ज्यामिरेका किसनहरुलाई उन्नत जातको बिउ बोका वितरण 

ओखलढुंगा ।  ओखलढुंगाको सिद्धिचरण नगरपालिका ९ का बाख्रा पालक कृषकहरुलाई उन्नत जातको बिउ बोका वितरण गरिएको छ । सिद्धिचरण नगरपालिका, साहस नेपाल र किसानहरुको साझेदारीमा सिद्धिचरण नगरपालिका ९ का ७ वटा कृषक समूहलार्ई सोरही जातको बिउ बोका वितरण गरिएको हो ।  नगरपालिकाले बाख्रा ब्यवसाय प्रबर्दनका लागि  चितवनबाट उन्नत जातको बिउ बोका खरिद गरेर कृषि समुहमा […]

May 6, 2025 - 13:22
 0
 ज्यामिरेका किसनहरुलाई उन्नत जातको बिउ बोका वितरण 

ओखलढुंगा । 

ओखलढुंगाको सिद्धिचरण नगरपालिका ९ का बाख्रा पालक कृषकहरुलाई उन्नत जातको बिउ बोका वितरण गरिएको छ । सिद्धिचरण नगरपालिका, साहस नेपाल र किसानहरुको साझेदारीमा सिद्धिचरण नगरपालिका ९ का ७ वटा कृषक समूहलार्ई सोरही जातको बिउ बोका वितरण गरिएको हो । 

नगरपालिकाले बाख्रा ब्यवसाय प्रबर्दनका लागि  चितवनबाट उन्नत जातको बिउ बोका खरिद गरेर कृषि समुहमा वितरण गरिएको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताएका छन् । नगरबासीहरुको जिविकोपार्जनकालागी कृषकहरुको माग बमोजिम आगामी आर्थिक बर्षहरुमा नगरपालिकाको अन्य वडाहरुमा पनि उन्नत जातको बिउ बोकाहरु वितरण गरिने मेयर खनालको भनाई रहेको छ ।

 ब्यवसायिक रुपमा बाख्रा पालन गर्ने किसानहरुलाई प्राथमिकतामा राखेर किसान छनौट गरी  वितरण गरिएको सिद्धिचरण नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गुणराज खड्काले बताएका छन् । बिउ बोका वितरण पश्चात् बाख्रा पालक किसानहरुको आयआर्जनमा वृद्धि हुने अध्यक्ष खड्काको भनाई रहेको छ । बाख्रा प्रजनन्कालागि  एउटा बाख्रामा बोका लगाए बापत प्रति बाख्रा एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको उनको भनाई रहेको छ । 

बिउ बोका प्रति के. जी १४ सय रुपैयाँमा खरिद गरिएको सिद्धिचरण नगरपालिकाका पशु पंक्षी सेवा शाखा प्रमुख हिरा ठटालले बताएका छन्  । उनका अनुसार सिद्धिचरण नगरपालिकाको २ लाख, साहस नेपालको १ लाख ५५ हजार र कृषकहरुको ७५ हजार गरी ४ लाख ३० हजारमा ७ वटा बिउ बोका खरिद गरी  कृषकहरुलाई वितरण गरिएको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register