाट ध्रुवबहादुर प्रधान, जनमतबाट गोमा लाभ सापकोटा र नेकपा (एकीकृत समाजवादी) बाट शेरबहादुर कुँवर सदस्य छन्।संक्रमणकालीन न्यायसम्बन्धी  ऐनलाई संशोधन गर्न बनेको विधेयक सरकारले गत २५ फागुनमा संसद दर्ता गरेका थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1