राष्ट्रपति पौडेलको शरीरमा पेस मेकर राखियो

Jun 20, 2023 - 10:14
 0
राष्ट्रपति पौडेलको शरीरमा पेस मेकर राखियो
राष्ट्रपति पौडेलको शरीरमा पेस मेकर राखियो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको शरीरमा स्थायी पेस मेकर राखिएको छ । उहाँलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल बेलाबखतमा कम हुने देखिएपछि विशेषज्ञको राय परामर्शमा पेस मेकर राखिएको हो ।

 त्रिभुवन विश्वविद्यालय चिकित्सक शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज राष्ट्रपति पौडेलको शरीरमा सफलतापूर्वक पेस मेकर राखिएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेल यही असार २ गतेदेखि अस्पतालमा उपचाररत हुनुहुन्छ । हाल उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.