क्षेत्री समाज यूकेको वार्षिक भेटघाट जुलाईमा, युवा पुस्तालाई विशेष जोड

लन्डन । क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट आगामी जुलाई १२ तारिख शनिबार तय भएको छ । अल्डरसटस्थित एम्पायर हलमा हुने उक्त वार्षिक भेटघाट कार्यक्रम बिहान ११ देखि राति १० बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रम सफल पार्न कार्यसमितिका सदस्यहरुलाई विभिन्न जिम्मेवारी तोकिएको छ । कार्यक्रममा नेपाली कला, संस्कृति र परम्परा झल्किने खालका विभिन्न प्रस्तुति र डिजे […]

May 21, 2025 - 10:31
 0
क्षेत्री समाज यूकेको वार्षिक भेटघाट जुलाईमा, युवा पुस्तालाई विशेष जोड

लन्डन । क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट आगामी जुलाई १२ तारिख शनिबार तय भएको छ । अल्डरसटस्थित एम्पायर हलमा हुने उक्त वार्षिक भेटघाट कार्यक्रम बिहान ११ देखि राति १० बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रम सफल पार्न कार्यसमितिका सदस्यहरुलाई विभिन्न जिम्मेवारी तोकिएको छ ।

कार्यक्रममा नेपाली कला, संस्कृति र परम्परा झल्किने खालका विभिन्न प्रस्तुति र डिजे हेम विष्टका साथ सांगीतिक मनोरन्जन प्रदान गरिने समाजले जनाएको छ ।

उक्त दिन सम्पूर्ण बेलायतवासी क्षेत्री बन्धुहरुलाई उपस्थित भइ आफ्नो धर्म संस्कृति र परम्परा जगेर्नाका लागि जुट्न समाजले आग्रह गरेको छ ।

उक्त वार्षिक भेटघाट कार्यक्रम केवल क्षेत्रीहरुको मात्र नभएर सम्पूर्ण बेलायतवासी नेपालीको साझा कार्यक्रम भएको समाजका अध्यक्ष टेक जीसीले बताए । जहाँ रहेपनि आफ्नो मौलिक परम्परा र संस्कृति नै नेपाली पहिचान भएकाले यसको जगेर्ना गर्नु सबैको जिम्मेवारी रहेको भन्दै उनले सबैको साथ सहयोग अपरिहार्य रहेको बताए ।

विदेशी भूमिमा आफ्नो धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले सन् २००७ मा स्थापित क्षेत्री समाज यूकेले बेलायतमा रहेका क्षेत्रीहरुको संयोजकत्वमा हरेक वर्ष वार्षिक भेटघाट कार्यक्रम गर्दै आएको छ । ‘जातको लागि होइन, साथको लागि हामी’ भन्ने नारा बोकेर अघि बढेको समाज विभिन्न सामाजिक सेवामा पनि आवद्ध छ ।

यो एक गैर–राजनीतिक, सामाजिक र सांस्कृतिक संस्था भएकाले यसले सांस्कृतिक कार्यक्रम, समाज सेवा, युवा संलग्नता र नेपाली ऐतिहासिक धरोहरलाई प्रवद्र्धन गर्दै विभिन्न कार्यक्रम गर्दै आएको छ। यसले समुदायभित्र आपसी सम्बन्ध मजबुत बनाउन र भावनात्मक सम्बन्धको विकास गर्न पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register