शोभराजलाई रिहा गर्ने कि जेलमा राख्ने ?

भारतीय र भियतनामी पितृत्वका फ्रान्सेली नागरिक शोभराजलाई नक्कली राहदानी प्रयोग गरेर नेपाल प्रवेश गरेको र सन् १९७५ मा दुई ब्याकप्याकर, अमेरिकी नागरिक २९ वर्षीया कोनी जो बोरोन्जिच र उनकी २६ वर्षीया प्रेमिका क्यानेडियन लरेन्ट क्यारियरको हत्या गरेको अभियोग लगाइएको थियो।

Dec 24, 2021 - 12:58
Dec 24, 2021 - 12:58
 0
शोभराजलाई रिहा गर्ने कि जेलमा राख्ने ?

सर्वोच्च अदालतले हत्या मुद्दामा जन्मकैदको सजाय भोगिरहेका कुख्यात सिरियल किलर चार्ल्स शोभराजलाई १८ वर्ष जेल जीवन बिताए पनि किन रिहा गर्न नहुने भन्दै सरकारलाई कारण देखाउ नोटिस जारी गरेको छ ।

अनिलकुमार सिन्हाको अध्यक्षतामा रहेको सर्वोच्च अदालतको एकल इजलासले ७७ वर्षीय शोभराजलाई वृद्धावस्थाका आधारमा रिहा गर्न उनका वकिलले गरेको अपिलको जवाफ दिँदै कारण देखाउ नोटिस जारी गरेको हो ।

भारतीय र भियतनामी पितृत्वका फ्रान्सेली नागरिक शोभराजलाई नक्कली राहदानी प्रयोग गरेर नेपाल प्रवेश गरेको र सन् १९७५ मा दुई ब्याकप्याकर, अमेरिकी नागरिक २९ वर्षीया कोनी जो बोरोन्जिच र उनकी २६ वर्षीया प्रेमिका क्यानेडियन लरेन्ट क्यारियरको हत्या गरेको अभियोग लगाइएको थियो।

यो समाचारमा तपाईको विचार के छ ? कमेन्ट गर्नु होला।

  1.  रिहा गरिनुपर्छ ।
  2. पूर्ण जेल सजाय पूरा गर्नुपर्छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal