वैदिक सनातन धर्ममा ऋषि परम्परा: एक शैवको दृष्टिकोण

 वैदिक कालदेखि नै गुरुकुल परम्परा मार्पत नै ज्ञानको उत्पादन हुन्थ्यो । ऋग्वेदले शिक्षा र पढाउने तरिका हामीहरूलाई देखाइदिएको छ । तपस भनेको ध्यान दिएर अध्ययन गर्ने हो । ऋग्वेदमा सप्त ऋषिहरूले तपस्या गरेको उल्लेख छ । त्यहाँ भनिएको छ कि तपसले तल्लो स्तरको मानिस पनि माथिल्लो स्तरमा पुग्छ अर्थात् शिक्षित व्यक्ति अशिक्षित भन्दा माथि नै हुन्छ (ऋग्वेद, १०ः१०९.४) । त्यस्तै तपसलाई स्वर्ग पाए जस्तो हो भनिएको छ ।

Jan 26, 2022 - 10:12
Jan 26, 2022 - 10:12
 0
वैदिक सनातन धर्ममा ऋषि परम्परा: एक शैवको दृष्टिकोण

वैदिक सनातन धर्ममा ऋषि परम्परा ः एक शैवको दृष्टिकोण
पेशलकुमार निरौला, निलकुमार क्षेत्री


भूमिका
 ऋषि वा ऋषिमुनि भनेका वैदिक परम्परामा बुद्धिजीवी हुन् । ऋषि भन्ने शब्द ब्राह्मण वा विप्रसँग सम्बन्धित छ । किनकि ब्राह्मणको अर्थ हुन्छ जसले ज्ञान प्राप्त गरेको छ । संस्कृतमा विद भनेको ज्ञान हो । जसलाई ब्रह्म पनि भनिन्छ । ऋग्वेदमा उल्लेख छ कि जसले ब्रह्म प्राप्त गरेको छ उसले अनुयायी खोज्दछ । जस्तो सिल्पकारले चर्किएका सामानहरू खोज्दछ र चिकित्सकले रोगी खोज्दछ (ऋग्वेद, ९: ११२.१) । यस लेखमा ऋषि परम्परालाई बुझ्ने प्रयत्न गरिएको छ । यसको मुख्य तर्क के हो भने प्राचीन कालमा प्रवृत्ति मार्ग वा सांसारिक सञ्जाललाई त्यागेर निवृत्ति मार्ग वा सन्यास लिने ऋषिमुनिहरूले आफ्नो जीवन अनुसन्धान र ज्ञान प्रदान गर्नमा नै बिताउँथे । त्यस कारणले दर्शन वा सिद्धान्तको निर्माण हुन्थ्यो । गुरु शिष्य परम्परा नै ज्ञान परम्पराको मुख्य आधार थियो । कश्यप ऋषिले शिक्षकको पेशालाई यजति भनेका छन् । जसको अर्थ हुन्छ पढाउने काम भनेको यज्ञ गरे जस्तै हो (सिन्हा, सन् १९२३: ६–७) । तर मध्यकालतिर स्मृति पुराणोक्त धर्म वा वैष्णव सम्प्रदायको सामाजिक राजनैतिक आकारमा प्रभाव बढ्दै गएपछि ब्राह्मण भनेको पुरोहित वा पूजाआजा गर्ने मानिस मानियो । फलस्वरूप ऋषिहरूलाई साधारण जोगी वा सन्यासी मानियो । यसले ऋषि परम्परालाई ठूलो हानि ग¥यो । किनकि पुरोहितले अनुसन्धान वा गुरु कुलमा गएर पढाउँदैनन् । त्यसकारणले आज हाम्रो समाजमा कुनै प्राध्यापक वा बुद्धिजीवीलाई ब्राह्मण नमानेर घरघरमा गएर पूजाआजा गर्ने पुरोहितलाई ब्राह्मा मानिन्छ । यो नै वैदिक परम्पराको उल्लंघन हो ।
 यस लेखमा ऋषि परम्परालाई शैव सिद्धान्तको दृष्टिकोणले हेरिएको छ । जसले विरोधाभाषको विचार दिन्छ । कश्यप ऋषिका अनुसार विरोधाभाष भनेको एक ढाँचा वा कुनै वस्तुमा अन्तरनिहित हुन्छ । जहाँ कुनै वस्तु वा वर्गको अस्तित्व र पहिचान दुई अवस्थाहरूको सह अस्तित्वमा निर्भर हुन्छ । यी एक अर्काका विपरित हुन् तर तिनीहरू तनावमा एक अर्कामा निर्भर छन् (सिन्हा, सन् १९२३: ३१, २१४–२१८) । त्यसकारणले यहाँ वैष्णव सम्प्रदायका धर्मशास्त्र र पुराणहरूको प्रयोग गरिएको छैन । किनकि ती ग्रन्थहरूले ब्राह्मण भनेको जाति मान्छन् । जबकि वैदिक साहित्यमा ब्राह्मण भनेको बुद्धिजीवी हो । ऋषिमुनिहरू देवी मान्ने परम्पराको पृष्ठभूमिबाट बनेका देखिन्छन् । यो लेख वेदहरू, वृहदअरन्यक उपनिषद, शतपथ ब्राह्मण, पालि बौद्ध ग्रन्थ, मेगास्थेनिसको इण्डिका गोपालराज वंशावली र नेपालमा महात्म्यका आधारमा तयार पारिएको छ । साथसाथै विभिन्न विद्वान्हरूका पुस्तक र लेखहरू पनि समावेश गरिएको छ ।
मुख्य शब्दहरू ः ऋषि, मुनी, वैदिक परम्परा, भारद्वाज, ब्राह्मण ।


ऋषिमुनि र सप्त ऋषि
 ऋषि भन्ने शब्द ‘ऋष्’ बाट  आएको हो । जसको अर्थ हुन्छ जान वा सर्न (विलियम्स, सन् १८९९ ः २२६) । यसको अर्थ हुन्छ बग्नु वा बगेर नजिक सर्नु । बुद्धिजीवी सांसारिक सञ्जालबाट पर पुगेर ज्ञान प्राप्त गर्छ र ज्ञानको दान गर्छ । त्यसकारणले उनीहरूलाई ऋषि भनिएको हो । वैदिक सनातन धर्मको तीनवटा पक्ष हुन्छन् ः मन्त्र (दर्शन वा सिद्धान्त), तन्त्र (पुराण र कथा) र यन्त्र (होम, यज्ञ र पूजाआजा) । मनुष्य जीवनको सामाजिक, आर्थिक र राजनीतिक आयामहरूलाई बुझ्न मन्त्र चाहिन्छ । किनकि संसारको प्रतिबिम्ब मनमा परेपछि बल्ल मनले संसारको व्याख्या गर्छ । त्यस कारणले मनलाई सोचाइ र दर्शन चाहिन्छ । जसको कारणले गर्दा उनीहरूले कर्म गर्छन् । किनकि कर्मद्वारा नै मनुष्यले पदार्थको भोग र प्रयोग गर्छन् । त्यतिखेर मनुष्यहरू एक अर्काको सम्पर्कमा आएर समाज वा सांसारिक सञ्जाल बनाउँछन् । यस प्रक्रियामा चेतना वा ज्ञानको जन्म हुन्छ । जसले प्रयोजन र कर्मलाई प्रभावित पार्छ । यहाँबाट के बुझिन्छ भने संसार र ज्ञानको लेनदेनको सम्बन्ध हुन्छ । जहाँ उनीहरू एक अर्काबाट प्रभावित हुन्छन् । त्यस कारणले सामाजिक वातावरणमा मनुष्यहरूको सामाजिक अनुवंशको विकास हुन्छ । कौडिन्य ऋषिले पाशुपत सूत्रमा भन्छन् मनुष्यहरू कारण र प्रभावको पाशोले बाँधिएका हुन्छन् । किनकि तिनीहरू पशु वा सांसारिक प्राणी हुन् । उनीहरूले आफ्नो शरीर र पदार्थको अनुभूति गर्न सक्छन् । त्यस कारणले मनुष्यको सोचाइ र आवश्यकता आर्थिक अवस्थाले निर्धारित गर्छ (चक्रवर्ती, सन् १९७८ ः २०–२४) । समाज वा सांसारिक सञ्जालमा बसेपछि मनुष्यहरूको मनमा लोभ, क्रोध, मोह र ईष्र्याले जन्म लिन्छन् । ज्ञानिले मात्रै संसारलाई विश्लेषण वा व्याख्या गर्न सक्छन् । त्यस्ता व्यक्तिहरूले समाज त्यागेर ज्ञानको मार्ग वा निवृत्ति मार्ग अपनाउँछन् । उनीहरूले अनुसन्धान गर्ने र समाजमा ज्ञान बाँड्ने काम गर्छन् । त्यस्ता बुद्धिजीवीहरूलाई प्राचीन कालमा ऋषिमुनि भनिन्थ्यो । ऋग्वेदमा ऋषिनाम मन्त्र द्रष्टायो भवन्ति लेखिएको छ । जसको अर्थ हुन्छ ऋषिले सिद्धान्तको निर्माण र त्यसलाई बुझाउने एवं पढाउने काम गर्छन् (ऋग्वेद, ७ ः ३) । अमर कोशका अनुसार ऋषि भनेका इमानदार बुद्धिजीवी हुन् र ऋषि हुनका लागि यति, सन्यासी र मुनि हुनुपर्दछ । त्यहाँ महर्षि, ब्रह्म ऋषि र श्रुत ऋषिको उल्लेख छ । ब्रह्म ऋषिलाई श्रेष्ठ मानिएको छ (अमरकोश, २.७.४१–४२) । जुन विद्वान्ले नयाँ सिद्धान्त प्रतिपादन गर्छ त्यसलाई ब्रह्म ऋषि भनिन्थ्यो । कुनै सिद्धान्तको दृष्टिकोणबाट आफ्नो छनोट गरेको विषयमा अनुसन्धान गर्छ भने त्यो महर्षि हो । ऋषि भनेको कुनै विषयलाई व्याख्या र विश्लेषण गर्न सक्ने विद्वान् हो । यिनीहरूलाई मुनि पनि भन्छन् । यो चरण पार गरेपछि महर्षि बन्दछन् । ऋग्वेदमा उल्लेख छ इद नम ऋषिभ्यः पूर्वेभ्यः पूर्वेजेम्यः पथिकृदभ्यः ।। यसको अर्थ हुन्छ हामीले प्राचीन ऋषिहरूलाई नमस्कार गर्छौं । जसले सबैको मार्ग दर्शन गर्छन् (ऋग्वेद, १०ः१४.१५) । पालि बौद्ध ग्रन्थमा ऋषिलाई ईशी भनिएको छ । त्यस्तै गौतम बुद्धलाई महर्षि भनिएको छ । गौतम बुद्धले दशजना ऋषिहरूलाई मात्रै प्रामाणिक माने । तिनीहरूका नाम विनय पितकमा दिइएको छ । ती ऋषिहरूका नाम यसप्रकार छन् ः अगस्त्य, वामक, वामदेव, विश्वामित्र, जमदग्नी, अङ्गिरस, भारद्वाज, वशिष्ठ, कश्यप र भृगु (बोल्डेन वर्ग, सन् १९६४ ः २४५) । ऋग्वेदको केशी सुक्तमा ऋषिहरूलाई लामो कपाल पालेका जुन जटामा बाँधिएका हुन्छन् । पहिेंलो वस्त्र धारण गरेर उनीहरू रुद्रमा समर्पित छन् । तिनीहरू प्राकृतिक तत्व, देवता, पशु, ऋषिमुनि र सबै मुनष्यहरूका मित्र हुन् (ऋग्वेद, १०ः१३६) ।


 ऋषि मुनिहरूलाई सबैका साथी किन भनिएको छ भने उनीहरू सांसारिक सञ्जालका समस्याहरूमा फसेका हुँदैनन् । एउटा विद्वान् सांसारिक समस्याहरूमा फस्यो भने उसले अध्ययन र अनुसन्धान गर्न सक्दैन । जसको मन अशान्त हुन्छ त्यो लोभ, क्रोध, मोह र ईष्र्यामा फस्छ । जसले गर्दा सांसारिक समस्याहरूमा मनुष्य फस्छ । त्यस कारणले ऋषि मुनिहरूको मन शान्त हुन्छ र इच्छालाई नियन्त्रण गर्न सक्छन् । यसको दुईवटा तरिका छन् । कौडिन्य ऋषिका अनुसार मनलाई शान्त पार्ने पहिलो तरिका चाहिँ योग हो । जसमा प्राणायाम पर्दछ । दोस्रो तरिका भनेको सरल जीवन हो । ऋषि मुनिहरूका लागि भिक्षा मागेर खाने, खरानी दल्ने, शिवालयको वरिपरी बस्ने र महिला एवं उत्पादनमा व्यस्त भएका मनुष्यहरूसित संगत नगर्ने हो भनी नियम बनाइदिएका छन् (चक्रवर्ती, सन् १९७० ः २२–२४) । ऋषि मुनिहरू शान्त वातावरणमा बस्न मन पराउँथे । उनीहरू वन वा पहाडका गुफाहरूमा ध्यान गर्थे र अरू ऋषि मुनि वा आफ्ना विद्यार्थीको सम्पर्कमा हुन्थे । त्यसो हुँदा उनीहरू आफ्नो अध्ययन वा अनुसन्धानमा व्यस्त हुन्थे । मनुष्य समाजदेखि एक्लै भएर ध्यान गर्न थाल्यो भने नयाँ विचार वा सोच आउँछ भन्ने कुरालाई वैज्ञानिकहरूले पनि मान्छन् । निकोला टेस्ला (सन् १८५६–१९४३) बिसौँ शताब्दीका ठूलो अमेरिकन वैज्ञानिक थिए । उनले भन्छन् “एक्लै हुनुहोस् त्यो आविष्यकारको रहस्य हो, एक्लै हुनुहोस् जब विचारहरू जन्मिछन्” (टेस्ला, जततउक।।।त्रगयतभक। त्जभ ँबmयगक एभयउभि) । कौडिन्य ऋषिले भन्छन् अध्ययनकर्ताले वनमा कुटि बनाएर बस्नुपर्छ वा पहाडको गुफामा बस्नु पर्छ । उसले कम्तीमा पनि ६ महिनासम्म आपूmले छनोट गरेको विषयमा अध्ययन गर्नुपर्छ र सधै मन शान्त पार्न ध्यान गर्नुपर्छ । उसले भिक्षामा अन्न, नून र तरकारी लिनुपर्छ । भिक्षामा उसले रागाको मासु पनि लिन सक्छ । मन भ्रमित भए जस्तो महसुस भए रुद्र गायत्री वा देवी गायत्री जप गर्नुपर्छ । त्यसपछि बल्ल उसले अनुसन्धान गर्न सक्छ (चक्रवर्ती, सन् १९७० ः २६–२८) । अनुसन्धानमा ध्यानको अति महत्व हुन्छ । मन शान्त भएन भने कुनै विषयमा मन केन्द्रित हुनै सक्दैन । ध्यान गर्ने व्यक्तिले कसै सित झगडा गर्न जाँदैन । उसले कसैलाई लुट्ने वा चोर्ने काम गर्दैन । ऊ अरूलाई पीडा दिएर प्रसन्न हुँदैन । किनभने उसको मन शान्त हुन्छ र आफ्नो अध्ययन अनुसन्धानको विषयमा मन केन्द्रित गर्छ सक्छ ।


