राजनीतिक आस्थाका आधारमा नेवा: समुदाय विभाजित हुन नहुनेमा जोड

 ललितपुर । ललितपुर क्षेत्र नं २ (२) का प्रदेश सांसद् रामकृष्ण चित्रकारले राजनीतिक आस्थाका आधारमा नेवा: समुदाय विभाजित हुन नहुनेमा जोड दिएका छन् । नेवा: पत्रकार राष्ट्रिय दबूँ ललितपुर शाखाको १० औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै सांसद् चित्रकारले सो कुरामा जोड दिए । ‘नेवा: समुदाय आफ्नो भाषा, संस्कृति, हक अधिकारको लागि एकताबद्ध भएर लाग्नुपर्दछ । […]

Feb 26, 2025 - 11:33
 0
राजनीतिक आस्थाका आधारमा नेवा: समुदाय विभाजित हुन नहुनेमा जोड

 ललितपुर ।

ललितपुर क्षेत्र नं २ (२) का प्रदेश सांसद् रामकृष्ण चित्रकारले राजनीतिक आस्थाका आधारमा नेवा: समुदाय विभाजित हुन नहुनेमा जोड दिएका छन् ।

नेवा: पत्रकार राष्ट्रिय दबूँ ललितपुर शाखाको १० औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै सांसद् चित्रकारले सो कुरामा जोड दिए । ‘नेवा: समुदाय आफ्नो भाषा, संस्कृति, हक अधिकारको लागि एकताबद्ध भएर लाग्नुपर्दछ । दलीय आबद्धताका आधारमा विभाजित हुने हो भने साझा लक्ष्य हासिक गर्न सकिन्न। ’ पूर्व उद्योग वाणिज्य भूमी तथा सामान्य प्रशासन मन्त्री समेत रहेका सांसद् चित्रकारले भने  ‘ राजनीतिक आस्था भनेको निर्वाचनको बेला आफूलाई मन पर्ने व्यक्ति वाद लाई मत दिने हो।आ–आफ्नो आस्थाका आधारमा मत हाल्ने स्वतन्त्रता सबैमा छ । तर यसैको आधारमा विभाजित भने हुनुहुँदैन।’

वाग्मती प्रदेशसभाले नेपाल भाषा र तामाङ भाषालाई कामकाजी बनाउन सबै सांसद्हरु मिलेर लागेको स्मरण गर्दै उनले यसलाई उदाहरणका रुपमा लिएर समुदायको हितमा काम गर्नुपर्नेमा जोड दिए।

सो अवसरमा नेवा: पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले समावेशी र मातृभाषा पत्रकारिताको विकासका लागि पत्रकार राष्ट्रिय दबूले निर्वाह गर्दे आएको भूमिकामा केन्द्रित गर्दै आफ्नो भनाई राखे ।

पत्रकार दबूँ ललितपुर शाखाका अध्यक्ष मञ्जु बज्राचार्यको सभापतिमा सो कार्यक्रम भएको थियो। सो अवसरमा मिसे नेवाःका विजयीहरुलाई पनि सम्मान गरिएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register