च्याम्पियन्स ट्रफी विजेता टोलीलाई भारतले ५८ करोडको पुरस्कार दिने

नयाँदिल्ली । भारतलेआइसिसी च्याम्पियन्स ट्रफी विजेता टोलीलाई ५८ करोड भारतीय रूपैयाँ पुरस्कार दिने भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसीआइ) ले ५८ करोड भारतीय रुपैयाँ पुरस्कार घोषणा गरे पछि क्रिकेट जगतमा खुसीयाली छाएको छ ।   रोहित शर्माको नेतृत्वमा भारतले अपराजित रहँदै च्याम्पियन बनेको थियो । फाइनलमा भने भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेर उपाधी जीतेको […]

Mar 20, 2025 - 10:32
 0
च्याम्पियन्स ट्रफी विजेता टोलीलाई भारतले ५८ करोडको पुरस्कार दिने

नयाँदिल्ली ।

भारतलेआइसिसी च्याम्पियन्स ट्रफी विजेता टोलीलाई ५८ करोड भारतीय रूपैयाँ पुरस्कार दिने भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसीआइ) ले ५८ करोड भारतीय रुपैयाँ पुरस्कार घोषणा गरे पछि क्रिकेट जगतमा खुसीयाली छाएको छ । 

 रोहित शर्माको नेतृत्वमा भारतले अपराजित रहँदै च्याम्पियन बनेको थियो । फाइनलमा भने भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेर उपाधी जीतेको थियो ।

 बिसिसीआइका अध्यक्ष रोजर बिन्नीले लगातार २ वटा आइसिसी उपाधि जित्नु भारतीय क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै र खेलाडी र सहयोगी टिमको मेहनतको सम्मानमा नगर पुरस्कार प्रदान गरिने निर्णय भएको जनाए ।

 भारतले सन् २०२४ मा आइसिसी ट्वान्टी–२० विश्वकप पनि जितेको थियो ।


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register