 ऋषि मुनिहरूको अध्ययन विधि कश्यप ऋषिको वैशेषिक सूत्रमा व्याख्या गरिएको छ । समस्या कथन विना कुनै विषयमा अध्ययनको सुरुवात हुनै सक्दैन । समस्या कथन लेख्ने प्रक्रिया हुन्छ । पहिलो चरणलाई सामान्य प्रत्यक्षात भन्छन् । जब आफ्नो विषयलाई बुझ्न खोज्दछ । त्यो बुझाई विद्वान्हरूको कीर्ति वा छलफलबाट बन्दछ । यसपछि दोस्रो चरणलाई विशेष प्रत्यक्षत भनिन्छ । यसले विषयका अवयवहरूलाई नियाल्छ र त्यसका विशेषताहरू हेर्छ । तेस्रो चरणलाई विशेषस्मृतेः भनिन्छ । यसको अर्थ हुन्छ विकल्पहरूको सोचाइ हो । यो भनेको आफ्नो विषयलाई कुन आकारमा लिएर जाने र कुन दृष्टिकोणले हेर्ने हो । कश्यप ऋषिले भन्छ कि समस्या कथन नै अध्ययनको सुरुवात हो (सिन्हा, सन् १९२३ ः ८२) । समस्या कथन भनेको विषयको सम्बन्धमा विविध र विरोधाभाषि रूपहरूको ज्ञान हो । यो अध्ययनमा एउटा दावीको रूपमा प्रयोग गरिन्छ । जुन अध्ययनद्वारा सम्बोधित समस्याको रूपरेखा तयार पार्दछ । यसले विषयमा अनुसन्धानको अन्तराललाई सम्बोधित गर्छ र अध्ययनलाई प्रोत्साहन गर्छ । साथै यसले मानक वा मानकमा विचलन जसले थप बुझाइ र अनुसन्धानको आवश्यकतालाई औँल्याउँछ (सिन्हा, सन् १९२३ ः ८३–८४) । समस्या कथन तथ्य तथ्याङ्कको आधारमा तयार पारिन्छ । कुनै तथ्य अनुमानको आधारमा सोचिन्छ । उदाहरणका लागि गाईको जस्तो सिंग देखेर यो गाईकै हुनुपर्छ भनेर अनुमान गरिन्छ (सिन्हा, सन् १९२३ ः ८४) । कश्यप ऋषिले शैव सिद्धान्तको दृष्टिकोणबाट भन्छन् जुन कुरा छैन त्यो भएको कुराको चिन्ह हो । जस्तो पानीको धारा पहाडमा छ भनेको त्यस्ता धारा मैदानी क्षेत्रमा छैनन् यसलाई यसरी बुझ्न सकिन्छ । कुनै चिज राम्रो छ भनेको अरू चिजहरू नराम्रा पनि छन् । कुनै ज्ञानि छ भने अरू अज्ञानि पनि छन् (सिन्हा, सन् १९२३ ः १०१–१०३) । यस्तै तर्क क्षमताबाट अस्तित्वको आभाष हुन्छ र तथ्यको कल्पना गर्न सकिन्छ । यहाँ कारण र प्रभावको अध्ययनमा महत्व बुझिन्छ । प्रभावमा अस्तित्व रहेको कारणमा अस्तित्व रहेकाले आउँछ । जस्तो माटो भनेको कारण हो भने भने घैँटो भनेको प्रभाव हो (सिन्हा, सन् १९२३ ः १३४–१३५) । यदि कुनै विद्वान्ले अन्तज्र्ञान र अभिव्यक्तिको आधारमा तर्क गर्छ भने त्यो तथ्याङ्कलाई आस्विकार गरेको हो (सिन्हा, सन् १९२३ ः १३५) । कुनै विषयको अनुभूति सन्दर्भ सामग्रीको तथ्य र तथ्याङ्कबाट हुन्छ । जस्तो वस्तुको रूप विशेष हेरेर त्यसको अस्तित्वको अनुभूति हुन्छ (सिन्हा, सन् १९२३ ः १३८–१३९) । जहाँ तथ्याङ्क हुँदैन त्यहाँ अवलोकन र अन्तर्वातौको माध्यमबाट तथ्य र तथ्याङ्क पत्ता लगाउँछ । जस्तो गुरुत्वाकर्षण र कुनै चिजको संख्यालाई अवलोकनद्वारा पत्ता लगाउन सकिन्छ । समाजमा भएको गतिविधि पनि अवलोकनद्वारा नै पत्ता लगाउन सकिन्छ । जुन विरोधाभाषको दृष्टिकोणले हेर्नु पर्छ (सिन्हा, सन् १९२३ ः १४०–१४१) । कश्यप ऋषिका अनुसार संख्या, परिमाण, पृथकता, संयोजन र विच्छेद प्राथमिकता र उत्तराधिकार र कर्म यी सबैलाई मनुष्यले हेरेर वा सुनेर सोचेर अनुभूति गर्न सक्छन् । किनकि रूप भएका पदार्थको यिनीहरूको संयोजन हुन्छ । यहाँ मूल विचार चाहि एकताको छ । जुन विपरित पक्षहरूमा हुन्छ । यो प्रकृतिमा नै हुन्छ । यसले वर्गहरूको बिचमा द्वन्द्व ल्याउँछ । जुन सापेक्ष बुझाइको फल हो । कश्यप ऋषिका अनुसार सापेक्ष बुझाइ भनेको विपरित पक्षहरूको तनावको आभाष हो । विपरितको एकता भनेको कुनै वस्तु वा आकारको अस्तित्व वा पहिचान दुई अवस्थाहरूको सह अस्तित्वमा निर्भर हुन्छ । जुन एक अर्काका विपरित छन् तर पनि एक अर्कामा निर्भर छन् र तनावको क्षेत्रमा एक अर्कालाई अनुमान गर्छन् (सिन्हा, सन् १९२३ ः १४१–१४२) । उनका अनुसार व्यक्तिहरू कुनै वर्गका सदस्य हुन् । मनले व्यक्तिहरूको बारेमा सोच्दछ भने वर्गहरूको गुण र अस्तित्व पनि मनले सोच्न सक्छ । जुन द्वन्द्वमा एकीकृत छन् (सिन्हा, सन् १९२३ ः १४१–१४२) । यो नै शैव सिद्धान्तको मूल विचार हो । जसका अनुसार विपरित पक्षहरूमा संघर्ष हुन्छ र ती पक्षहरूमा गुणस्तरीय परिवर्तन आउँछ । कश्यप ऋषिको सिद्धान्तले हामीलाई संसारमा विरोधाभाष हुन्छ र मनले पदार्थको व्याख्या गर्छ । यसै गरी विपरित पक्ष भनेका कारण र प्रभाव, सुख र दुःख, दिन र रात, जीवन र मृत्यु, धनी र गरिब हुन् । विपरित पक्षहरू विकासको क्रममा द्वन्द्वमा एकीकृत हुन्छन् जस्तो दुईवटा सेना एक आपसमा लड्छन् भने उनीहरूको एकता हो । उनीहरूमा गुणस्तरीय परिवर्तन आउँछ र फेरि द्वन्द्वमा एकीकृत हुन्छन् । एकता भनेको सापेक्ष हुन्छ र संघर्ष भनेको चलिरहन्छ । यदि त्यसो नहुँदा संसारको विकास नै रोकिन्छ । किनकि संसार विरोधाभाषको सिद्धान्त अनुसार नै चलायमान छ । गति भनेको विरोधाभाष हो र त्यो नै विरोधाभाषहरूको एकता हो । वस्तु निष्ठता भनेको कुनै विश्वव्यापी इकाइ होइन । किनकि संसार र सोचाइमा नै विरोधाभाष हुन्छ (सिन्हा, सन् १९२३ ः १४३) । कश्यप ऋषिका अनुसार दुईवटा विपरित लिङ्गमा संभोग भएपछि बल्ल जरायुज र अण्डज जन्मिन्छन् । पशु र मनुष्य जरायुज हुन् । चराचुरुङ्गि र सर्पहरू अण्डज हुन् (सिन्हा, सन् १९२३ ः १४५–१४६) । यो विरोधाभाषको राम्रो उदाहरण हो ।
 वैशेषिक सूत्रमा उल्लेख भए अनुसार मनुष्यहरू जब पदार्थको भोग र प्रयोग गर्न कर्म गर्छन्, त्यतिखेर सांसारिक सञ्जाल बन्छ । किनकि मनुष्यहरू एक अर्काको सम्पर्कमा आउँछन् । त्यस सञ्जालमा मनुष्यहरू वर्गमा विभाजित हुन्छन् र हरेक वर्गको आफ्नो गुण हुन्छ । त्यसकारणले वर्गहरूमा स्वार्थहरूको टक्कर भएपछि तनाव हुन्छ र द्वन्द्व हुन्छ । व्यक्तिको कर्म र चरित्र उसको वर्ग अनुसार हुन्छ (सिन्हा, सन् १९२३ ः १९३–१९९) । सांसारिक सञ्जाल वा समाजको शोषण प्रकृति हुन्छ, किनकि वर्गहरूमा विरोधाभाष हुन्छ र उनीहरूमा भेदभाव हुन्छ । जस्तो साहु र मजदुरमा भेदभाव हुन्छ (सिन्हा, सन् १९२३ ः २०३) । यसै कारणले गर्दा कर्म हुन्छ जसलाई द्वन्द्व भनिन्छ (सिन्हा, सन् १९२३ ः २०४–२०९) । त्यस्तो द्वन्द्वले पदार्थको भोग र प्रयोगको प्रणालीमा परिवर्तन ल्याउँछ जसलाई आर्थिक गतिविधि भनिन्छ । त्यसैमा परिवर्तन आएपछि सांसारिक सञ्जाल वा समाजमा पनि परिवर्तन आउँछ । किनकि नयाँ आर्थिक आकारले नयाँ प्रकारको सांसारिक सञ्जाल माग्दछ । जुन मनुश्यहरूको सम्बन्धको सञ्जाल हो (सिन्हा, सन् १९२३ ः २१६–२२५) । उदाहरणका लागि सन् १९९० को जनआन्दोलन, माओवादी सशस्त्र द्वन्द्व, दोस्रो जनआन्दोलन र मधेश आन्दोलनहरूले नेपालको सांसारिक सञ्जाल नै परिवर्तन गरिदिएको छ । आजभन्दा तीस वर्ष पुरानो समाज अहिले छैन । किनकि अहिलेको आर्थिक आकार भनेको प्रेषण अर्थव्यवस्था र आयातमुखी बजार हो । त्यहि अनुसार अहिलेको समाज बन्दैछ । यहाँबाट के बुझिन्छ भने अर्थतन्त्रमा परिवर्तन आयो भने मात्र समाजमा परिवर्तन आउँछ । किनकि संयोजन, द्वन्द्व र विच्छेद भनेका वर्गहरूको गुणबाट आउँछ (सिन्हा, सन् १९२३ ः २३४) ।
 कश्यप ऋषिका अनुसार बुद्धि वा ज्ञान भनेको प्रस्तुतीकरण र निरूपणमा विभाजित हुन्छ । प्रस्तुतीकरण भनेको आफ्नो विषयको आकार बनाउनु हो भने निरूपण भनेको कीर्तिको उत्पादन हो । जस्तो लेख वा पुस्तक । यस प्रक्रियामा भाषाले मध्यस्थता गर्छ । त्यसकारण आपूmले भनेको वा गरेको तर्कमा शब्दहरू छनोट गरेर प्रयोग गर्नुपर्छ । त्यसले मात्र तर्कको सही अर्थ दिन सक्छ । प्रस्तुतीकरणको दुईवटा पक्ष हुन्छ ः अनुभूति र अनुमान । अनुभूति भनेको विद्वान्हरूका कृति, छलफल र अवलोकनबाट आउँछ भने अनुमान भनेको वा तथ्य र तथ्याङ्कबाट आउँछ । यी मिलेर बल्ल तर्क आउँछ । समाजमा रहेका संकथनहरूलाई लौकिक स्रोत भनिन्छ । जब कि अध्ययनकर्ताले तथ्य र तथ्याङ्कको आधारमा सोचेकालाई अनुमान भनिन्छ । यी दुईवटाबाट परम वा साँचोज्ञान आउँछ र कृतिको उत्पादन हुन्छ (सिन्हा, सन् १९२३ ः २५६–२५७) । पदार्थ नै ज्ञानको कारण हो । किनभने पदार्थको प्रतिबिम्ब मनमा परेपछि मात्रै मनले पदार्थको व्याख्या गर्न सक्छ । त्यसकारणले तथ्य र तथ्याङ्क आवश्यक छन् (सिन्हा, सन् १९२३ ः २५१) जुन समाजमा आर्थिक गतिविधि उच्च हुन्छ, त्यहाँ धेरै श्रम हुन्छ, जसबाट ज्ञान र कौशलता आउँछ । अर्थतन्त्र बलियो हुँदा मनुश्यहरू विवेकवादी हुन्छन् । जबकि मनुश्य फुर्सदिला भएर खाली समयमा भने उनीहरू आदर्शवादी हुन्छन्, जसले गर्दा उनीहरूको अध्ययन आध्यात्मिक हुन्छ र विवेकवादी हुँदैन ((सिन्हा, सन् १९२३ ः २५१–२५४) । उदाहरणका लागि विवेकवादीले बुझेको हुन्छ कि पानीको गाग्री र कपडाको अनुभूति हुने क्रम चाहिँ ती पदार्थहरूको कारणको अनुक्रमबाट आउँछ । यसको कारण के हो भने ती पदार्थहरूको कारण एक समान हुँदैनन् र ज्ञानहरूमा कारण र प्रभावको सम्बन्ध हुनको कारणले पदार्थहरूको अनुभूति आउँदैन । यसको अर्थ के हो भने कल्पना र तथ्य तथ्याङ्क विनाको अनुमानले गरेको तर्क गलत हो (सिन्हा, सन् १९२३ ः २५५–२५७) । यहाँबाट के बुझिन्छ भने कश्यप ऋषिले अध्ययन अनुसन्धानमा समस्या कथन, तथ्य र तथ्याङ्कलाई मात्रै प्राथमिकता दिन्छन् । तथ्य र तथ्याङ्कबाट प्रमाण आउँछ र कीर्तिको उत्पादन हुन्छ (सिन्हा, सन् १९२३ ः २५६–२५७) । विवेकवादी विद्वान् मात्रै योगी वा ऋषि हुन्छ । किनकि उसले बुझ्छ कि कर्म, ज्ञान र कौशलताको धारणा पदार्थसित संयोजन भएपछि मात्रै उत्पन्न हुन्छ (सिन्हा, सन् १९२३ ः २७५–२७६) । किनकि पदार्थ र ज्ञानको लेनदेनको सम्बन्ध हुन्छ । यदि ज्ञान पदार्थबाट आउँछ भने ज्ञान वा विचारले पदार्थ वा अर्थतन्त्रलाई प्रभावित गर्न सक्छ । कर्म चाहिँ प्रयोजन अनुसार हुन्छ । प्रयोजन नै विचारबाट बन्दछ ।
 कश्यप ऋषिका अनुसार विवेकवादीको तर्कबाट नै कारण र प्रभावको सम्बन्ध बुझ्न सकिन्छ । संसारको प्रकृति र गुण यस्तै ज्ञानको उत्पादन र प्रसारमा कारण र प्रभावको सिद्धान्त लागु हुन्छ । यसले संसारको विकास र प्रगतिको राम्रो बुझाइ दिन्छ । मनुश्यहरूको अनुभवबाट नै ज्ञान आउँछ र त्यो तर्कबाट परिष्कृत हुन्छ । यसमा तथ्य तथ्याङ्कको मूल भूमिका हुन्छ । अनुमान चाहिँ तथ्य र तथ्याङ्कबाट आउनाले त्यो दुई प्रकारको हुन्छ ः तार्किक र अलंकारिक । तार्किक भनेको आपैmले अध्ययन अनुसन्धान गरेको आधारमा दिइएको अनुमान हो भने अलंकारिक भनेको आपैm विद्वान्ले खोजेको तथ्य र तथ्याङ्कको आधारमा गरिने अनुमान हो । अलंकारिक अनुमानमा विद्वान्को आफ्नो मौलिकता हुँदैन । किनकि अर्काले तथ्य र तथ्याङ्क खोज्दा चयनात्मक हुन्छ । उसले आफ्नो इच्छा अनुसार केलाई तथ्य वा तथ्याङ्क मान्ने हो भनी निर्णय गरेको हुन्छ । त्यस कारणले मौलिक अध्ययन भनेको पक्षपाति नभई तथ्य र तथ्याङ्क खोज्ने हो (सिन्हा, सन् १९२३ ः २८१) । कश्यप ऋषिले लेख वा पुस्तक रचना गर्ने तरिका दिएका छन् । उनका अनुसार अनुसन्धान कार्यको पाँचवटा अंगहरू हुन्छन् ः प्रतिज्ञा, हेतु वा अपदेश, उदाहरण, उपनया र निगमन । प्रतिज्ञा भने विषयको भूमिका हो त्यसमा विषयलाई परिचय गराउने र त्यसको उच्चारण हुन्छ । त्यसपछि हेतु वा अपदेश आउँछ त्यहाँ तर्क दिएर विषयलाई प्रमाणित गराउने हो । उदाहरणमा विषयको दृष्टान्त लेख्ने हो । उपनयामा अनुसन्धानका विश्लेषक तर्कहरू हुन्छन् । निगमन भनेको निष्कर्ष हो । कश्यप ऋषिले यस्तो उदाहरण दिन्छन् । ध्वनि भनेको अजम्बरी होइन । यो प्रतिज्ञा भयो, किनकि ध्वनि प्रभाव हो । यो चाहिँ हेतु भयो, जुन प्रभाव वा उत्पादित हुन्छ त्यो अजम्बरी हुँदैन । यो उदाहरण हो ध्वनिको प्रभावकारिता वा उत्पादकता हुनाले त्यो अजम्बरी होइन । यो उपनया हो । ध्वनि भनेको अजम्बरी होइन, यो निगमन वा निष्कर्ष भयो (सिन्हा, सन् १९२३ ः २८१–२८२) ।


