​​​​​​​पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान

Jun 21, 2023 - 03:32
 0
​​​​​​​पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान
​​​​​​​पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान

काठमाडौँ । चीनको राष्ट्रिय जनकङ्ग्रेसको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज स्वदेश फर्किनुभएको छ ।

नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुभएका अध्यक्ष तिमिल्सिना १० दिने भ्रमण पुरा गरी स्वदेश फर्किनुभएको हो ।

अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको सिचुवान प्रान्तको छेन्दुबाट चार्टड विमानमार्फत आज बिहान ९ः२५ बजे पोखरा विमानस्थलमा आइपुग्नुभएको हो । 

पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडानका यात्रुका रूपमा आइपुग्नुभएका अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डल र उडानमा सवार यात्रुहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखरा विमानस्थलमा स्वागत गर्नुभएको छ ।  

साथै, चार्टड गरिएको सो विमानमा चीनबाट नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलमा सहभागी हुने खेलाडीहरू आएका छन् । पोखराको फेवातालमा असार ८ र ९ गते (२३–२४ जुन २०२३) मा फेस्टिभल हुँदै छ । 

चीनको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलायन्सले पहिलो उडान गरेको हो । 

अध्यक्ष तिमिल्सिना र चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीका बिचमा भएको भेटवार्ताका क्रममा सिधा उडानको विषय उठान भएपछि चीनले उडानको तयारी थालेको हो । 

अध्यक्ष तिमिल्सिनाले काठमाडौँसहित पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा समेत चीनका विभिन्न सहरबाट सिधा उडान गर्न आग्रह गर्नुभएको छ । 

अध्यक्ष तिमिल्सनाले भ्रमणका क्रममा बेइजिङमा चीनको राष्ट्रिय जन काँग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गर्नुभएको थियो भने तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका पार्टी महासचिव वाङ चेङजुङ र सांघाईमा चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले शिष्टाचार भेट गर्नुभएको थियो ।

सबै भेटमा नाकामा सहजीकरण, सिधा उडान, भौतिक पूर्वाधार निर्माणसहित द्विपक्षीय सहयोग र सहकार्यका विभिन्न पक्षमा छलफल भएको थियो। 

यसैगरी अध्यक्ष तिमिल्सिनाले  तिब्बतमा जुन १६ र १७ मा आयोजना भएको पाँचौँ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नुभएको थियो। 

भ्रमणको क्रममा प्रतिनिधिमण्डलले बेइजिङमा बाइदु ग्रुप, स्टेट ग्रिड कर्पोरेसन, संघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई योजना प्रदर्शनी केन्द्र मानसरोवर लगायतका स्थलहरूको अवलोकन भ्रमणसमेत गरेको उहाँको सचिवालयले जानकारी दिएको छ ।

चीन भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सदस्यहरू जीवन परियार, धवल शमशेर जङ्गबहादुर राणा,  प्रदीप यादव तथा  राष्ट्रियसभाका सदस्यहरू उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एवम् अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र सङ्घीय संसद् सचिवालयका उपसचिव रामहरि थापा सहभागी हुनुहुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.