जुत्ता, चप्पल र औषधिमा एमआरपी राख्न निर्देशन, सात दिनभित्र नराखे कारवाही गरिने !

काठमाडौँ । सरकारले जुत्ता, चप्पल र औषधिमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता, चप्पल र औषधिमा अनिवार्य एमआरपी राख्न निर्देशन दिएको हो ।  विभागले जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ नेपाललाई एक सताभित्र एमआरपी राख्न निर्देशन […]

Apr 23, 2025 - 11:03
 0
जुत्ता, चप्पल र औषधिमा एमआरपी राख्न निर्देशन, सात दिनभित्र नराखे कारवाही गरिने !

काठमाडौँ । सरकारले जुत्ता, चप्पल र औषधिमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता, चप्पल र औषधिमा अनिवार्य एमआरपी राख्न निर्देशन दिएको हो । 

विभागले जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ नेपाललाई एक सताभित्र एमआरपी राख्न निर्देशन दिएको छ । 

विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार यी दुई संघसँग भएको छलफलपछि उत्पादनमा एमआरपीसहितको लेबल राख्ने सहमति भएको हो । योसँगै अब जुत्ता, चप्पल र औषधिमा बैशाख ९ गतेको मितिबाट सात दिनभित्र अनिवार्य एमआरपी सहितको लेबल राख्नुपर्नेछ । 

एमआरपी राख्न दिइएको उक्त निर्देशन अटेर गरे कारवाही गरिने विभागले चेतावनीसमेत दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register