 कश्यप ऋषिले अध्ययनको सन्दर्भमा सिद्धान्त प्रयोग गरेर आफ्नै तथ्य र तथ्याङ्कको आधारमा तर्क दिनेलाई जाल्पा भन्छन् । अरू विद्वान्हरूको तर्क काट्न र आलोचना गर्नेलाई वितान्द भन्छन् । अरूको तथ्य र तथ्याङ्क प्रयोग गरेर उनीहरूकै तर्क काट्नेलाई छल भन्छन् । त्यस्तै काम नलाग्ने तर्कलाई जाति भन्छन् । जस्तो कुनै विद्वान्को कीर्ति पढेर उसको नाम नदिइकन उसैको तर्क दिने त्यो कीर्ति चोर हो । त्यस्तो तर्कलाई जाति भन्छन् (सिन्हा, सन् १९२३ ः २८२) । कश्यप ऋषिले यस्तो सिद्धान्त र अध्ययनको तरिका भिक्षाकै आधारमा पालिएर बनाएका थिए । ऋषि मुनिहरू भिक्षाकै आधारमा पालिन्थे र अध्ययन अनुसन्धानमा नै जीवन बिताउँथे । इसापूर्व चौथो शताब्दीका ग्रिक विद्वान् मेगस्थनिजले ब्राह्मणहरूका बारेमा राम्रो जानकारी दिएका छन् । उनले ग्रिक भाषामा ब्राह्माण्डलाई ब्रेचम्यानेश भनेका छन् भने ऋषि मुनि वा ब्राह्मणहरूलाई स्राम्यानेस भनेका छन् । साधारण विद्यार्थी र शिक्षकलाई ब्राह्मण भन्थे । त्यस्ता शिक्षकहरू गृहस्थ जीवनमा बस्दथे भने ब्राह्मण दार्शनिकहरूलाई श्रामण भन्थे । उनीहरू पहाडका गुफा वा वनका कुटिमा बस्दथे । यिनीहरू दुई प्रकारका हुन्थे ः पहिलो प्रकारका श्रामणहरूले डायोनिसोस (शिव) लाई मान्दथे भने दोस्रो प्रकारकारले हेराक्लेस (कृष्ण) लाई मान्दथे । शिवलाई मान्ने श्रामणहरू धेरै जसो पहाडमा बस्दथे भने कृष्णलाई मान्ने श्रामणहरू मैदानी क्षेत्रमा बस्दथे (म्याकक्रिण्डल, सन् १८७७ ः ९७) । मेगेस्थनिजका अनुसार शैव ऋषिहरूको ठूलो सम्मान हुन्थ्यो र उनीहरूलाई भेट्न र सल्लाह लिन राजाहरू पनि जान्थे । यस्ता ऋषिहरूमा चिकित्सक पनि हुन्थे । महिलाहरू पनि शैव ऋषिका हुन्थे तर त्यस्ता महिलाहरूले विवाह गर्दैनथे (म्याकक्रिडल, सन् १८७७ ः १०१–१०३) । मेगेस्थनिजको कीर्ति हेर्दा प्राचीन कालमा शिक्षक, विद्यार्थी र ऋषि मुनिहरू मात्रै ब्राह्मण हुन्थे ।


 ऋषि मुनिहरू पहाडी क्षेत्रमा हुनु भनेको स्वाभाविक नै हो । किनकि ऋग्वेद सरसर्ती हेर्दा पनि ऋषि मुनिहरूलाई पहाडमा बस्ने भनिएको छ । त्यस्तै ऋग्वेदमा भोजपत्रको रूख बारम्बार देखिन्छ । त्यो रूख हिमाली क्षेत्र अफगानिस्तान र युरोपमा मात्रै भेटिन्छ । ऋषि मुनिहरू हिमाली क्षेत्रमा बसेका कारणले भोजपत्र रूखको प्रसङ्ग ऋग्वेदमा आएको हो । चौधौँ शताब्दीमा लेखिएको गोपालराज वंशावली अनुसार काठमाडौँ उपत्यकामा गौतम ऋषि र अरू ऋषि मुनिहरू बस्न आए । किनकि त्यहाँ श्री भृगेश्वर भट्टारकको उदय भएको थियो । भृगेश्वर भट्टारक भनेको शिवजीको नाम हो । त्यो ठाउँ चाहिँ स्लेषमान्तक वन थियो । जहाँ शिवजी घुम्थे । त्यस कारणले त्यहाँ गोपालहरू पनि आए । नेप भन्ने गोपालको बहुरी भन्ने एउटा खैरो रङको गाई थियो । जुन वागमती नदीको किनारमा गएर एउटा प्वालमा दुध झाथ्र्यो । नेपले त्यो देखेर त्यस प्वालमा खन्न थाल्यो । त्यसपछि त्यहाँ शिव लिङ्ग भेटियो (वज्राचार्य र मल्ल, सन् १९८५ ः १२१) । यस वंशावलीका अनुसार आठजना गोपाल राजाहरू थिए । जसमा भूमि गुप्त पहिलो र जिन गुप्त अन्तिम राजा थिए । तिनीहरूले ५०५ वर्ष ३ महिना शासन गरे । त्यसपछि महिषपाल राजाहरूले शासन गरे । तिनीहरू ३ जना राजा थिए । तिनीहरूले २१० वर्ष २ महिना शासन गरे । त्यसपछि किरातहरूले जिते (वज्राचार्य र मल्ल, सन् १९८५ ः १२१) । तर किरातहरूको मुन्धुम अनुसार गोपालहरूले आठ पुस्तासम्म शासन गरेका थिए र अन्तिम राजा भुवन सिंहलाई यलम्बा भन्ने पूर्व यलुङका राजाले जिते । गोपालहरूको राजधानी टिस्टुङमा थियो । यिनीहरूको राज्य पश्चिममा त्रिशुली, पूर्वमा तामाकोशी, दक्षिणमा चित्लाङ र उत्तरमा हिमरेखासम्म थियो (चेमजोङ, सन् २००३ ः ५–६) । चौधौँ शताब्दीमा लेखिएको गोपालराज वंशावलीमा महेशपाललाई पनि थपिएको छ तर किरातहरूको मुन्धुममा भुवन सिंह भन्ने गोपाल नै थिए । यसको अर्थ के हुन्छ भने ती गाई चराउने गोपाल र भैँसी पाल्ने महिषपाल आभिरहरू नै थिए । सुदर्शनराज तिवारीले पनि यी गोपाल र महिषपाल एउटै थिए भनेका छन् र वंशावली लेख्ने लेखकहरूले गल्तिले यी दुईवटा अलग अलग भनेर लेखे (तिवारी, सन् २००१ ः २७–२९) । तर पनि गोपालराज वंशावलीमा गोपालहरूका बारे थोरै उल्लेख गरे पनि गोपालकै नाम राखेर वंशावली लेखिएको छ । यसको अर्थ के हुन्छ भने आभिरहरूले यहाँको सभ्यता बन्न धेरै योगदान गरेका थिए । उदाहरणका लागि धर्म, राज्य व्यवस्था र अर्थतन्त्रमा उनीहरूको योगदान पाइन्छ । जुन किरात कालमा गएर नेपाल देश निर्माण गर्न ठूलो सहयोग भयो ।


 गोपालहरूलाई इतिहासमा हेर्दा आभिर पनि भनिएको छ । उनीहरू प्राचीनकालका एउटा कविला थिए । महाभारतको सभा पर्वमा यिनीहरू सिन्धु नदी र सरस्वती नदीको किनारामा बस्ने भनिएको छ (सूर्यवंशी, सन् १९६२ ः हष्ष्ष्) । त्यस सभापर्वको श्लोकमा आभिरहरू पहाड तर्पm गएको कुरा उल्लेख छ (सूर्यवंशी, सन् १९६२ ः २) । यसैगरी सन् पहिलो शताब्दीको एरिथ्रेन सागरको पेरिप्लस भन्ने प्रसिद्ध ग्रिक पुस्तक र दोस्रो शताब्दीका ग्रिक विद्वान् टोलेमीका अनुसार आभिरहरूको देश उत्तर पूर्व सिन्ध र दक्षिण पश्चिम राजस्थान थियो (सूर्यवंशी, सन् १९६२ ः ७–८) । यिनीहरूले आभिरको देशलाई अबेरिया भनेका छन् । इण्डियन इतिहासमा हेर्दा यिनीहरूलाई गोपा वा गोपाल भनी उल्लेख गरिएको छ । पतञ्जलीको महाभाष्यमा आभिरहरूलाई गोबालीवर्धन भनिएको छ । तिनीहरूले ठूलो संख्यामा गाई पाल्दथे (सूर्यवंशी, सन् १९६२ ः १५, २०) । त्यस्तै मनुस्मृतिमा आभिरहरूलाई ब्राह्मण पुत्र भनी उल्लेख गरिएको छ (सूर्यवंशी, सन् १९६२ ः २३) । प्राचीनकालमा कविलाहरूको समाज हुन्थ्यो । त्यस्तै आभिर कविलाले ब्राह्मणको उपाधि पाएको अर्थ के हुन्छ भने उनीहरूमा ऋषि मुनि र शिक्षकहरू धेरै थिए । यहाँबाट के बुझिन्छ भने प्राचीनकालदेखि नै नेपालको पहाडी क्षेत्रमा ऋषि मुनिहरूले वास गर्दथे । स्कन्ध पुराणको नेपाल महात्म्यमा विश्वामित्र ऋषिले कौशिकी (कोशी) र रोषमती (रोसी) नदीको दोभानमा तपस्या गरी त्यहाँ तिनले विश्वामित्रेश्वर शिव लिङ्ग स्थापना गरेका थिए । आज यस ठाउँलाई दुम्जाको कुशेश्वर महादेव भन्छन् र यिनी कोइराला र महर्जन नेवारहरूका कुल देवता हुन् । त्यही ग्रन्थमा कौशिकीलाई विश्वामित्र ऋषिकी बहिनी भनिएको छ । यसैगरी विश्वामित्रले निरमती र शेषमती (रोसी) को दोभानमा महाशिवलिङ्ग स्थापना गरेका थिए (पोखरेल, वि.सं. २०७६ ः ६८) । निरमती भनेको इन्द्रवती हो र रोसी भनेको सुनकोशीमा मिसिने हो । यो ठाउँलाई आज दोलालघाट भनिन्छ । जुन काभ्रेपलाञ्चोकमा छ । आज पनि त्यो प्राचीनकालको शिव लिङ्ग छ । जसलाई डोलेश्वर महादेव भनिन्छ । यहाँबाट के बुझिन्छ भने प्राचीनकालदेखि नै नेपाल शैवहरूको भूमि हो र यही ऋषि मुनिहरूले आफ्ना कीर्तिहरूको उत्पादन गरेका थिए । दक्षिणको मैदानी क्षेत्र त प्रयोग स्थल थियो ।


