भारतमा २४ विमानस्थलमा उडान निलम्बन

मुम्बई, २६वैशाख। भारतले आणविक–सशस्त्र प्रतिद्वन्द्वी पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडानहरू स्थगित गरेको छ । भारतले बुधबार ‘आतङ्कवादी शिविरहरू’ लाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरेपछि र दशकौँमा यी दुई छिमेकीबिच सबैभन्दा खराब झडपहरू भड्किएपछि मुख्यतया पाकिस्तानमा झण्डै ५० जनाको मृत्यु भएको छ । बिहीबार राति भारतीय सरकारले २४ विमानस्थलको सूची जारी गरेको [...] The post भारतमा २४ विमानस्थलमा उडान निलम्बन appeared first on Jhapa Online.

May 9, 2025 - 09:20
 0
भारतमा २४ विमानस्थलमा उडान निलम्बन

मुम्बई, २६वैशाख। भारतले आणविक–सशस्त्र प्रतिद्वन्द्वी पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडानहरू स्थगित गरेको छ ।

भारतले बुधबार ‘आतङ्कवादी शिविरहरू’ लाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरेपछि र दशकौँमा यी दुई छिमेकीबिच सबैभन्दा खराब झडपहरू भड्किएपछि मुख्यतया पाकिस्तानमा झण्डै ५० जनाको मृत्यु भएको छ ।

बिहीबार राति भारतीय सरकारले २४ विमानस्थलको सूची जारी गरेको छ । त्यहाँ नागरिक उडानहरू बन्द गरिएका छन् । ती विमानस्थल पाकिस्तानसँगको पश्चिमी सीमा नजिकका जोधपुर, लुधियाना र अमृतसर जस्ता सहरहरूमा रहेका छन् ।

एयर इन्डिया, इन्डिगो र स्पाइसजेट जस्ता भारतका केही ठूला एयरलाइन्सले बुधबारदेखि एक सयभन्दा बढी उडान रद्द गरिसकेका छन् । स्थानीय मिडियाले नागरिक उडानको निलम्बन शनिबार बिहान हटाइने सम्भावना रहेको रिपोर्ट गरेका छन् ।

भारतीय एयरलाइन्सहरूले अन्य विमानस्थलहरूबाट उड्ने यात्रुहरूलाई सुरक्षा उपायहरू बढाउने सरकारी सूचना उल्लेख गर्दै प्रस्थानभन्दा कम्तीमा तीन घण्टा अगाडि आइपुग्न अनुरोध गर्दै सल्लाह जारी गरेका छन् ।

बुधवारको आक्रमणहरू नयाँदिल्लीले विवादित काश्मीरको भारत प्रशासित भागमा पर्यटकहरूमाथि भएको आक्रमणलाई समर्थन गरेको आरोप इस्लामाबादमाथि लगाएको दुई हप्तापछि आएको हो । उक्त आरोपलाई पाकिस्तानले अस्वीकार गरेको छ ।

त्यसयता मुख्य प्रतिद्वन्द्वीहरूले काश्मीरमा आफ्नो विवादित सीमा पार गरेर ड्रोन र क्षेप्यास्त्रहरूका साथै तोप चलाएका छन् । हिंसाले छिमेकीहरू बीच व्यापक सङ्घर्षको डर बढाएको छ ।रासस

The post भारतमा २४ विमानस्थलमा उडान निलम्बन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register