चीनले भुटानसहित अन्य छिमेकीको भूभाग हडप्दै, विवादित क्षेत्रमा गाउँ निर्माण गरिरहेको दाबी

भुटानले आफ्नो हिस्साको डोक्लाम, चरिताङ, सिन्चुलाङ्पा, द्रम्ना, शाख्तो र सक्तेङ क्षेत्रको २६९ वर्ग किलोमिटर चीनलाई दिएमा चीनले आफ्नो दाबी गरिएको क्षेत्रको ४९५ वर्ग किलोमिटर दिने प्रस्ताव चीनले सन् १९९० देखि भुटानलाई दिँदै आएको छ । भुटानलाई ठूलो आर्थिक सहयोग गर्ने दाबी पनि गरेको छ । तर, भुटानले यो प्याकेज सम्झौतालाई अस्वीकार गरेको छ ।

Dec 12, 2021 - 09:48
 0

प्रतिवेदनमा दाबी : चीनले भुटानसहित अन्य छिमेकीको भूभाग हडप्दै, विवादित क्षेत्रमा गाउँ निर्माण गरिरहेको छ ।
अरुणाचल प्रदेशको सिमानामा यस्ता धेरै गाउँहरू स्थापना भइरहेका छन्। परराष्ट्र नीति प्रतिवेदनका अनुसार चीनले नियमित रूपमा टीएआरमा नयाँ गाउँहरू स्थापना गरिरहेको छ।

डोक्लाममा सन् २०१७ मा भएको द्वन्द्वपछि चीनले भुटानलगायत आफ्ना अन्य छिमेकी मुलुकको भूभाग कब्जा गर्न जारी राखेको छ ।विदेश नीतिको एक प्रतिवेदनमा यस्तो दाबी गरिएको हो ।
दक्षिण एसियामा भारतको प्रगतिलाई रोक्न चीनको ध्यान तिब्बत, नेपाल र भुटानको सिमानामा केन्द्रित छ ।

विशेष गरी तिब्बतसँगको सीमावर्ती क्षेत्रका स्वतन्त्र स्याटेलाइट तस्बिरहरूले चीनले भविष्यमा आफ्नो दाबीलाई बलियो बनाउन भारत र भुटानसँगको सिमानामा रहेको विवादित क्षेत्रमा चतुराईका साथ गाउँहरू निर्माण गरिरहेको प्रमाणित गर्छ।

हालै चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वु यिङ्जीले भुटानको अन्तर्राष्ट्रिय सिमानाभित्र पर्ने एउटा यस्तो गाउँ ग्यालफुगको भ्रमण गरेका थिए। यस गाउँले १९८०  देखि चीनले दाबी गरेको २३२ वर्ग माइल क्षेत्र ओगटेको छ, जबकि यो अन्तर्राष्ट्रिय रूपमा उत्तरी भुटानको हन्से जिल्लाको हिस्सा हो।

भुटानले आफ्नो हिस्साको डोक्लाम, चरिताङ, सिन्चुलाङ्पा, द्रम्ना, शाख्तो र सक्तेङ क्षेत्रको २६९ वर्ग किलोमिटर चीनलाई दिएमा चीनले आफ्नो दाबी गरिएको क्षेत्रको ४९५ वर्ग किलोमिटर दिने प्रस्ताव चीनले सन् १९९० देखि भुटानलाई दिँदै आएको छ । भुटानलाई ठूलो आर्थिक सहयोग गर्ने दाबी पनि गरेको छ । तर, भुटानले यो प्याकेज सम्झौतालाई अस्वीकार गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register