 वैदिक ऋषि मुनिहरूलाई पछिल्लो समयमा आजिवक पनि भनियो । इसा पूर्व छैटौँ शताब्दीतिर उनीहरूका गुरु मुख्खाली गोशला थिए (वशान, सन् २००२ ः १४५–१४६) । यिनीहरूको धार्मिक ग्रन्थ कश्यप ऋषिको वैशेषिक सूत्र थियो । जसका अनुसार सबै वस्तु (पदार्थ) हरू परमाण मिलेर बनेको हुन्छ र गुणहरू परमाणुको समूहबाट विकास हुन्छन् (वशाम, सन् २००२ ः २६२–२७०) । आज पश्चिमा विद्वान्हरूले पनि स्वीकार गरेका छन् कि यिनीहरूको दर्शन प्राचीन कालको भारतीय समाजमा प्रभावशाली थियो (रिप, सन् १९९६ ः ३९–४०) । आजिवक भन्ने शब्द संस्कृतको आजिव भन्ने शब्दबाट आएको हो । जसको अर्थ हुन्छ रहनसहनको माग वा आचरण हो अर्थात् शैव धर्मले मनुश्य जीवनको विभिन्न पक्षहरूलाई समेटेको हुन्छ ः आर्थिक, सामाजिक र राजनीतिक पक्षहरू हुन् (इशाइवा, सन् १९९३ ः २०–२३) । इण्डियाको विहारमा बराबर गुफामा जहाँ आजिवकहरूले तपस्या गर्दथे । त्यहाँ अशोकको शिलालेखहरू भेटिएका छन् । यी शिलालेखहरूबाट के बुझिन्छ भने ती आजिवकहरू प्रभावशाली सन्यासी थिए । अशोकले निर्देशन दिन्छन् कि मन्त्रीहरूले ब्राह्मण र आजिवकहरूसँग सल्लाह लिनुपर्छ (वशाम, सन् २००२ ः १४८–१५३) । सम्राट अशोकको जीवनी जुन सन् दोस्रो शताब्दीमा लेखिएको थियो । त्यहाँ अशोकमा पिता विन्दुसार चाहिँ आजिवकका अनुयायी थिए भनिएको छ । त्यस्तै उनका हजुरबा चन्द्र गुप्त मौर्य आजिवक (सन्यासी) भएरहिँडेका थिए (स्टङ्ग, सन् १९८९ ः २३२) । यहाँ स्मरणीय कुरा के छ भने चन्द्र गुप्त मौर्यका गुरु कौटिल्य शैव तान्त्रिक ब्राह्मण थिए र उनले तक्षशिलाको गुरु कुलमा दण्ड नीति (राजनीतिशास्त्र) पढाउँथे । उनी पनि ऋषि नै थिए । उनको अर्थशास्त्रमा तान्त्रिक रीतिथितिको उल्लेख हुँदा बुझिन्छ कि उनी तान्त्रिक थिए । शिक्षक र ऋषि मुनिहरू मात्रै ब्राह्मण हुन्थे जस्तो मेगेस्थिनजले भनेका छन् । पूजाआजा गर्ने काम कविलाहरूको समाजमा परम्परा अनुसार परिवार वा कुलको वरिष्ठ पुरुषले गथ्र्यो । त्यतिखेर पूजाआजा गर्ने ब्राह्मण जाति थिएन (कोशाम्बी, सन् १९९७ ः ८२) । वेदहरूमा हेर्दा जनकल्याणको लागि ऋषि मुनिहरूले पनि होम यज्ञ गरेको देखिन्छ । कविलाहरूको समाजमा समाज त्यागेर अध्ययन र अनुसन्धानमा लाग्ने व्यक्तिलाई ऋषि भनिन्थ्यो । उदाहरणका लागि विश्वामित्र ऋषि कुशिका वा लाटो कोसेरो चरोको प्रतीक भएको कबिलाका राजा थिए तर उनी समाज त्यागेर ऋषि भए । वशिष्ठ ऋषिलाई उर्वशीको छोरो भनिएको छ भने उनलाई घैटोबाट जन्मिएको भनिएको छ । उनका पिता थिएनन् । त्यस्तै वैदिक साहित्यमा अरू ऋषि मुनि जस्तो अगस्त्य ऋषिलाई पनि घैटोबाट जन्मिएको भनिएको छ । जुन महिलाको गर्भको प्रतीक हो । यहाँबाट के देखिन्छ भने यी ऋषि मुनिहरू देवी मान्ने कबिलाहरूबाट आएका थिए । उनीहरूलाई पिताको नामको आवश्यकता नै थिएन । घैटो महिलाको गर्भको प्रतीक हो भने यो देवीको प्रतिनिधित्व हो (कोशम्बी, सन् १९९७ ः ८२–८३) । प्राचीन कालमा देवी मान्ने प्रचलन लोकप्रिय थियो भन्ने कुरा ऋग्वेदबाटै स्पष्ट हुन्छ । जहाँ सप्त मातृकाको उल्लेख छ । तिनीहरूलाई धन र समृद्धि दिने मानिएको छ । उनीहरूलाई होम यज्ञको शिक्षक मानिएको छ (ऋग्वेद, ९ः१०२.४) । ऋग्वेदमा सप्त मातृकाको नाम यस प्रकार दिइएको छ ः इला, रात्री, निशा, भारती, उषा, सरस्वती र अदिति, इला, रात्री, निशा भनेका कालिका देवीका नाम हुन् भने उषा, अदिति, भारती र सरस्वती चाहिँ ज्ञानकी देवी सरस्वतीकै नाम हुन् । ऋग्वेदको देवी सुक्तमा प्रकृतिको जिम्मा देवील लिएकी छन् । उनले मनुश्य, चराचुरुङ्गी र अरू पशुहरूको पालन पोषण र हेरचाह गर्छिन् । उनलाई सबभन्दा पहिला होम वा यज्ञमा पुजिन्छ र उनले नै ज्ञान दिन्छिन् (ऋग्वेद, १०ः१२५) । त्यस्तै ऋग्वेदको रात्री सुक्तमा उषा वा सरस्वतीलाई रात्री देवीकी बहिनी भनिएको छ । उनीलाई सुरक्षा, ज्ञान र समृद्धिका लागि पुजिएको छ । उनले अज्ञानताको अन्धकार हटाएर मनुष्यहरूलाई ज्ञान दिन्छिन् (ऋग्वेद, १०ः१२७) । शुक्ल यजुर्वेदमा देवीलाई नै सबै भन्दा ठूलो अलौकिक शक्ति मानिएको छ । जहाँ रुद्रलाई अम्बिका देवीका दाजु भनिएको छ र उनलाई नै समृद्धि, ज्ञान र शक्ति दिने भनिएको छ (शुक्ल यजुर्वेद, १ः५७–५८) ।


 ऋषि मुनिहरू वनका कुटि वा पहाडका गुफाहरूमा बस्ने भए पनि उनीहरूसित शिक्षा लिन समाजमा रहेका राजा वा साधारण मनुश्यहरूले पनि आफ्ना छोराछोरीलाई ऋषि मुनिहरू कहाँ पढ्न पठाउँथे । त्यस कारणले ऋषि मुनिहरू बसेको ठाउँमा नै गुरु कुल बन्दथ्यो । त्यहाँ उनीहरूले गोरसका लागि गाई पाल्थे । फलपूmल वनमा नै टिपेर खान्थे भने अन्न, नून र अरू वस्तुका लागि भिक्षामा निर्भर हुन्थे । एउटा विद्यार्थी गुरु कुलमा कम्तीमा १२ वर्ष बस्दथ्यो । उसले गुरु कुलको गाई चराउँथ्यो र आफ्ना गुरुसित भिक्षा माग्न हिँड्थ्यो । सबभन्दा पहिला वेदका ऋचा वा श्लोकहरू घोक्नु पथ्र्यो । त्यसपछि गुरुले त्यसको अर्थ सम्झाउँथे र प्रवचनहरू दिन्थे । यस्तो परम्पराले ऋषि मुनिहरूलाई समाजमा मान सम्मान दियो (कोशाम्बी, सन् १९७५ ः ८७) । राजाहरूका गुरु वा सल्लाहकार भएकाले ऋषि मुनिहरूले होम यज्ञ गर्दा राजपरिवार र जनकल्याणका लागि आर्थिक समृद्धि माग्दथे भने ऋषि मुनिहरूलाई गाई, बाख्रा, अन्न र मासु दान दक्षिणामा दिइन्थ्यो । उनीहरूले बलि चढाएको मात्रै मासु खान्थे । यो कुरा वेदहरू हेर्दा स्पष्ट हुन्छ (शर्मा, सन् १९८३ ः ३१–३२) । त्यस्तै ऋग्वेदका अनुसार ऋषि मुनिहरूलाई बधु वा कन्या युवति विवाह गर्न दिन्थे । त्यस्तै केही राजाहरूले हिँड्नका लागि ऋषि मुनिहरूलाई घोडा पनि दान गर्दथे (शर्मा, सन् १९८३ ः ४०) । यिनीहरूलाई विप्र पनि भनिन्थ्यो । यिनीहरूले राज्यका सभामा पनि गएर आफ्नो मत राख्न सक्दथे (शर्मा, सन् १९८३ ः ५१) । ऋषि मुनिहरूले विवाह गरे पनि आफ्नै कुटिमा लगेर श्रीमती राख्दथे अर्थात् उनीहरूको परिवार पनि गुरुकुलमा नै बस्दथे । उनीहरूका सन्तान पनि ऋषि नै हुन्थे । जस्तो अगस्त्य ऋषि पुलस्त्य ऋषिका छोरा थिए र उनकी श्रीमती लोपमुद्रा ऋषिका थिइन् । अगस्त्य ऋषि र लोपमुद्राले ऋग्वेदका सुक्तहरूको रचना गरेका छन् (ऋग्वेद, १ः१६५–१९१) । लोजमुद्रा बाहेक ऋग्वेदमा वाक अम्व्रीनि पनि प्रसिद्ध ऋषिका पाइन्छन् (ऋग्वेद, १०ः१२५) । ऋग्वेदमा ३० जना जति ऋषिकाहरू छन् । त्यसमध्ये लोपमुद्रा, वाक अम्व्रीनि, अपला आश्रेयी (ऋग्वेद, ८ः९१), गोधा (ऋग्वेद, १०ः१३४), रात्री भरद्वजी (ऋग्वेद, १०ः१२७), श्रद्धा कमयानी (ऋग्वेद, १०ः१५१), सरमा देवशुनी (ऋग्वेद, १०ः१०८) र सुदितिरा अंगिरसा (ऋग्वेद, ८ः७१) महत्वपूर्ण थिए । त्यस्तै गार्गी भन्ने ऋषिका प्रसिद्ध थिइन् । उनले ऋग्वेदका दुईवटा सुक्त रचना गरेकी छन् (ऋग्वेद, १०ः३९, ५ः२८) । उनी ऋषि गर्ग वाचक्नुकी छोरी थिइन् । उनले यज्ञवल्क्य ऋषिसँग गरेको संवाद वृहदारन्यक उपनिषद (३.६) दिइएको छ ।


 प्राचीनकालका देवी मान्ने परम्परा भएकाले महिलाहरूको समाजमा स्थान उचो थियो । उनीहरूलाई आफ्नो वर छनोट गर्ने अधिकार थियो (ऋग्वेद, १०ः२७.१२) । त्यस्तै महिलालाई घरकी रानी र धार्मिक सभामा बोल्ने अधिकार थियो (ऋग्वेद, १०ः८५.२६) । ऋग्वेदमा जया, जननी जसको अर्थ हुन्छ बच्चाकी आमा र पत्नि भनेको धार्मिक कार्यको साथी भनिन्थ्यो । त्यस कारणले महिलाहरू पनि ऋषिका बन्न सक्दथे । वैदिक सनातन धर्ममा सप्त ऋषिहरूको अवधारणा छ । वेदहरूमा ऋषि मुनि र ऋषिकाको नाम दिए पनि सप्त ऋषिहरूको नाम तोकिएको छैन । शतपथ ब्राह्मण र वृहदारान्यक उपनिषद (२ः२.४) मा यज्ञवल्क्य ऋषिले सप्त ऋषिहरूको नाम दिइएका छन् । जुन यस प्रकार छन् ः अत्रि, भारद्वाज, गौतम, जमदग्नी, कश्यप, वशिष्ठ र विश्वामित्र । त्यस्तै ज्योतिष शास्त्रमा सप्त ऋषि भनेका उर्सा समूहका सातवटा तारा मानिन्छन् । तिनका नाम यसप्रकार छन् ः वशिष्ठ, मारिची, पुलस्त्य, पुलाहा, अत्रि, अंगिरा र क्रातु । त्यस समूहमा अभैm एउटा तारा छ जसलाई अरुनधाती भन्छन् । उनी वशिष्ठकी श्रीमती हुन् (शंकर, सन् १९८५) । पछिल्लो समयमा आएर सप्त ऋषिका विभिन्न सूचीहरू बने र अलौकिक कथाहरू लेखिन थाले । तर यज्ञवल्क्य ऋषिले दिएको सप्त ऋषिहरूको नाम नै प्रामाणिक हो । बुद्धिजीवी कहिल्यै मर्दैन । ऊ आफ्ना कीर्ति मार्पmत अजर, अमर हुन्छ । यी सप्त ऋषिहरू ब्रह्मर्षी हुन् । जसले दर्शन वा सिद्धान्तको निर्माण गरेका थिए । त्यस कारणले गोत्रहरू ऋषि मुनिहरूकै नामबाट हुन्छन् । जुन पिताबाट आफ्नो सन्तानमा जान्छ । छोरीको विवाह भएपछि उनले आफ्नै श्रीमानको गोत्र धारणा गर्छिन् । वैदिक परम्परामा एउटै गोत्र भए विहावारी चल्दैन । एउटै सगोत्री दाजुभाइ मानिन्छ । प्राचीन कालमा ऋषि मुनिका छोरा र शिष्यहरूले त्यही ऋषिको नाम प्रयोग गर्थे अर्थात् कुनै ऋषिको दर्शन वा विचार मान्नेले त्यही ऋषिको नाम गोत्रको रूपमा प्रयोग गर्थे । त्यस कारणले ऋषि मुनिहरू गोत्रका नामले पनि अमर छन् । जस्तो नेपालमा धेरै जसो नेपालीहरूको गोत्र कश्यप, भारद्वाज, गर्ग, गौतम, घृतकौशिक, कौडिन्य र आत्रेय हुन् । यी लगभग सबै जातिहरूमा पाइन्छन् । उदाहरणका लागि कश्यम गोत्र क्षेत्री बाहुन बाहेक जनजाति र दलितहरूको पनि हुन्छ । त्यस्तै भारद्वाज गोत्र मगर, गुरुङ, कामी, दमै इत्यादिहरूको पनि हुन्छ । घृत कौशिक गोत्र गन्धर्वहरूको पनि हुन्छ । माथि उल्लेख भएका गोत्रका नाम सबै शैव परम्पराका हुन् । नेपाल भनेको पाशुपत शैव धर्मको मूल थलो हो । नेपालमा पाइने अरू शैव गोत्रहरूका नाम यसप्रकार छन् ः अगस्ति, अंगिरा, अत्रि, माण्डण्य, मौदगल्य, विश्वामित्र, भृगु, वत्स र भार्गव । केही नेपालीहरूको वैष्णव गोत्र पनि हुन्छ । जस्तो वशिष्ठ, शाण्डिल्य, परासर, कपिल, कृष्णअञ्जली र कृष्नय इत्यादि ।


 यहाँ सप्त ऋषिका सन्दर्भमा केही जानकारी हुन आवश्यक छ । अत्रि ऋषिले ऋग्वेदको मण्डल पाँच रचना गरे र ८७ वटा सुक्त उनले नै रचना गरेका हुन् । उनकी श्रीमती अनुसुया थिइन् र उनका तीनजना छोरा थिए ः दत्तात्रेय, दुर्वाषा ऋषि र चन्द्र । उनको विषयमा शिव पुराणमा उल्लेख छ (सत्य मायानन्द, सन् २०१२ ः १७–२०) । ऋषि अत्रिकै सन्तानहरूमा आत्रेय ऋषि जन्मिएका थिए । उनी आयुर्वेदका विशेषज्ञ थिए । उनका शिष्य अग्निवेश ऋषि थिए । अग्निवेशका शिष्य चरक ऋषि थिए । जसले सन् ३०० इसापूर्वमा चरक संहिताको रचना गरे । आत्रेय गोत्र आत्रेय ऋषिका सन्तान र उनका शिष्यदले लिए ।


