एनसीसीमा जुटौं, आइसीसीमा मिलौंः रुबिना

लन्डन । गैरआवासीय नेपाली संघ, बेल्जियमकी महासचिव रुबिना शर्माले संघ अहिले आफ्नै अन्तर्विरोध, व्यक्तिगत स्वार्थ र राजनीतिक हस्तक्षेपले दिशा गुमाउने अवस्थामा पुगेको टिप्पणी गरेकी छन् । एनआरएनएमा तीव्र ध्रुवीकरण भइरहेका बेला शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका निर्णयहरूपछि संघमा अझै गहिरिएको विभाजन र सुशासनको अभावले सबै गैर आवासीय नेपालीलाई सोच्न बाध्य बनाएको उल्लेख […]

Apr 23, 2025 - 19:50
 0
एनसीसीमा जुटौं, आइसीसीमा मिलौंः रुबिना

लन्डन । गैरआवासीय नेपाली संघ, बेल्जियमकी महासचिव रुबिना शर्माले संघ अहिले आफ्नै अन्तर्विरोध, व्यक्तिगत स्वार्थ र राजनीतिक हस्तक्षेपले दिशा गुमाउने अवस्थामा पुगेको टिप्पणी गरेकी छन् ।

एनआरएनएमा तीव्र ध्रुवीकरण भइरहेका बेला शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका निर्णयहरूपछि संघमा अझै गहिरिएको विभाजन र सुशासनको अभावले सबै गैर आवासीय नेपालीलाई सोच्न बाध्य बनाएको उल्लेख गरेकी छन् ।

”एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने भावनालाई अझ उजागर गर्नुपर्ने समयमा, हाम्रो पहिचान र भावी पुस्ताकालागि नागरिकताको निरन्तरतासँग जोडिएका जिम्मेवारीहरू भने ओझेलमा परिरहेका छन्’, उनले भनेकी छन्, ‘गैरआवासीय नेपाली संघलाई पुस्तान्तरणको बाटोमा लैजानु, विधान र परम्परालाई जोगाउनु, र सबै एनसीसीहरूको महाधिवेशन सम्पन्न गर्न दिनु आजको आवश्यकता हो। पहिले हाम्रा सबै एनसीसीहरूमा एकताका साथ महाधिवेशन सम्पन्न गरौं। त्यसपछि फेरि एउटै मन, एउटै भावना लिएर आइसीसीमा एकीकृत महाधिवेशन गरौं ।’

हेरौं उनको भनाइ जस्ताको तस्तैः

विश्वभर छरिएर रहेका हामी आफू बसेको मुलुकमा पहिचान बनाइरहेका छौं । अध्ययन, उद्यमशीलता, प्रविधि, र समाजसेवामा प्रेरणादायी उदाहरण प्रस्तुत गरिरहेका छौं। तर हामीले आफूभित्र पनि हेर्नुपर्छ के हामी एकअर्कासँग जोडिएका छौं ? के हामी हाम्रो जरा, हाम्रो संस्कृति र हाम्रो मातृभूमिसँग अझै आत्मीय सम्बन्धमा छौं ?

गैरआवासीय नेपाली समुदायको साझा संस्था गौरवमय दुई दशक हामीलाई एउटै छातामुनि ल्याउने प्रयासमा लागिरहेको थियो, आज आफ्नै अन्तर्विरोध, व्यक्तिगत स्वार्थ, र राजनीतिक हस्तक्षेपले दिशा गुमाउने अवस्थामा पुगेको छ।

“एक पटकको नेपाली सधैंको नेपाली” भन्ने भावनालाई अझ उजागर गर्नुपर्ने समयमा, हाम्रो पहिचान र भावी पुस्ताकालागि नागरिकताको निरन्तरतासँग जोडिएका जिम्मेवारीहरू भने ओझेलमा परिरहेका छन्।

सर्वोच्च अदालतका निर्णयहरूपछि अझै गहिरिएको विभाजन र सुशासनको अभावले हामी सबैलाई सोच्न वाध्य बनाएको छ।

अब निष्क्रिय बस्ने समय होइन। दुई दशकको हाम्रो लगानी खेर जान नदिन मिलेर उठ्ने, भावनात्मक रूपमा एकीकृत हुने, र भावी पुस्तालाई नेपालसँग जोड्ने समय हो।

गैरआवासीय नेपाली संघलाई पुस्तान्तरणको बाटोमा लैजानु, विधान र परम्परालाई जोगाउनु, र सबै एनसीसीहरूको महाधिवेशन सम्पन्न गर्न दिनु आजको आवश्यकता हो । पहिले हाम्रा सबै एनसीसीहरुमा एकताका साथ महाधिवेशन सम्पन्न गरौं। त्यसपछि फेरि एउटै मन, एउटै भावना लिएर आइसीसीमा एकीकृत महाधिवेशन गरौं।

संघको आधार अब विभाजन होइन, विधि र भावनामा आधारित एकता हुनुपर्छ। हामी अब संघमा फुट्ने होइन, जुट्नुपर्छ। गुनासो होइन, समाधानमुखी ऊर्जा देखाउनुपर्छ।

एनसीसीमा जुटौं, आइसीसीमा मिलौं, र विश्वभर छरिएर रहेका नेपालीहरूलाई फेरि एउटै सूत्रमा बाँधौं। संस्थामा पुस्तान्तरणको बाटो खोलौं।

भवदीय
रुबिना शर्मा
महासचिव
गैरआवासीय नेपाली संघ, बेल्जियम
२३/०४/२०२५

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register