इन्डोनेसिया: जाभा टापुमा सबैभन्दा अग्लो ज्वालामुखी विस्फोट, अहिलेसम्म १३ जनाको मृत्यु, ज्यान जोखिममा राखेर राहत कार्यमा खटिएका उद्धारकर्मी

Dec 5, 2021 - 06:03
 0
इन्डोनेसिया: जाभा टापुमा सबैभन्दा अग्लो ज्वालामुखी विस्फोट, अहिलेसम्म १३ जनाको मृत्यु, ज्यान जोखिममा राखेर राहत कार्यमा खटिएका उद्धारकर्मी

इन्डोनेसियाको जाभा टापुमा सेमारु ज्वालामुखी विष्फोटमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । आइतबार एक टिभी च्यानलले यसको पुष्टि गरेको हो । इन्डोनेसियाको प्रकोप व्यवस्थापन एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले ज्यान गुमाउने १३ जनामध्ये दुई जनाको पहिचान भइसकेको बताए । यस प्राकृतिक प्रकोपमा धेरै मानिस घाइते भएका छन्, जसमा धेरै अस्पताल भर्ना छन्। ज्वालामुखी विष्फोटका कारण अधिकांश मानिस जलेको सरकारले जनाएको छ ।


इन्डोनेसिया मा भुकम्प पनि 
इन्डोनेसियाको टोबेलोबाट २५९ किलोमिटर टाढा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी भूगर्भ सर्भेबाट प्राप्त जानकारी अनुसार यस भूकम्पको म्याग्निच्युड रिक्टर स्केलमा ६.० मापन गरिएको छ । तर, क्षतिको विवरण भने आएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register