 भारद्वाज ऋषि प्राचीन कालका प्रसिद्ध ऋषि थिए । उनले ऋग्वेदको छैटौँ मण्डल रचना गरेका थिए । चरक संहिता अनुसार उनले आयुर्वेदको क्षेत्रमा पनि योगदान दिएका थिए । उनले चरक संहितामा भन्छन् कि महिला पूजापाठ गरेर वा अलौकिक शक्तिको कारणले गर्भवती हुँदैनन् । पुरुषको शुक्रकीट र महिलाको डिम्बको संयोजनबाट मात्रै महिला गर्भवती हुन्छन् (उजस्टिक, सन् २००३ ः ५१–५३) । त्यस्तै उनले भारद्वाज शिक्षा भन्ने व्याकरणको पुस्तकको रचना गरे (विइटरनिज, शर्मा, सन् १९९६ ः २६६) । भारद्वाज ऋषि वृहस्पति ऋषिका छोरा र अंगिरा ऋषिका नाति थिए । उनकी आमाको नाम ममता थियो । उनको गुरुकुलमा ५५ जना शिष्य थिए । उनकी श्रीमतीको नाम सुशिला थियो । जसबाट गर्ग ऋषि र दुईजना छोरी जन्मिएका थिए । देवर्षिनीको विवाह श्लेषमान्तक वनका विश्रवा ऋषिसित भएको थियो भने अर्की छोरी कात्यायनीको विवाह जनकपुरका राजगुरु यज्ञवल्क्य ऋषिसित भएको थियो (गोपाल, सन् १९९० ः ७६) । भारद्वाज गोत्रको दुईवटा प्रवर छन् ः अंगिरस र वृहस्पत्य । भारद्वाज ऋषि शैव थिए । त्यस कारणले उनले कश्यप ऋषिकै सिद्धान्त अनुसार ऋग्वेदको छैटौँ मण्डलको रचना गरेका थिए । जसमा उनले अर्थतन्त्र र सुरक्षालाई मूल प्राथमिकता दिएका छन् ।यिनका विचारहरू जान्न आवश्यक छ जुन नेपालको लागि सान्दर्भिक छ । उनले ऋग्वेदको छैटौँ मण्डलको पहिलो सुक्तमा नै बलियो सेना र आर्थिक समृद्धि हुनुपर्छ भन्छन् (ऋग्वेद, ६ः१) । बुढापाका र पाहुनालाई सम्मान गर्नुपर्छ (ऋग्वेद, ६ः२) । त्यस्तै उनले पशुपालन र कृषिलाई महत्व दिनुपर्छ भनेका छन् (ऋग्वेद, ६ः२८) । भारद्वाज ऋषिले सरस्वती मातालाई ज्ञान र सुरक्षा दिने भनेका छन् भने रुद्रलाई सृष्टिका पिता र समृद्धि दिने भनेका छन् (ऋग्वेद, ६ः४९.७, १०) । उनले चिकित्सकहरूलाई आमा बाबुसँग तुलना गरेका छन् (ऋग्वेद, ६ः५०.७) । उनी भन्छन् समाजमा सामूहिकता हुनुपर्छ । सबैले ज्ञान प्राप्त गर्नुपर्छ र राम्रो घरमा बस्न पाउनुपर्छ (ऋग्वेद, ६ः५१) । सबैले स्वास्थ्य सेवा पाउनुपर्छ र सबै खुशी हुनुपर्छ (ऋग्वेद, ६ः७४) । भारद्वाज ऋषिले अन्तिममा सेनाले ब्राह्मणलाई मार्ग दर्शक बनाउनुपर्छ त्यस्तै चिकित्सकले मनुश्यलाई सुरक्षित राख्नुपर्छ । जस्तो सेनाले सुरक्षा दिन्छ । सबैलाई कपडा र खानाको कमी हुनुहुँदैन (ऋग्वेद, ६ः७५) । यहाँबाट के बुझिन्छ भने समाजमा सामूहिकता हुनुपर्छ । अर्थतन्त्र र सेना बलियो हुनुपर्छ र स्वास्थ्य र शिक्षा सबैले पाउनु पर्छ । आज यस्तो व्यवस्थालाई नै समाजवाद भन्छन् । जुन कुरा भारद्वाज ऋषिको मण्डल ६ मा देखिन्छ ।


 गौतम ऋषि दिर्घतमास ऋषिका छोरा र अंगिरस ऋषिका नाति थिए । उनका शिष्य सत्यकाम जावला (सनतकुमार ऋषि), शान्डाल्य ऋषि, गर्ग ऋषि र भारद्वाज ऋषि थिए । उनले ऋग्वेदको मण्डल १ मा सुक्तहरू रचना गरेका छन् । त्यस्तैऋग्वेदको मण्डल ४ मा आफ्ना छोरा वामदेव ऋषिसित मिलेर सुक्तहरूको रचना गरे । त्यस्तै उनले न्याय दर्शन भन्ने सिद्धान्तको पनि रचना गरे । उनकी श्रीमतीको नाम अहल्या थियो । उनका छोरा शतानन्द ऋषि, नोदस ऋषि र वामदेव ऋषि थिए । त्यस्तै उनकी छोरा अन्जना थिइन् । पछिल्लो समयमा गौतम ऋषिले सामवेदमा भद्र भन्ने सुक्तको रचना गरे । यहाँ उनको न्याय दर्शन बुझ्न सान्दर्भिक हुन्छ । गौतम ऋषिका अनुसार ज्ञानका स्रोत चारवटा हुन्छन् । अनुभूति इन्द्रियहरूको पदार्थसित सम्पर्क भएपछि आउँछ । त्यस्तै अनुमान चाहिँ कारणलाई बुझेपछि आउँछ, प्रभावलाई जाने पछि त्यसको कारणलाई जान्न सकिन्छ र एकरूपता भएको अस्तित्वबाट अनुमान गर्न सकिन्छ (शर्मा, सन् २०१३ ः १९२–१९६) । त्यस्तै उपमान भनेको समानता र तुलना हो । शब्द भनेको विद्वान्हरूको कृति हो । यो वैधता र सत्यको अनुभवजन्य सिद्धान्त हो । जसले पदार्थको महत्वलाई ज्ञानको उत्पादनमा भूमिका देखाउँछ तर पदार्थको मन सितको लेनदेनको सम्बन्धलाई देखाउँदैन । जमदग्नि ऋषि भृगु ऋषिकै सन्तान हुन् । उनी रुचिका ऋषिका छोरा थिए । उनकी आमा सत्यवती राजा गधीकी छोरी र विश्वामित्र ऋषिकी बहिनी थिइन् । जमदग्नि ऋषिकी श्रीमती रेणुका थिइन् र उनका ५ जना छोरा थिए । जसमध्ये पर्शुराम ऋषि प्रसिद्ध थिए । जमदग्नि ऋषिले विश्वामित्र ऋषिसँग मिलेर ऋग्वेदको मण्डल ३ को रचना गरेका थिए ।


 कश्यप ऋषि मारिची ऋषिका छोरा थिए । उनको वैशेषिक सूत्रमा दिएको सिद्धान्तको चर्चा माथि नै उल्लेख गरिसकेका छौँ । उनले जिवकीय तन्त्रको पनि रचना गरे । जुन शिशु र बालबालिकाको रोगहरूको सम्बन्धमा लेखिएको आयुर्वेदिक पुस्तक हो । उनका बारेमा थुप्रै पौराणिक कथाहरू छन् । जस्तो उनले दक्ष प्रजापतिकी तेह्र जना छोरीहरूलाई विवाह गरे । जे भएपनि शैव सिद्धान्तको निर्माण उनले नै गरेका थिए । उनी कणाद वा उलुक ऋषि भनेर पनि चिनिन्छन् ।
 वशिष्ठ ऋषि सप्त ऋषिहरूमा एक्लै वैष्णव सम्प्रदायको गुरुको नाममा देखिन्छन् । उनले ऋग्वेदको मण्डल ७ को रचना गरे र मण्डल १० का केही सुक्तहरूको रचना गरे । वशिष्ठ ऋषिले शैवहरूको भन्दा नयाँ किसिमको सिद्धान्त निर्माण गरे । जुन वेदान्त र सांख्य दर्शनको स्रोत बन्यो । वशिष्ठ ऋषि कोशलाका राजा विकुष्शी र विदेहका राजा निमिका राजगुरु थिए । त्यसकारणले इक्ष्वाकु वा सूर्यवंशी क्षत्रियहरूले वशिष्ठलाई कुल गुरु मान्छन् र वशिष्ठ गोत्र धारण गर्छन् । उनकी श्रीमती अरुन्धति थिएन् । उनका छोरा शक्ति ऋषि थिए भने नाति पराशर ऋषि थिए र पराशरका छोरा वेद व्यास ऋषि थिए ।
 विश्वामित्र ऋषिको आफ्नो नाम विश्वरथ थियो र उनी अमावसु भन्ने कबिलाका राजा थिए । उनका पिता राजा गधि थिए । विश्वरथको झगडा वशिष्ठ ऋषिसित परेपछि उनी पनि ऋषि हुन चाहे र समाज त्यागेर हिँडे । त्यसपछि उनी विश्वामित्र भए । उनले ऋग्वेदको मण्डल ३ को रचना गरे र ऋग्वेदको दसौँ मण्डलको देवी सुक्तको पनि रचना गरे । उनले १२ वर्षसम्म तपस्या र अध्ययन गरे । सुरुमा उनका गुरु जमदग्नि थिए । उनको गायत्री मन्त्र प्रसिद्ध छ । उनी हरियुपियाका राजा सुदासका राजगुरु थिए । उनका सन्तानहरूमा अष्टका ऋषि, रुरु ऋषि, रिशम ऋषि र चरक ऋषि जन्मिएका थिए । चरक ऋषिको चरक संहिता आज पनि प्रसिद्ध छ ।


प्रसिद्ध ऋषिहरूको दर्शन
 बौद्धिक जगत्मा पौराणिक कथाहरू भन्दा ऋषि मुनिहरूका दर्शन महत्वपूर्ण छन् । कश्यप ऋषिको शैव सिद्धान्तको व्याख्या माथि नै उल्लेखित छ । उनले ज्ञान र पदार्थको लेनदेनको सम्बन्ध हुन्छ भनेका छन् । गौतम ऋषिले पनि इन्द्रीयहरूको सम्पर्क पदार्थसित भएपछि मात्रै ज्ञान वा अनुभूति हुन्छ भनेका छन् । सबै शैव ऋषिहरूले जस्तो भारद्वाज ऋषिले पदार्थ वा आर्थिक आकारलाई संसार चलाउने मूल पक्ष मान्छन् । तर वशिष्ठ ऋषिले यस्तो सिद्धान्तको निर्माण गरे जसले ज्ञान र कौशलतालाई मूल पक्ष मान्छ । यसैको प्रभाव अष्टावक्रको वेदान्त, कपिल मुनिको सांख्य र बौद्ध दर्शनमा प¥यो । यी दर्शनहरूले आर्थिक आकारलाई संसार भन्छन् र दोस्रो दर्जा दिन्छन् । यी दर्शनहरूले ज्ञान र आर्थिक आकारको लेनदेनको सम्बन्धलाई स्वीकार गर्दैनन् । यी दर्शनहरूको चर्चा गर्न आवश्यक छ । किनकि यस्ता दर्शनहरूको कारणले हिन्दूहरूको सभ्यतालाई आध्यात्मिक संस्कृति भनियो । जबकि पश्चिमाहरूको संस्कृतिलाई भौतिक सभ्यता भनियो । मध्यकालदेखि भारत वर्षमा वेदान्त र सांख्य दर्शन प्रसिद्ध भयो र यस्तो छवि बस्यो कि दर्शन भनेको आध्यात्मसित मात्रै सम्बन्ध हुन्छ । त्यस कारणले दर्शन भनेको उच्च शिक्षा प्राप्त गरेका वा उचो वर्गको छलफलको विषय बन्यो तर गाउँ घरमा, चौतारिमा जाँदा बुढापाकाहरूको कुरा सुन्दा शैव दर्शनकै सुगन्ध आउँछ । जसलाई लोकायत परम्परा पनि भनिन्छ । तल अध्यात्म दर्शनहरूको व्याख्या दिइएको छ र तिनीहरूका कमी कमजोरी पनि औँल्याउने प्रयत्न गरिएको छ ।


 सबभन्दा पहिलो योग वशिष्ठ हेर्न आवश्यक छ । यो कृति वशिष्ठले आफ्ना शिष्य रामलाई ज्ञान दिएको र वाल्मीकि ऋषिले लिपिबद्ध गरेको मानिन्छ । वशिष्ठका अनुसार ज्ञान भनेको आत्म ज्ञान हो (ऐøयर, सन् २०१६ ः ४२) । उनले भन्छन् कि मनुश्यले आफ्नो क्षमताप्रति चेतनशील हुनु नै आत्म ज्ञान हो । ज्ञान र कौशलताले नै संसार चलाउँछ । यो नै वशिष्ठ ऋषिको मूल मन्त्र हो । वशिष्ठका अनुसार आत्म ज्ञानले जन्म र पुनर्जन्मबाट मुक्ति दिन्छ । उनको यो ज्ञान र कौशलताको महत्व देखाउने संकेत हो (ऐøयर, सन् २०१६ ः ४५–४६) । सांसारिक वस्तुहरूप्रति उदासिन र साँचो भेदभावले दिव्य ज्ञान प्राप्त गर्दछ जुन आत्म ज्ञान हो (ऐøयर, सन् २०१६ ः ५४–५५) । यदि मनुश्य आपूmप्रति सचेत भयो भने जसलाई अहंकार भन्छन् उसले हेरचाह, खतराहरू र जीवनका कार्यहरूप्रति ध्यान दिन थाल्छ । जुन आत्म ज्ञानको बाधक हो । यस्तो अहंकार मिथ्या हो । त्यसकारणले अहंकारको त्याग गर्नुपर्छ (ऐøयर, सन् २०१६ ः ६१–६२) । मन भनेको माया हो । जसले गर्दा आनन्द र दुःखको आभास हुन्छ । त्यस्तो मनलाई विनाश गर्नुपर्छ ।क्रोध र जोश इच्छाबाट जन्मिन्छ । जसले आत्म ज्ञानमा अबरोध ल्याउँछ र पुनर्जन्मको पीडा दिन्छ (ऐøयर, सन् २०१६ ः ६२–६५) । सबै श्रीमती छोरा र कर्महरू मिथ्या हुन् । जीवन भनेको वायुले उडाएको पानीका थोपा जस्तै हो र सांसारिक आनन्द भनेको आकाशमा बिजुली चम्के जस्तो हो (ऐøयर, सन् २०१६ ः ८१–८२) । जे पाइन्छ त्यसैमा सन्तुष्ट हुनु नै बुद्धिमानी हो र भावनाहरूको खोलामा नबग्नाले नै मोक्ष प्राप्त गर्छ (ऐøयर, सन् २०१६ ः १२४–१२५) । ज्ञानिले सुख र दुःखको वास्ता नगरी आफ्नो जीवनमा कर्म मात्रै गर्नुपर्छ (ऐøयर, सन् २०१६) ।


 वशिष्ठकै दर्शनका आधारमा इसा पूर्व आठौँ शताब्दीका ऋषि अष्टावक्र र कपिल मुनिले आफ्ना दर्शनहरू प्रतिपादित गरे । इसा पूर्व छैटौँ शताब्दीमा गौतम बुद्धले सांख्य दर्शनकै आधारमा प्रवचन दिन थाले । जसलाई उनले प्रज्ञापारमिता भने । यहाँ अब अष्टावक्रको दर्शन हेर्न आवश्यक छ । अष्टावक्रको गीता भनेको वेदान्त दर्शनको स्रोत हो । यसलाई इण्डियनहरूले दर्शनको शिखर मान्छन् । अष्टावक्रको गीतामा उनले राजा जनकलाई शिक्षा दिएको देखिन्छ । अष्टावक्रका अनुसार इन्द्रियहरूले अनुभव गर्ने पदार्थहरूलाई त्याग्नु पर्छ । मनुश्य पृथ्वी, जल, अग्नि, वायु र आकाशले बनेको होइन । त्यो चेतना मात्रै हो (रिचाड्स, सन् २०१९ ः ५) । एउटा ज्ञानि खुशी पनि हुँदैन दुःखी पनि हुँदैन । त्यो कसैसित डराउँदैन (रिचाड्स, सन् २०१९ ः २८) । उसले आफ्नो इच्छालाई हटाउँछ र कसैलाई घृणा पनि गर्दैन । इच्छाले मनुश्यलाई बन्धनहरूमा बाँध्छ (रिचाड्स्, सन् २०१९ ः ३३, ४१) । मित्र, जमिन, धन, सम्पति र श्रीमती केही होइन । यी सबै सपना र मिथ्या हुन् । बन्धन इच्छाबाट आउँछ । जसलाई हटाए मोक्ष प्राप्त हुन्छ (रिचाड्स्, सन् २०१९ ः ४८) । उभिदा, हिँड्दा वा सुत्दा मलाई कुनै लाभ वा घाटा हुँदैन म आपूmले चाहे अनुसार बाँच्छु (रिचाड्स्, सन् २०१९ ः ६१) । अष्टावक्र भन्छन् जे छ त्यसैमा सन्तुष्ट रहनु नै बुद्धिमानी हो (रिचाड्स्, सन् २०१९ ः ८२) । यहि दर्शनलाई विकसित गरेर कपिलमुनिले आफ्ना तर्कहरू दिन्छन् । उनले सुरुमा नै व्यक्तिले दुःख भोग्नुपर्छ भन्छन् । ती आध्यात्मिक र अधिभौतिक हुन्छन् । जस्तो मानसिक पीडा, मनुश्य, पशु, यक्ष र राक्षसले दिने पीडा हुन्छन् (सिन्हा, सन् १९१५ ः १–२) । यस दुःखको निवारण पुरुष र प्रकृतिको ज्ञान हो । पुरुष भनेको चेतना हो र प्रकृति भनेको पदार्थ हो । चेतनाबाट नै ज्ञान आउँछ र ज्ञानका स्रोत अनुभूति, अनुमान र विद्वान्हरूका कृति हुन् (सिन्हा, सन् १९१५ ः ३–४) । जब प्रकृति पुरुषको सम्पर्कमा आउँछ तब सत्व, राजस र तामस गुणहरू बन्दछन् । त्यसपछि बुद्धि, अहंकार र मनको निर्माण हुन्छ । त्यसपछि मात्रै पृथ्वी, जल, अग्नि, वायु र आकाश छन् भन्ने आभास हुन्छ । यदि पुरुषलाई प्रकृतिको बन्धनबाट मुक्त गर्ने हो भने मोक्ष वा कैवल्य प्राप्त हुन्छ (सिन्हा, सन् १९१५) । यसको अर्थ के हो भने अष्टावक्रले जस्तै चेतना नै सत्य हो र अरू पुरै मनका सृजना हुन् । यस्तो दर्शनलाई हेनरिक जिमिर भन्ने बेलायती विद्वान्ले अवैदिक भनेका छन् । किनभने यसले पदार्थलाई इन्कार गरेर चेतनालाई नै मुख्य मान्छ (जिमिर, सन् १९५१ ः २१७, ३१४) । पश्चिमा विद्वान्हरूले गहिरो गरी अध्ययन गर्छन् । त्यसो हुँदा वेदहरूमा पदार्थलाई उच्च प्राथमिकता दिएको पाइन्छ । तर वैष्णवहरूका दर्शनले आत्म वा चेतनालाई मात्रै प्राथमिकता दिएको पाइन्छ । जहाँ संसार भनेको मिथ्या हो । बुद्धको पनि यस्तै प्रकारको दर्शन छ । बुद्धका अनुसार दुःख हुन्छ र यसको कारण इच्छा हो । यस इच्छालाई नियन्त्रण गर्न उनले अष्टांग मार्ग दिए । उनका अनुसार मनले मनुश्यलाई बन्धनमा पार्छ र इच्छा मनमा उत्पन्न हुन्छ । सम्मा दित्ति अपनाए मनुश्य बन्धनबाट मुक्ति हुन्छ । यसको अर्थ के हो भने रीतिथिति र देवी देवतामा विश्वास नगर्नु हो (अम्बेडकर, सन् २०१९ ः १२३–१२५) । दोस्रो नियम चाहिँ साँचो बोल्नु हो । तेस्रो नियम अहिंसा हो । चौथो नियम शान्ति हो । पाँचौँ नियम ध्यान गरेर मनलाई नियन्त्रण गर्नु हो (अम्बेडकर, सन् २०१९ ः १२५–१२७) । बुद्धले दशवटा नैतिक गुणलाई प्राथमिकता दिन्छन् । शिल भनेको दण्डबाट डराएर अपराध नगर्नु हो । नेक्खम्मा भनेको पदार्थलाई इन्कार गर्नु हो । दान भनेको आपूmसित भएको अरूलाई दिनु हो । विर्य भनेको निष्काम कर्म गर्नु हो । खंटी भनेको घृणा नगर्नु हो । स्वच्छ भनेको साँचो बोल्नु हो । करुणा भनेको सबैप्रति दया देखाउनु हो । अधिथान भनेको दृढ संकल्प हो । करुणा भनेको सबैप्रति दया देखाउनु हो । मैत्री भनेको सबैसित मित्रता गर्नु हो । उपेक्क भनेको पदार्थप्रति न त प्रेम न त घृणा राख्नु हो अर्थात् चेतना नै सत्य हो । मनको सृजना संसार हो । यी गुणहरूलाई बुद्धले पारमिता भन्छन् । जसको कारणले गर्दा मनुश्यले मुक्ति पाउँछ र उसको पुनर्जन्म हुँदैन (अम्बडेकर, सन् २०१९ ः १२७–१२८) । यदि वशिष्ठले आत्मज्ञानको नाम दिए भने अष्टावक्रले चेतना, कपिल मुनिले पुरुष र बुद्धले त्यसैलाई प्रज्ञा भन्छन् । जुन बुझाइ र ज्ञानका लागि आवश्यक छ । त्यस कारणले बुद्धले आफ्नो ज्ञानलाई प्रज्ञा पारमिता भनेका छन् (अम्बेडकर, सन् २०१९ ः १२९–१३०) । जसले गर्दा दुःखको अस्तित्वको आभाष हुन्छ र पारमितालाई मानेपछि इच्छालाई नियन्त्रण गर्न सकिन्छ जुन दुःखको कारण हो (अम्बेडकर, सन् २०१९ ः १३०–१३२) । उनका अनुसार ज्ञान चेतना वा प्रज्ञाबाट आउँछ । ध्यान विना ज्ञान आउन सक्दैन । ज्ञान प्राप्त भएपछि निर्वाण आउँछ । जसको अर्थ हुन्छ सुख र दुःखमा एक समान व्यवहार गर्नु हो । उसले आफ्नो इच्छालाई नियन्त्रण गर्दछ अर्थात् निर्वाण भनेको प्राकृतिक झुकावको अन्त्य हो । उसले बुझ्दछ कि मनुश्य भनेको पवित्र चेतना हो । उसको नाम पनि हुँदैन र रूप पनि हुँदैन (अम्बेडकर, सन् २०१९ ः ४२५–४२६) । यहाँबाट के बुझिन्छ भने बुद्धको दर्शन वशिष्ठ, अष्टावक्र र कपिल मुनिको भन्दा फरक छैन ।


 शैव ऋषिहरूले ज्ञान र पदार्थको लेनदेनको सम्बन्ध हुन्छ भन्छन् भने वैष्णव र बौद्ध दर्शनहरूले ज्ञान र कौशलतालाई संसारको मुख्य आधार मान्छन् । आज पनि हामीले प्रश्न गर्न सक्छौँ कि ज्ञान ठूलो हो कि धन । शैव सिद्धान्तको बुझाइमा यिनीहरू दाजु भाइ हुन् । किनकि ज्ञान र आर्थिक आकारको बिचमा लेनदेनको सम्बन्ध हुन्छ । त्यस कारणले आर्थिक आकार बलियो हुँदा मनुश्यको सोचाइ उचो स्तरको हुन्छ । किनकि आर्थिक गतिविधि धेरै हुँदा समाजमा विवेकवाद आउँछ । त्यस कारणले विकसित देशहरूमा नयाँ सिद्धान्तको निर्माण र नयाँ वस्तुको आविष्कार हुन्छ । जसले गर्दा मनुश्य जीवन सहज र व्यस्त बनाइदिएको छ । तर जब अर्थतन्त्र कमजोर हुँदा मनुश्यको सोचाइ आदर्शवादी हुन्छ र सोच्नको तरिका उचो स्तरको हुँदैन । त्यस्तो समाजमा मनुश्यहरू फुर्सदिला हुन्छन् । त्यहाँ नयाँ सिद्धान्त वा नयाँ वस्तुको आविष्कार हुन सक्दैन ।


गुरुकुल परम्परा
 वैदिक कालदेखि नै गुरुकुल परम्परा मार्पत नै ज्ञानको उत्पादन हुन्थ्यो । ऋग्वेदले शिक्षा र पढाउने तरिका हामीहरूलाई देखाइदिएको छ । तपस भनेको ध्यान दिएर अध्ययन गर्ने हो । ऋग्वेदमा सप्त ऋषिहरूले तपस्या गरेको उल्लेख छ । त्यहाँ भनिएको छ कि तपसले तल्लो स्तरको मानिस पनि माथिल्लो स्तरमा पुग्छ अर्थात् शिक्षित व्यक्ति अशिक्षित भन्दा माथि नै हुन्छ (ऋग्वेद, १०ः१०९.४) । त्यस्तै तपसलाई स्वर्ग पाए जस्तो हो भनिएको छ । रूखका बोक्राका कपडा लगाएर ज्ञानीहरू वायु भैmँ हिँड्छन् भनिएको छ (ऋग्वेद, १०ः१५४.२) । ऋषि मुनिहरू सन्यास लिएर वनमा बसेको उल्लेख छ (ऋग्वेद, १ः५५.४, ८ः२४, २६) । त्यस्तै ऋषिलाई भिक्षु पनि भनिएको छ (ऋग्वेद, १०ः११७) । ऋषि मुनिहरूकै कुटिहरूको वरिपरि थुप्रै कुटिहरू हुन्थे जहाँ विद्यार्थी र अरू ऋषि मुनिहरू पनि बस्दथे । त्यसलाई गुरुकुल भन्दथे । ऋग्वेदमा उल्लेख भए अनुसार विद्यार्थीहरू आपैm ऋषि मुनिहरू सित गुरुकुलमा बस्न जान्थे (ऋग्वेद, १ः११२.२) । ऋग्वेदले विद्यार्थीहरूको क्षमता अनुसार तीनवटा स्तरमा बाँडेको छ ः महाप्रज्ञा, मध्यमप्रज्ञा र अल्पप्रज्ञा । सिक्ने र सोच्नका क्षमता अनुसार विद्यार्थीहरूलाई स्तरहरूमा बााडेको हो (ऋग्वेद, १०ः७१.७) । लेख्ने कलमलाई आरा भन्थे जुन धातुको बनेको हुन्थ्यो र घोकेर सुक्तहरू वा गुरुले पढाएका वाक्यहरू लेख्ने चलन थियो (ऋग्वेद, १ः१६४.४१, ६ः५३.५–८) । विद्यार्थी र ऋषि मुनि दुईटै ब्राह्मण मानिन्थे (ऋग्वेद, ७ः१०३.१) । ऋषि मुनि र विद्यार्थीहरूको परिषद बनेको हुन्थ्यो, जहाँ उनीहरू भेट भएर छलफल र वादविवाद गर्दथे (मुखर्जी, सन् १९४७ ः १३३–१३४) । त्यस्तै वृहदारण्यक उपनिषद र शतपथ ब्राह्मणबाट देखिन्छ कि ऋषि मुनिहरूको सम्मेलन हुन्थ्यो । जहाँ उनीहरूले आफ्नो विषयको प्रस्तुति गर्थे र त्यहाँ छलफल हुन्थ्यो । जस्तो राजा जनकको विदेहमा भएको सम्मेलनमा यज्ञवल्क्य ऋषिले अरू सप्त ऋषिहरूलाई छलफल र वादविवादमा जितेर राजा जनकबाट १००० (एक हजार) वटा गाईहरू पुरस्कारमा पाए (मुखर्जी, सन् १९४७ ः १३७–१३८) । शतपथ ब्राह्मणमा उल्लेख भए अनुसार भेदभाव नगरिकन ऋषि मुनिहरूले युवती, माछा मार्नेका सन्तान र व्यापारी यहाँसम्म कि अपराधीका सन्तान भए पनि आफ्नो शिष्य बनाउँथे (मुखर्जी, सन् १९४७ ः १३८) । विदेह चाहिँ ज्ञानको केन्द्र थियो, जहाँ धेरै जसो ऋषि मुनिहरू भेला हुन्थे (मुखर्जी, सन् १९४७ ः १४१) । विदेह पछि कोशला ज्ञानको केन्द्र थियो । जहाँ प्रयागमा भारद्वाज ऋषिको गुरुकुल थियो (मुखर्जी, सन् १९४७ ः १४८–१४९) ।


 गुरुकुलपरम्परामा आचार्य भनेको कुनै विषयको विशेषज्ञ हुन्थ्यो र उसले अनुसन्धान गर्ने विद्यार्थीहरूलाई पढाउँथ्यो भने बच्चाहरूलाई वेद पढाउने शिक्षक वा ऋषिलाई उपाध्याय भनिन्थ्यो (मुखर्जी, सन् १९४७ ः २१९) । विद्यार्थीहरू पच्चीस वर्षको उमेरमा गुरुकुल छोडेर गृहस्थ जीवनमा फर्कन्थे भने ऋषि मुनि हुन चाहनेहरू गुरुकुलमा बसेर अध्ययन अनुसन्धान गर्थे (मुखर्जी, सन् १९४७ ः २२१–२२२) । पाणिनी ऋषिका अनुसार गुरुकुलमा कश्यप ऋषि, यज्ञवल्क्य ऋषि र विश्वामित्र ऋषिका कृतिहरू धेरै जसो पढाइन्थ्यो (मुखर्जी, सन् १९४७ ः २३०–२३१) । पाणिनी इसा पूर्व चौथो शताब्दीको मध्यतिरका ऋषि थिए । उनको लेखबाट के बुझिन्छ भने शैवहरूको दर्शन नै लोकप्रिय थियो । पाणिनीले हामीलाई ऋषि मुनिका सन्दर्भमा राम्रो जानकारी दिएका छन् । उनका अनुसार दुई प्रकारका ऋषि मुनिहरू हुन्थे । आरन्यकाहरू मनुश्यको बसोबासको ठाउँबाट ३.२ किलोमिटर टाढा बस्थे भने नायकटिक भिक्षुहरू समाजकै विहारहरूमा बस्थे । तिनीहरू बौद्ध थिए (मुखर्जी, सन् १९४७ ः २४१) । गुरुकुलमा विद्यार्थीहरूको शिक्षा सम्बन्धी कौटिल्यको अर्थशास्त्रले राम्रो जानकारी दिन्छ । कौटिल्य पनि पाणिनीकै समकालीन थिए । उनका अनुसार गुरुकुलमा दर्शन, तीनवटा वेद ः ऋग्, यजुर् र सामवेदहरू पढाइहुन्थ्यो । त्यस्तै कृषि, पशुपालन र व्यापारका विषयहरू पनि पढाइहुन्थ्यो । त्यसपछि दण्डनीति वा राजनीतिक शास्त्र पढाइ हुन्थ्यो । उनका अनुसार सांख्य, योग र लोकायत दर्शनहरू पढाइ हुन्थ्यो । ऋषि कपिलको सांख्य दर्शन, वशिष्ठको योग र लोकायत भनेको कश्यप ऋषिको वैशेषिक सूत्र र कौडिन्य ऋषिको पाशुपत सूत्र हुन् (मुखर्जी, सन् १९४७ ः २४६–२४७) । कौटिल्यका अनुसार विद्यार्थीहरूलाई लेख्न र गणित सिकाइन्थ्यो । त्यसपछि उसलाई तीनवटा वेद र दर्शनहरू पढाइन्थ्यो । यसैगरी अन्त्यमा दण्डनीति पढाइन्थ्यो (मुखर्जी, सन् १९४७ ः २४७) । सोह्र सत्र वर्ष पुगेपछि विद्यार्थीले आफ्नो विषय छनोट गर्न पाउँथ्यो । कसैले जस्तो राजाको छोरोले सेना सम्बन्धी शिक्षा लिन्थे, कसैले इतिहास पढ्थे भने कसैले कृषि, पशुपालन र व्यापार सम्बन्धी विषय छनोट गर्थे (मुखर्जी, सन् १९४७ ः २४७–२४८) । यहाँ ध्यान दिने कुरा के छ भने कौटिल्यले धर्मशास्त्र वा स्मृतिका कुरै गर्दैनन् । किनकि शैवहरूले वेदहरूलाई शास्त्र भन्छन् र त्रयीलाई मात्रै वेद मान्छन् । उनीहरूले अथर्ववेदलाई वेद मान्दैनन् । मध्यकालको बाह्रो शताब्दीको अन्त्यतिर गएर गुरुकुल परम्पराको पनि अन्त्य भयो । त्यसपछि वैष्णव सम्प्रदायको प्रभावले पाठशालाहरू खोलिए । जहाँ वेदहरू सँगसँगै धर्मशास्त्र र पुराणहरू पनि पढाइयो । यसले गर्दा ऋषि परम्परालाई गहिरो चोट पु¥यायो । किनकि अध्ययन र अनुसन्धान नै हुन छाड्यो । ऋषि मुनिहरूलाई समाजले जोगी वा सन्यासीको रूपमा मात्रै हेर्न थाल्यो । यसको सन्दर्भमा अर्को भागमा विस्तारमा चर्चा गर्ने छौँ । यहाँ प्राचीन कालका प्रसिद्ध गुरुकुलका बारेमा जानकारी हुन आवश्यक छ ।
 प्राचीन कालमा तक्षशीला विश्वविद्यालय प्रसिद्ध थियो । विश्वविद्यालय भन्ने शब्द युनिभर्सिटीको अनुवाद हो । तर प्राचीन कालमा यसलाई गुरुकुल भनिन्थ्यो । यो ठाउँ आज पाकिस्तानमा पर्दछ र यसलाई तक्षिला भन्दछन् । यो गुरुकुल हुणहरूको आक्रमण भएपछि सन् ४५० इस्वीतिर तहसनहस भयो । यही उदालक अरुणि ऋषि जुन यज्ञवल्क्यका गुरु उनले पढाउँथे । चरक ऋषिले त्यहि पढेका थिए । त्यस्तै पाणिनी ऋषि र कौटिल्यले पनि त्यहि पढ्ने र पढाउने गरेका थिए । यो गुरुकुल सांख्य, न्याय र वैशेषिक दर्शनका लागि प्रसिद्ध थियो । यहाँ गणित, आयुर्वेद, चारवटा वेद, संगीत, भाषा, सैनिक तालिम, कृषि, व्यापार, पशुपालन र शिल्पकलाहरू पढाइन्थ्यो (आप्टे, सन् १९७१ ः १३–१४) । पछिल्लो समयमा यहाँ बौद्ध ग्रन्थहरू पनि पढाइन्थ्यो (आप्टे, सन् १९७१ ः १५) ।


 नालन्दा विश्वविद्यालय अहिलेको इण्डियाको विहारमा पर्दछ । यो गुरुकुल बौद्ध ग्रन्थ, तन्त्र, छवटै दर्शनहरू, आयुर्वेद र व्याकरणका लागि प्रसिद्ध थियो (आप्टे, सन् १९७१ ः ३०–३१) । यस गुरुकुलमा चिनिया तीर्थयात्री ह्वेनसाङले पढेका थिए । त्यस्तै नागर्जुन, दिगनाग, शिलाभद्र, पद्यसंभव र आर्यदेव जस्ता विद्वान् यही गुरुकुलका थिए (आप्टे, सन् १९७१ ः ३८–४३) । बाह्रौँ शताब्दीको अन्त्यतिर दिल्लीका सैनिक जनरल वाख्तियार खिल्जीले आक्रमण गरेर यस गुरुकुललाई तहसनहस पारे ।
 वल्लभी गुरुकुल आजको गुजरातमा थियो । यो गुरुकुल दण्डनीति, कृषि, व्यापार, प्रशासन, दर्शन, कानुन र अर्थशास्त्रका लागि प्रसिद्ध थियो । यो गुरुकुल बाह्रौँ शताब्दीमा अन्त्य भयो (आप्टे, सन् १९७१ ः ४५–४६) ।
 विक्रमशीला गुरुकुल सुरुमा एउटा बौद्ध विहार थियो । जुन विहार भागलपुरमा पर्दथ्यो । यस गुरुकुलको स्थापना पाल राजा धर्मपालले गरेका थिए । जुन आठौँ शताब्दीको अन्त्यतिर स्थापना भएको थियो । यो गुरुकुल नालन्दा, सोमपुर, ओदान्तपुर र जगदल्लका गुरुकुलहरूसँगै प्रसिद्ध थियो (इङ्ग्लीस, सन् २००२ ः १५) । विक्रमशीला गुरुकुलमा व्याकरण, दर्शन, तत्वमिमांशा र वज्रयोनी तन्त्रको पढाइ हुन्थ्यो । अतिश दिपाङ्कर यसै गुरुकुलका थिए । यसलाई पनि वाख्तियार खिल्जीले ध्वस्त पारे ।
 गुरुकुल परम्परा वैदिक कालमा नै ऋषि मुनिहरूले स्थापना गरेका थिए । गुरुकुलहरूमा विद्यार्थीहरूलाई निःशुल्क शिक्षा दिइन्थ्यो । गुरुकुल भिक्षामा आएको दान दक्षिणामा नै चल्दथ्यो । यहाँ विद्यार्थी कम्तीमा पनि पच्चीस वर्षसम्म बस्नु पथ्र्यो । गुरुकुलमा बस्दा तिनीहरू ब्रह्मचारी नै हुन्थे । सुरुमा उनीहरूले भाषा र गणित पढ्दथे भने त्यसपछि वेदहरू र दर्शन पढ्दथे । सोह्र सत्रको वर्ष भएपछि आपूmले छनोट गरेका विषय पढ्दथे जस्तो सैनिक कला, शिल्पकला, वाणिज्य, कृषि, दण्डनीति, आयुर्वेद, तन्त्र इत्थादि । यो परम्परा बाह्रौँ शताब्दीको अन्त्यतिर गएर लोप भयो । यो ऋषि परम्पराको पतनसित सम्बन्धित छ । किनकि ऋषि मुनि नै नहुँदा गुरुकुल पनि हुँदैन । हामीहरूले यस लेखको अन्तिम भागमा ऋषि परम्पराको पतनको चर्चा गर्ने छौँ ।


ऋषि परम्पराको पतन
 कुनै पनि सभ्यता ज्ञान प्रणालीसँग जोडिएको हुन्छ । ज्ञान प्रणालीको पतन हुँदा सभ्यतामा अतिक्रमण हुने र अरू विदेशी सभ्यताद्वारा दबाएर जित्ने सम्भावना हुन्छ । इण्डियाको सन्दर्भमा मध्यकालतिर बाह्रौँ शताब्दीको अन्त्यदेखि तुर्कहरूले दिल्ली सल्तनत भन्ने राज्यको स्थापना हुँदा भारतीय सभ्यतालाई किनारा तर्पm धकेले र मुगलहरूले पनि त्यही गरे । त्यतिखेर कुनै नयाँ सिद्धान्त वा समाजलाई काम लाग्ने कीर्तिको उत्पादन भएन । त्यस्तै नेपालमा पनि मध्यकालमा कुनै काम लाग्ने कीर्तिको उत्पादन भएन । मध्यकालमा कविता, देवता र राजा महाराजाहरूको स्तुति गाइयो । भारद्वाज ऋषि, चरक ऋषि वा कौटिल्य जस्ता विद्वान् जन्मेनन् । यसको मूल कारण मध्यकालमा आएर ऋषि परम्पराको नै पतन थियो । इतिहासमा अलिकति गहिरो अध्ययन गरेर हेर्दा के देखिन्छ भने ऋषि परम्पराको पतन हुनको कारण सातौँ शताब्दीदेखि सुरुवात भएको जजमानी प्रथा र मध्यकालका शासक वर्गहरूको ज्ञान र शिक्षाप्रति उदासिनता नै थियो ।


 जजमानी प्रथा भनेको ग्रामीण परिवेशमा एउटा सामाजिक आर्थिक प्रणाली थियो । जहाँ सेवाको साटफेर अन्न, खानेकुरा, कपडा र अरू वस्तु जस्तो जमिनसित हुन्थ्यो । यस प्रथाभित्र पुजारी वा पुरोहित शिल्पकार,किसान सबै पर्दथे (कोलेन्डा, सन् १९६३ ः ११–३१) । यस प्रथामा वर्णाश्रम धर्मको व्याख्या कर्मको आधारमा नभएर जन्मको आधारमा हुन्थ्यो । जसले गर्दा जाति प्रथा पैmलियो (कोलेन्डा, सन् १९६३ ः ११) । इतिहासकारहरूको अगाडि मूल प्रश्न छ कि यस प्रथाको उत्पत्ति कसरी भयो । पश्चिमा उदारवादी विद्वान्हरूले जजमानी प्रथालाई धर्मशास्त्र वा स्मृतिसित जोडेर हेर्छन् भने माक्र्सवादी विद्वान्हरूले यस प्रथालाई सामन्तवादसित जोडेर हेर्छन् । उदाहरणका लागि विलियम वाइजरले तर्क गर्छन् कि जाति प्रथाको कारण हरेक जातिले आफ्नो सेवा समाजलाई दिन्छ । जहाँ पण्डित, ज्योतिषी, सिकर्मीले आफ्नो सेवा दिन्छ । सेवा लिने मानिसलाई जजमान भन्छन् । यस प्रथाले समाज र अर्थतन्त्रलाई जोड्छ (वाइजर, सन् १९५८ ः ११३, ११६) । त्यस्तै लुइ दुमोले जजमानी प्रथालाई जाति प्रथा भनेका छन् । जुन विचार र मूल्य मान्यताको प्रथा हो (दुमो, सन् १९८० ः ३५) । दुमोका अनुसार धर्मले नै समाजको दृष्टिकोण बनाउँछ र स्तरीयकरण नै धार्मिक प्रकृतिको हुन्छ (दुमो, सन् १९८० ः ६६) । यी उदारवादी पश्चिमा विद्वान्हरूले हामीलाई भन्दैनन् कि प्राचीन कालमा रचना भएका धर्मशास्त्र वा स्मृतिका कारण मध्यकालमा आएर कसरी जजमानी प्रथा आयो । प्राचीन कालका ग्रन्थ वा शिलालेखहरूमा जजमानी प्रथाको कुनै उल्लेख छैन । कौटिल्यको अर्थशास्त्रले पनि जजमानी प्रथाको उल्लेख भएको छैन । माक्र्सवादी इतिहासकार रामशरण शर्माका अनुसार जजमानीप्रथा सामन्तवादको नै अंग थियो । उनका अनुसार वैश्य (व्यापारी) र शुद्र (किसान र शिल्पकार) हरूले चौथो शताब्दीदेखि राजाको विरुद्ध विद्रोह गरेर कर तिर्न माने पछि र छैटौँ शताब्दीदेखि व्यापार र वाणिज्यमा गिरावट आएपछि सामन्तवादको सुरुवात भयो । चौथो शताब्दीतिर राज्यलाई धेरै कर तिर्नु परेको कारणले वैश्य र शुद्रहरूले विद्रोह गरे । यसले गर्दा राज्यलाई नै खतरा भयो । त्यस कारणले चौथो शताब्दीको मध्यतिर र खास गरी पाचौँ शताब्दीबाट राजाहरूले ब्राह्मण पुरोहित वा पुजारी र सेनाका जेनरलहरूलाई वैश्य र शुद्रलाई तह लाउन जमिन दान दिन थाले (शर्मा, सन् १९८४ ः ३१) । भारत वर्षमा सातौँ शताब्दीदेखि यस्तो चलन ठूलो छेत्रफलमा पैmलियो र आठौँ शताब्दीदेखि जमिनको उप–क्षेत्रीयकरण भयो । यसको अर्थ के हो भने जमिनमा भूभिपतिहरूको स्तरीकरण भयो र ससाना टुक्राहरूमा बाँडियो (शर्मा, सन् १९८४ ः २०–२१) । यस्ता भूमिपतिहरूको उनीहरूको क्षेत्रमा प्रशासनिक र न्यायिक अधिकरा पनि हुन्थ्यो । व्यापारी, किसान र शिल्पकारले भूमिपतिहरूलाई कर तिर्दथे (शर्मा, सन् १९८४ ः २५) । शर्माले यस्तो व्यवस्थालाई सामन्तवाद भनेका छन् । उनका अनुसार यस युगमा सातौँ शताब्दीदेखि दसौँ शताब्दीसम्म व्यापार र वाणिज्यमा गिरावट आएको थियो (शर्मा, सन् १९८४ ः ३२) । शर्माले तर्क गर्छन् कि छैटौँ शताब्दीको मध्यसम्म पूर्वी रोमन साम्राज्यलाई इण्डियाले रेशम निर्यात गथ्र्यो तर विस्तारै रोमनहरूले चिनियाबाट रेशमका किरा हुर्काउन सिके । त्यसपछि उनीहरूले चिन र इण्डियाबाट रेशम आयात गर्न नै छोडे । यसको असर इण्डियाको व्यापार माथि प¥यो । इण्डियाका समुद्रका तटिय क्षेत्रहरूले दक्षिण पूर्वीय एशिया र चिन सित केही हदसम्म व्यापार गदर्थे तर यसले इण्डियाको अर्थतन्त्रलाई धान्न सकेन । फलस्वरूप तटीय क्षेत्र र शहरहरूको बिचमा आर्थिक सम्बन्ध कमजोर भयो र शहर एवं गाउँहरूको बिचमा पनि आर्थिक सम्बन्ध कमजोर भयो । धेरै राज्यहरू हुँदा व्यापारीहरूले थुप्रै जाँच चौकिहरूमा कर तिर्नु पर्दथ्यो । जसले गर्दा व्यापार र वाणिज्यमा गिरावट आयो । यसले सामन्तवादलाई ऊर्जा दियो (शर्मा, सन् १९६९ ः २४८–२५०) । यस्तो स्थितिमा जजमानी प्रथाको सुरुवात भयो । बालि कटाइ भएपछि ब्राह्मण पुरोहित वा पुजारी र विभिन्न प्रकारका शिल्पकारहरूले अन्न र खानेकुरा पाउँथे । यो प्रथाले हिमाली क्षेत्रलाई पनि प्रभावित पा¥यो (शर्मा, सन् १९८४ ः ३४) । पुरोहित वा पुजारीहरूले किसान, शिल्पकार र व्यापारीहरूले विद्रोह नगरुन भनेर उनीहरूलाई स्वर्ग र नर्कको विचार, पूजा, जप, व्रत, तीर्थ संस्कारहरू र प्रायश्चितको माध्यमले भुलाएर राख्थे । वेदान्त दर्शनले सबैलाई द्वन्द्वबाट बाहिर राख्यो (शर्मा, सन् १९८४ ः ३४) । शर्माको अध्ययन चाख लाग्दो छ । तर पनि शैव सिद्धान्तको दृष्टिकोणबाट हेर्दा जजमानी प्रथाको सुरुवात भारत वर्षमा साना साना राज्यहरूको कारणले गर्दा भएको हो । चौथो शताब्दीबाट मध्य एशियाका लडाका कबिलाहरू जसलाई हुण भनिन्छ, उनीहरूले अफगानिस्तान तिरबाट भारत वर्ष माथि आक्रमण गरेर चौथो शताब्दीदेखि छैटौँ शताब्दीसम्ममा उत्तरी भारतको क्षेत्रमा राज्यहरू बनाए (रेजाखनि, सन् २०१७ ः १०५–१२४) । यसले गर्दा गुप्त साम्राज्यको पतन भयो । विदेशी आक्रन्ताहरूले लुटमार मच्चाउने गरेर व्यापारलाई नै ध्वस्त पारिदिए र साना साना राज्यहरूको निर्माण भयो । त्यति खेर पाँचौँ शताब्दीमा हुणहरूले पूर्वी रोमन साम्राज्यमाथि आक्रमण गरे र सन् ४५१ इस्वीमा पश्चिमी रामेन साम्राज्यको फ्रान्स माथि आक्रमण गरे भने सन् ४५२ इस्वीमा इटालीलाई आक्रमण गरे । यस्तो अवस्थामा भारत वर्षको युरोपसँगको व्यापारिक सम्बन्ध नै टुट्यो । आर्थिक गतिविधिमा गिरावट आएपछि गाउँहरू आत्म निर्भर हुन बाध्य भए । जसलाई हामीले जजमानी प्रथा भन्छौँ । यस प्रथाले गर्दा वर्णाश्रम धर्मलाई जन्मको आधारमा व्याख्या गरियो । जहाँ ऋषि मुनि वा विद्वान्को कुनै काम थिएन । प्राचीन कालमा ब्राह्मण भनेका ऋषि मुनि र शिक्षकहरू हुन्थे तर जजमानी प्रथामा पूजाआजा गर्ने पुरोहित वा पुजारीहरूले नै ब्राह्मणको उपाधि लिए । जस्तो प्राचीन कालमा उपाध्याय भनेको बच्चाहरूलाई वेद पढाउने शिक्षक हुन्थ्यो भने आचार्य भनेको अध्ययन र अनुसन्धान गर्ने विद्यार्थीहरूका शिक्षक हुन्थे तर जजमानी प्रथामा आचार्य र उपाध्यायको उपाधि पुरोहित वा पुजारीहरूले नै लिए । यसले गर्दा समाजमा ऋषि मुनिहरूलाई साधारण जोगी वा सन्यासीको रूपमा हेरिन थालियो । शासक वर्गले पनि पुरोहित वा पुजारीहरूलाई नै मान्यता दिए । उनीहरूको पनि आफ्नै स्वार्थ थियो । पुरोहितको माध्यमबाट जाति प्रथा पैmलाउँदा समाज विभाजित हुन्थ्यो र निजी सम्पत्तिको विरोध गर्न सक्थेन । शासकहरूले कर उठाएको धन संकलन गरेर धनी हुन्थे । अलिकति दान दक्षिणा दिए हुन्थ्यो र जनकल्याणको काम नगरे नि हुन्थ्यो । यस्तो व्यवस्थामा ब्रह्म क्षत्रको चाकर नै भयो । यसले गर्दा बुद्धिजीवीको आवश्यक नै भएन र ऋषि परम्पराको पतन भयो ।


सन्दर्भ सामग्री
अøयर, के. नारायण स्वामी (सन् २०१६). लघु योग वशिष्ठ. चेन्नइ ः थियोसोफिकल पब्लिसिङ हाउस, अड्यार ।
अम्बेडकर, बी.आर. बाबा साहेब (सन् २०१९). द बुद्ध एण्ड हिज धम्म. न्यू दिल्ली ः डाक्टर अम्बेडकर फाउण्डेसन, मिनिष्ट्री अफ सोसियल जस्टिस एण्ड इमपावरमेन्ट ।
आप्टे, डि.जी. (सन् १९७१). युनिभर्सिटीज इन एन्सियन्ट इण्डिया. वरोडा ः फ्याकल्टी अफ एजुकेसन एण्ड साइकोलोजी, महाराजा सयाजिराओ युनिभर्सिटी अफ वरोडा ।
इंग्लिस, इलिजावेथ (सन् २००२). वज्रयोगिनी ः हर भ्युजलाइजेन्स, रिच्युयल्स एण्ड फर्मस. सोमरभिल्ले ः विजडम पब्लिकेसन्स ।
इसाइवा, नाटालिया (सन् १९९३). शंकर एण्ड इण्डियन फिलोसफी. न्यू योर्क ः स्टेट युनिभर्सिटी अफ न्यू योर्क प्रेस ।
उजस्टिक, डोमिनिक (सन् २००३). द रुट्स अफ आयुर्वेद ः सेलेक्सन फ्रम संस्कृत मेडिकल राइटिङ्स. लण्डन ः पेन्गुइन बुक्स ।
एगलिग, जुलियस (सन् १८८२). द शतपथ ब्राह्मण. पार्ट वान. बुक वान एण्ड टु. अक्फोर्ड ः क्लारेण्डोन प्रेस ।
कोलेन्डा, पोलाइन (सन् १९६३). टुवाड ए मोडल अफ द हिन्दु जजमानी सिस्टम. ह्युमन अर्गनाइजेसन, २२(१). लरेन्स, कन्सास ः एलेन प्रेश ।
कोशाम्बी, डी.डी. (सन् १९७५). एन इन्ट्रोडक्सन टु द स्टडि अफ इण्डियन हिस्ट्री. मुम्बइ ः पपुलर प्रकाशन ।
कोशाम्बी, डी.डी. (सन् १९९७). द कल्चर एण्ड सिभिलाइजेन अफ एन्टियन्ट इण्डिया इन हिस्टोरिकल आउटलाइन. दिल्ली ः विकास पब्लिसिङ हाउस प्राइभेट लिमिटेड ।
गोपाल, मदन (सन् १९९०). इण्डिया थ्रु द एजेस. न्यू दिल्ली ः पब्लिकेसन डिभिजन. मिनिष्ट्री अफ इन्फरमेशन एण्ड व्रोडकास्टिङ, गभरमेन्ट अफि इण्डिया ।
ग्रिफिट, राल्फ टि.एच. (सन् १८९७). द हिम्स अफ द ऋग्वेद. बनारस ः इजे लजारुस एण्ड कमानी ।
ग्रिफिट, राल्फ टि.एच. (सन् १८९९). द टेक्टस् अफ द ह्वाइट यजुर्वेद. बनारस ः इजे लजारुस एण्ड कम्पनी ।
चक्रवर्ती, हरिपद (सन् १९७०). पाशुपात सूत्र विथ पञ्च अर्थ भाष्य अफ कौडिन्य. कलकत्ता ः एकेडेमिक पब्लिसर्स ।
चेमजोङ, आइ.यस. (सन् २००३). हिस्ट्री एण्ड कल्चर अफ द किरात पिपुल. (पार्ट वान एण्ड टु). ललितपुर ः किरात याक्चुङ चुमलुङ ।
जिमिर, हेनरिक (सन् १९५१). फिलोसफिस् अफ इण्डिया. न्यूजर्सी ः प्रिन्स्टन युनिभर्सिटी प्रेस ।
टेस्ला, निकोला. जततउकस्ररत्रगयतभक।तजभाबmयगकउभयउभि।अयmरबयिलभ(ज्ञटट।उजउ ।
तिवारी, सुदर्शनराज (सन् २००१). द एन्सियन्ट सेटलम्याण्ट अफ द काठमाडौँ भ्याली. काठमाडौँ ः सेन्टर फर नेपाल एण्ड एशियन स्टडिज, त्रिभुवन युनिभर्सिटी ।
दुमो, लुइ (सन् १९८०). होमो हाइरारकिकस ः द कास्ट सिस्टम एण्ड लिट्स इम्पिकेसन्स. सिकागो ः युनिभर्सिटी अफ सिकागो प्रेश ।
पोखरेल, पं. चिरञ्जीवी शर्मा (वि.सं. २०७६). नेपाल महात्म्य. काठमाडौँ ः जनसेवा माध्यमिक विद्यालय ।
माधवा नन्द, स्वामी (सन् १९५०). द वृहदरन्यक उपनिषद विथ द कमेन्ट्री अफ शंकराचार्य. अल्मोरा ः स्वामी विरेशवरनन्द, अद्वेत आश्रम ।
मुखर्जी, राधा कुमुद (सन् १९४७). एन्सियन्ट इण्डियन एजुकेशन. लण्डन ः म्याकमिलन एण्ड कम्पनी लिमिटेड ।
म्याकक्रिण्डल, जे.डब्लु. (सन् १९७७). इन्सिएण्ट एज डिस्क्राइव वाइ मेगेस्थनिज एण्ड आर्यन. लण्डन ः ट्रवनर एण्ड कम्पनी ।
रिचाड्स, जोन (सन् २०१९). अस्टावक्र गीता. टुण्डी स्कटल्याण्ड ः इभरटाइप पब्लिसिङ ।
रिप, डि.एम. (सन् १९९६). नेचुरालिस्टिक टे«डिसन इन इण्डियन थट. दिल्ली ः मोतिलाल बनारसी दास ।
रेजारवनि, खोदादत (सन् २०१७). रिओरेन्टिङ द ससानियसन्स ः इस्ट इरान इन लेट एन्टिक्युटी. एडिनवर्ग ः एडिनवर्ग युनिभर्सिटी प्रेश ।
वज्राचार्य, धनवज्र र मल्ल, कमल पी. (सन् १९८५). द गोपालराज वंशावली. काठमाडौँ ः नेपाल रिशर्च सेनटर, त्रिभुवन युनिभर्सिटी प्रेस ।
वशाम, ए.एल. (सन् २००२). हिस्ट्री एण्ड डिक्ट्रन्स अफ द आजिवरुस. दिल्ली ः मोतिलाल वनारसी दास ।
वाइजर, विलियम हेनरिक्स (सन् १९५८). द हिन्दु जजमानी सिस्म ः ए सोसिओ इकोनोमिक सिस्टम इन्टर रिलेटिङ म्याम्बर्स अफ ए हिन्दु भिलेज कम्युनिटी इन सर्विसेस. लखनउ ः लखनऊ पब्लिसिङ हाउस ।
विइटरनिज, मोरिज र शर्मा, भि. श्रीनिवास (सन् १९९६). ए हिस्ट्री अफ इण्डियन लिट्रेचर. दिल्ली ः मोतिलाल बनारसी दास ।
विलियमन, मोनियर (सन् १८९९). ए संस्कृत इंग्लिस डिक्सनरी. न्यू दिल्ली ः मोतिलाल बनारसी दास ।
वोल्डेनवर्ग, हर्मन (सन् १९६४). द विनय पितकम् ः द महमग्गा. भोलुम वान. लण्डन ः पालि टेक्स सोसाइटी ।
शंकर, पि.एन. (सन् १९८५ जनवरी). ए गाइड टु द नाइट स्काई. व्याङ्लोर ः कर्नाटका राज्य विज्ञान परिषद् ।
शर्मा, आए.एस. (सन् फेब्रुवरी, १९८४). हाउ फ्युडल वाज इण्डियन फ्युडालिज्म सोसल साइनटिस्ट, भोल. १२, नम्बर २, माक्र्स सेन्टिनेरी नम्बर ३, न्यू दिल्ली ः तुलिका बुक्स ।
शर्मा, चन्द्रधर (सन् २०१३). ए क्रिटिकल सर्भे अफ इण्डियन फिलोसफी. दिल्ली ः मोतिलाल बनारसी दास ।
शर्मा, रामशरण (सन् १९६९). सोसल चेन्जेज इन अलिं मिडिएभल इण्डिया (शिर्का एडी ५००–१२००). देवराज चनना मेमोरियल लेक्चर, फस्ट. न्यू दिल्ली ः इन्टर–युनिभर्सिटी वोर्ड अफ इण्डिया एण्ड सिलोन ।
शर्मा, रामशरण (सन् १९८३). मेटेरिचल कल्चर एण्ड सोसियल फरमेसन्स इन एन्सियण्ट इण्डिया. न्यू दिल्ली ः म्याकमिलन इण्डिया लिमिटेड ।
शास्त्री, हरगोविन्द (सन् १९७८). अमरकोश विथ हिन्दी कमेन्टरी. वाराणसी ः चौखम्बा संस्कृत सिरिज अफिस ।
सत्य मायानन्द, स्वामी (सन् २०१२). एन्सियन्ट सेजेस. चेन्नाइ ः श्रीराम कृष्ण मठ ।
सिन्हा, नन्दलाल (सन् १९१५). द साख्य फिलोसफी. अलाहवाद ः सुधिन्द्रनाथ वसु, द पाणिनी अफिस, भुवनेश्वरी आश्रम बहादुरगञ्ज ।
सिन्हा, नन्दलाल (सन् १९२३). द वैशेषिक सूत्र अफ कणाद, भोलुम सिक्स. अलाहावाद ः सुधिन्द्रनाथ वसु एम.वी., विजय प्रेश ।
सूर्यवंशी, भगवान सिंह (सन् १९६२). द अभिरास ः दियर हिस्ट्री एण्ड कल्चर. बरोडा फेकल्टी अफ आर्ट, महाराज सायाजिराओ युनिभर्सिटी अफ वरोडा ।
स्टङ्ग, जोन एस. (सन् १९८९). द लिजण्ड अफ किङ्ग अशोक ः ए स्टडि एण्ड ट्रान्सलेसन अफ द अशोक वदन. दिल्ली ः मोतिलाल बनारसी दास ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Neel Kumar free lancer researcher